Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

विनाशकारी भूकम्प : हताहतीको डरलाग्दो तथ्यांक !

काठमाडौं, शनिबार ११ः२६ देखि दिनभर चालू विनाशकारी भूकम्पका कारण देशभर मृत्यु हुनेको कहालीलाग्दो तथ्यांक प्राप्त हुन थालेको छ । खबरडबलीलाई प्राप्त प्रारम्भिक तथ्यांकमै ५ सय हाराहारीको हताहती पुष्टि भइसकेको छ । देशभरबाट हताहतीको विवरण प्राप्त हुने क्रम जारी छ । राजधानी उपत्यकामा मात्रै ४ सय ५३ जनाको निधन भइसकेको पुष्टि भएको छ । महानगरीय प्रहरी परिसरका एसएसपीले दिएको जानकारीअनुसार काठमाडौंमा २ सय ४२, भक्तपुरमा १ सय ४४ र ललितपुरमा ६७ जनाको शब सनाखत भइसकेको छ । भक्तपुर अस्पतालमा मात्रै ६५ जनाको शब सनाखत भइसकेको र अरु केही शब सनाखत गर्न बाँकी रहेको जानकारी अस्पतालले दिएको छ । राजधानीको कपनमा एउटा घर जगैदेखि उल्टिँदा ४० देखि ५० जनासम्मको शब उठाइएको र महानगरीय प्रहरी वृत्त चक्रपथको कार्यक्षेत्रभित्र ९५ शबको पुष्टि भएको जानकारी डीएसपी सानुराम भट्टराईले दिएका छन् । दोलखाको सिंगटीमा घर भत्किँदा एकै ठाउँमा २० जनाको शब निकालिएको र सुनखानी गाविसमा ५ जनाको शब फेला परेको चरिकोटबाट प्राप्त समाचारमा उल्लेख छ । सिन्धुपाल्चोकको बतोसे गाविसस्थित भोटेफुल्पिङमा १८ जना, जर्केबारीमा ६ जना, रानीटारमा ७ जना गरी एकै गाविसमा ३१ को मृत्यु भएको कालिका उच्च माविका शिक्षक डिल्लीप्रसाद सापकोटाले टेलिफोन सम्पर्कमा बताएका छन् । भूकम्पका कारण सिन्धुलीमा २ जनाको निधन भएको पुष्टि भइसके तापनि अरु विवरण प्राप्त हुन बाँकी रहेको सहकर्मी छविलाल दाहालले बताएका बताएका छन् । कलंकीस्थित चितवन तास गरमा ७५ जनाको एउटा बैठक चलिरहेका बेला भूकम्पले पूरै घर भत्काइदिएको छ । उक्त घरबाट ५ जनाको शब निकालिसकिएको छ भने अरुको अवस्था अज्ञात छ । यसैबीच गृह मन्त्रालयले शनिबार साँझ ५ बजेसम्म देशभर ६ सय जनाको निधन भइसकेको विवरण प्राप्त भएको जनाएको छ । गोरखा र धादिङमा अत्याधिक हताहती भएको बताइए तापनि यो समाचार तयार पार्दासम्म मृत्य हुनेहरूकाे यकिन तथ्यांका आइसकेको छैन । मृत्यु हुनेकाे तुलनामा गम्भीर घाइतेहरूकाे संख्या कयाैंगुणा बढी छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending