Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

अमेरिकाले इरानविरुद्ध थप नाकाबन्दी लगाउने

\"\"अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानले मध्यपूर्वमा अतिक्रमणकारी भूमिका निर्वाह गरिरहेको आरोप लगाउँदै उविरुद्ध थप नाकाबन्दीहरु लगाइने घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पले इरान सरकारको शत्रुतापूर्ण व्यवहारको जवाफ दिने बताए । उनले इरानले मध्यपूर्वमा अतिक्रमणकारी भूमिका निर्वाह गरिरहेको आरोप पनि लगाए । उनले इरानले कहिल्यैपनि आणविक अस्त्र क्षमता हासिल गर्न नसकोस् भनेर आफुले सुनिश्चित गर्ने पनि बताए । शुक्रबार अपरान्ह ह्वाइट हाउसमा बोल्दै राष्ट्रपति ट्रम्पले उनको प्रशासनले सो सम्झौतालाई अनुमोदन नगर्ने र त्यसमा फेरबदल गर्नेबारे अमेरिकी कँग्रेस र अमेरिकाका मित्र राष्ट्रहरुसँग छलफल गरिने पनि बताए । उनले दुई वर्षअघि आफ्ना पूर्ववर्ती बराक ओबामाले नेतृ्त्व गरेको प्रशासनले इरानसँग गरेको आणविक सम्झौताको पनि कडा आलोचना गरे । इरान सम्बन्धी नयाँ रणनीति सार्वजनिक गर्दै उनले इरानले परमाणु अस्त्र हासिल गर्ने सबै बाटो वाशिंगटनले बन्द गरिदिने पनि बताए । उनले इरानमाथि आतंकवादलाई बढवा दिएको आरोप पनि लगाए । राष्ट्रपति ट्रम्पले इरानले उक्त सम्झौताको पालना गरिरहेको छ भनेर अमेरिकी कंग्रेसमा प्रमाणीकरण नगर्ने पनि बताए । प्रतिबन्धहरु आंशिक रुपमा हटाइएको बदलामा आफ्नो परमाणु कार्यक्रम स्थगित गर्न इरानले सहमति जनाएको उक्त परमाणु सहमतिलाई रद्द नगर्न राष्ट्रपति ट्रम्पमाथि स्वदेश र अन्तर्राष्ट्रिय स्तरबाट पनि दबाब परिरहेको छ । गत वर्षको राष्ट्रपतीय निर्वाचन प्रचारका बेला उनले आफ्ना पूर्ववर्ती बाराक ओबामाका बेला इरानसँग गरिएको परमाणु सम्झौता भङ्ग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । राष्ट्रपति ट्म्पले अमेरिकाले सम्झौताको पालना गरेको तर इरानले सो सम्झौताको उल्लंघन गरेको आरोप पनि लगाए । तर अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले इरानले सन् २०१५ मा गरिएको सम्झौताको पूर्ण पालना गरिरहेको जनाएका छन् । बीबीसीका एकजना संवाददाता भन्छन्, अमेरिका अझै सो सम्झौताबाट औपचारिकरुपमा बाहिरिइसकेको छैन, तर दुई मुलुकहरुबीच शत्रुता अरु बढ्ने देखिन्छ । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies