Khabar Dabali १४ असार २०८३ आईतवार | 28th June, 2026 Sun
Investment bank

अमेरिकाले इरानविरुद्ध थप नाकाबन्दी लगाउने

\"\"अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानले मध्यपूर्वमा अतिक्रमणकारी भूमिका निर्वाह गरिरहेको आरोप लगाउँदै उविरुद्ध थप नाकाबन्दीहरु लगाइने घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पले इरान सरकारको शत्रुतापूर्ण व्यवहारको जवाफ दिने बताए । उनले इरानले मध्यपूर्वमा अतिक्रमणकारी भूमिका निर्वाह गरिरहेको आरोप पनि लगाए । उनले इरानले कहिल्यैपनि आणविक अस्त्र क्षमता हासिल गर्न नसकोस् भनेर आफुले सुनिश्चित गर्ने पनि बताए । शुक्रबार अपरान्ह ह्वाइट हाउसमा बोल्दै राष्ट्रपति ट्रम्पले उनको प्रशासनले सो सम्झौतालाई अनुमोदन नगर्ने र त्यसमा फेरबदल गर्नेबारे अमेरिकी कँग्रेस र अमेरिकाका मित्र राष्ट्रहरुसँग छलफल गरिने पनि बताए । उनले दुई वर्षअघि आफ्ना पूर्ववर्ती बराक ओबामाले नेतृ्त्व गरेको प्रशासनले इरानसँग गरेको आणविक सम्झौताको पनि कडा आलोचना गरे । इरान सम्बन्धी नयाँ रणनीति सार्वजनिक गर्दै उनले इरानले परमाणु अस्त्र हासिल गर्ने सबै बाटो वाशिंगटनले बन्द गरिदिने पनि बताए । उनले इरानमाथि आतंकवादलाई बढवा दिएको आरोप पनि लगाए । राष्ट्रपति ट्रम्पले इरानले उक्त सम्झौताको पालना गरिरहेको छ भनेर अमेरिकी कंग्रेसमा प्रमाणीकरण नगर्ने पनि बताए । प्रतिबन्धहरु आंशिक रुपमा हटाइएको बदलामा आफ्नो परमाणु कार्यक्रम स्थगित गर्न इरानले सहमति जनाएको उक्त परमाणु सहमतिलाई रद्द नगर्न राष्ट्रपति ट्रम्पमाथि स्वदेश र अन्तर्राष्ट्रिय स्तरबाट पनि दबाब परिरहेको छ । गत वर्षको राष्ट्रपतीय निर्वाचन प्रचारका बेला उनले आफ्ना पूर्ववर्ती बाराक ओबामाका बेला इरानसँग गरिएको परमाणु सम्झौता भङ्ग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । राष्ट्रपति ट्म्पले अमेरिकाले सम्झौताको पालना गरेको तर इरानले सो सम्झौताको उल्लंघन गरेको आरोप पनि लगाए । तर अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले इरानले सन् २०१५ मा गरिएको सम्झौताको पूर्ण पालना गरिरहेको जनाएका छन् । बीबीसीका एकजना संवाददाता भन्छन्, अमेरिका अझै सो सम्झौताबाट औपचारिकरुपमा बाहिरिइसकेको छैन, तर दुई मुलुकहरुबीच शत्रुता अरु बढ्ने देखिन्छ । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending