आश्विन २८ गते, २०७४ शनिवार 14th October, 2017 Sat०८:३५:२७ मा प्रकाशित
काठमाडौं ।सत्तारूढ दल नेपाली कांग्रेसले माओवादी मन्त्रीले आफैँले राजीनामा दिए उचित हुने ठहर गरेको छ ।
अाजको नयाँ पत्रिकामा खबर छ- ‘शान्ति–सम्झौताका दुई पक्ष हुँदै हामी मिलेर निर्वाचनमा तालमेल गर्दै भरतपुरमा माओवादीकी रेणु दाहाललाई जिताउने अवस्थासम्म पुग्यौँ । प्रचण्डले गठबन्धन लामो समय जान्छ पनि भन्नुभयो । तर, एकाएक एमालेसँग गठबन्धन गरेपछि अवस्था फेरियो,’ देउवानिकट कांग्रेस नेता बालकृष्ण खाणले भने, ‘कांग्रेसले माओवादीबेगर पनि बहुमत पु¥याएपछि उहाँहरूले स्वतः राजीनामा दिनुपर्ने हो । गठबन्धन टुटेर नयाँ गठबन्धन बनेपछि नैतिकताका आधारमा राजीनामा दिँदा राम्रो हुन्छ ।’
इतिहासकै जम्बो मन्त्रिपरिषद्
शुक्रबार राप्रपाका चार मन्त्री र चार राज्यमन्त्री थपिएपछि देउवा मन्त्रिपरिषद् ६४ सदस्यीय बनेको छ । जुन अहिलेसम्मकै जम्बो हो । देउवाले राप्रपा अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री नियुक्त गरेका छन् । राप्रपाबाट दिलनाथ गिरी, विक्रम थापा र जयन्त चन्द मन्त्री तथा राज्यमन्त्रीमा कुन्ती शाही, भाष्कर भद्रा, कान्ता भट्टराई, सुशील श्रेष्ठ सिफारिस भएका छन् ।
यसअघि प्रधानमन्त्री देउवासहित ३० मन्त्री र २६ मा चार राज्यमन्त्री थिए । राप्रपाका ८ मन्त्री थपिएपछि मन्त्रिपरिषद् ६४ सदस्यीय भएको छ । १० र २१ मंसिरको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको आचारसंहिता कायम भएको र संसद्को आयु सकिनै लाग्दा मन्त्रिपरिषद् विस्तार गरेर देउवा विवादित बनेका छन् । शुक्रबार निर्वाचन आयोगले आचारसंहिता लागू गराउनेदेखि समयमै निर्वाचन गर्ने विषयमा राजनीतिक दलहरूसँग छलफल गरेको थियो । त्यसको केही समयमै मन्त्रिपरिषद् विस्तार भएको हो । सत्ता सहयोगी दल माओवादी केन्द्रले एमालेसँग चुनावी मोर्चा बनाउँदै पार्टी एकीकरणसम्म गर्ने सहमति गरेपछि प्रधानमन्त्री देउवाले राप्रपा नेतालाई मन्त्रालय नभए पनि विनाविभागीय मन्त्री बनाएका हुन् ।
देउवासँग शान्ति तथा पुनर्निर्माण मन्त्रालय मात्र बाँकी छ । सरकारमा माओवादीले गृह, परराष्ट्रसहितका १० वटा मन्त्रालय सम्हालेको छ । प्रधानमन्त्री देउवाले २४ जेठमा पहिलोपटक सातसदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । सातौँपटक सरकार विस्तार गर्दा मन्त्रीको संख्या ६४ पुगेको हो ।
माओवादी एमालेसँग गठबन्धन गर्न गए पनि राजपा, संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिक, राप्रपा प्रजातान्त्रिकको समर्थन देउवा सरकारलाई थियो । कमल थापाको राप्रपाले पनि सरकारलाई समर्थन गरेपछि देउवा सरकारले माओवादीविनै बहुमत पु¥याएपछि माओवादी मन्त्रीको बहिर्गमन चाहेको हो । माओवादी मन्त्रीले राजीनामा नदिए उनीहरूलाई जगेडामा राख्ने मनस्थितिमा देउवा छन् ।
‘मन्त्रीको शपथ राष्ट्रपतिले नै गराउनुपर्छ, तर मन्त्रीको हेरफेर प्रधानमन्त्रीले गरेपछि यसको जानकारी राष्ट्रपतिलाई गराए पुग्छ,’ नेता बालकृष्ण खाणले भने, ‘माओवादीका मन्त्रीको राजीनामा नआउँदा यस्ता विकल्प पनि उहाँसँग छ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: