आश्विन २५ गते, २०७४ बुधवार 11th October, 2017 Wed०९:०३:३७ मा प्रकाशित
सन् २०२२ मा विश्वकप फुटबल कप हुने तय भएपनि एउटा गोप्य प्रतिवेदन अनुसार त्यहाँ जारी राजनीतिक संकटका कारण त्यसको भविष्यमाथि संकटको बादल मडारिन थालेको छ ।
\'म्यानेजमेन्ट कन्सल्टेण्ट कर्नरस्टोन ग्लोबल\'ले तयार पारेको त्यसबारे अध्ययन प्रतिवेदन प्राप्त भएको छ ।
सो अध्ययनमा ग्यास भण्डारले सम्पन्न सानो देश कतार र उसका छिमेकी मुलुकबीच जारी कूटनीतिक संकटबारे समीक्षा गरिएको छ ।
अध्ययन प्रतिवेदन अनुसार निर्माण कम्पनीहरुले २०० अर्ब डलर बराबरको पूर्वाधार परियोजनामा काम गरिरहेका छन् र ती परियोजनाहरु जोखिमले भरिएका छन् ।
प्रतिवेदनमा भनिएको छ, \"विश्वकपसँग जोडिएका मानिसहरु तथा क्षेत्रीय विशेषज्ञहरुले सन् २०२२ मा कतारले विश्वकप आयोजना गर्ने कुरा वास्तविकतादेखि निकै टाढा रहेको भन्न थालेका छन् ।\"
यद्यपि कतारमा विश्वकप आयोजनासम्बन्धी सर्वोच्च निकाय \'सुप्रिम कमिटी फर डेलिभरी एण्ड लेगेसी\'ले आफ्नो एउटा वक्तव्यमा भनेको छ, \"मध्यपूर्वमा पहिलो पटक गरिन लागिएको विश्वकप आयोजनालाई लिएर कुनै संकट छैन । कतारविरुद्ध जारी नाकाबन्दीको असर विश्वकपको तयारीमा पर्नेछैन ।\"
उक्त कमिटीले विश्वकप आयोजनाबारे कतारमाथि शंका गर्ने प्रतिवेदनमाथि प्रश्न पनि उठाएको छ ।
सन् २०१० मा विश्व फुटबल महासंघ फिफाले सन् २०२२ को विश्वकप कतारलाई आयोजना गर्न दिने निर्णय गरेको थियो । गर्मीमा कतारको तापक्रम बढी हुने भएकोले शरद ऋतुमा खेल हुने निर्णय गरिएको थियो ।
आयोजकले कतारमा विश्वकप आयोजना हुनुलाई क्षेत्रीय एकताको प्रतीकको रुपमा व्याख्या गरेको थियो ।
यद्यपि यसै वर्षको जुन महिनामा साउदी अरेबिया, बहराइन, इजिप्ट र संयुक्त अरब एमिरेट्सले कतारसँग सम्पूर्ण कूटनीतिक तथा व्यापारिक सम्बन्ध विच्छेद गरेको घोषणा गरेका थिए र त्यो अवस्था अहिले पनि जारी छ ।
कतारले आतंकवादी समूहहरुलाई बढवा दिइरहेको ती मुलुकहरुको आरोप छ जुन आरोपको कतारले खण्डन गर्दै आएको छ ।
नाकाबन्दी अन्त्य गर्न र कूटनीतिक सम्बन्ध पुनर्स्थापित गर्नका निम्ति ती मुलुकहरुले कतारसमक्ष केही शर्तहरु अघि सारेपनि कतारले त्यो पूरा गर्न नसकिने बताएको छ । ती मुलुकहरुले कतारसँग हवाई तथा जल सम्पर्क पनि तोडिसकेका छन् ।
कर्नरस्टोनले आफ्ना सेवाग्राहीलाई वास्तविकता बताउन आग्रह गरेको छ र त्यहाँका चुनौतीबारे बताउन पनि अनुरोध गरेको छ ।
के फिफा विश्वकप २०२२ संकटमा छ? भन्ने शीर्षकमा जारी अध्ययन प्रतिवेदनमा भनिएको छ, पश्चिमा कूटनीतिज्ञहरुले व्यक्तिगत रुपमा भन्न थालिसकेका छन् कि निर्धारित कार्यक्रम अनुसार कतारमा विश्वकप हुन्छ कि हुन्न त्यो उनीहरुलाई थाहा छैन ।
त्यसपछाडि विभिन्न कारणहरु औंल्याइंदैछ जसमा लिलामी र आधारभूत ढाँचासँग जोडिएका विकासमा भ्रष्टाचारसम्बन्धी आरोप पनि सामेल छ ।
प्रतिवेदनमा भनिएको छ, \"विश्वकप आयोजनालाई लिएर कतार ठूलो दबाबमा छ। यसको कारण जारी राजनीतिक संकट वा कतारमा एउटा आन्दोलन भड्किने आशंका छ ।\"
\"यसको अर्थ यो हो कि सन् २०२२ को विश्वकपका लागि काम गरिरहेका वा पूर्वाधार परियोजनासँग जोडिएका ठेकेदारहरुमा पैसा नपाउने चिन्ता छ। त्यसको विकल्पका रुपमा अनुबन्धनको अरु तरिका देखिएको छैन । अहिले जस्तो संकट छ त्यसबाट स्पष्ट छ कि कतारमा विश्वकप हुन सक्दैन ।\"
यदि अचानक २०२२ फिफा विश्वकप कतारमा नहुने निर्णय भयो भने त्यसको तयारीमा जुटेका ठेकेदार कम्पनीहरु गम्भीर संकटमा फस्नेछन् जसबाट निस्किन सहज छैन ।
प्रतिवेदनमा अगाडि भनिएको छ, \"कतारमा काम गरिरहेका निर्माण कम्पनीहरुका स्रोतले बताए अनुसार उनीहरुले विश्वकप आयोजनाका लागि काम गरिरहेका छन् र अहिले आत्तिनुपर्ने अवस्था आइसकेको छैन ।\"
उक्त प्रतिवेदन अनुसार नाकाबन्दीका कारण खानेकुराको मूल्य बढेको छ र कतारका छिमेकी मुलुकहरुसँगको सीमामा उत्पन्न तनावका कारण निकै गाह्रो भइरहेको छ । पाँचवटा परियोजनाका व्यवस्थापकहरुको एउटा समूहले साना बहुराष्ट्रिय कम्पनीहरुसँग काम गरिरहेको छ ।
सबै सरकारी ठेकेदार कम्पनीहरुले विश्वकपका लागि काम गरिरहेका छन् । उनीहरुका अनुसार गत जुलाई महिनायता निर्माण सामाग्रीको मूल्य २० प्रतिशतदेखि २५ प्रतिशतले बढेको छ ।
कर्नरस्टोनले भनेको छ, \"परियोजनासँग जोडिएका स्रोतहरुका अनुसार सुप्रिम कमिटीका कैयौँ सदस्यले राजीनामा दिने धम्की दिएका छन् । वरिष्ठ अधिकारीहरुको बढ्दो हस्तक्षेप र भ्रष्टाचारका आरोपका कारण निराशा बढिरहेको उनीहरुको गुनासो छ ।\"
यद्यपि सुप्रिम कमिटी फर डेलिभरी एण्ड लेगेसीले उक्त प्रतिवेदन अस्वीकार गरेको छ ।
बीबीसीलाई उसले भनेको छ, पूरै प्रतिवेदन सञ्चारमाध्यम र अज्ञात स्रोतले दिएको जानकारीमा आधारित छ । विश्वकप आयोजनालाई लिएर कुनै समस्या नरहेको कतारले स्पष्ट पारिसकेको छ । बीबीसी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: