चीन । चिनियाँ कम्युनिष्ट पार्टीले १२ जना उच्चअधिकारीहरुलाई निष्कासन गरेको छ । प्रत्येक पाँच वर्षमा नेतृत्व चयनका लागि बस्ने उक्त पार्टीको महत्वपूर्ण महाधिवेशनको केही दिनअघि पछिल्लो घटना प्रकाशमा आएको छ ।
निष्कासनमा पर्नेमा पूर्व न्याय मन्त्री उ आइङ् पनि छिन् । उनी चीनमा उच्च तहमा पुगेका सीमित महिला नेतामध्ये एक हुन् । उनीसहित कारबाहीमा परेका १२ नेतामाथि विभिन्न खाले आरोपहरु लगाइएका छन् । पार्टीको आचारसंहिता उल्लंघन गरेको देखि लिएर नातावादमा दोषी देखिएकोसम्मका आरोप लगाइएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । अक्टोबर १८ अर्थात् यही बुधबारबाट शुरु हुने पार्टी महाधिवेशनअघि हिजो बसेको पार्टीको बृहत बैठकले पछिल्लो कारबाही अनुमोदन गरेको हो । प्रत्येक पाँच वर्षमा हुने उक्त महाधिवेशनले पार्टी र मुलुकको नयाँ नेतृत्व चयन गर्नेछ । चीनको सबैभन्दा शक्तिशाली निर्णयकर्ताहरुले उक्त भेलाबाट मुलुकको भावी कार्यदिशा पनि तय गर्नेछन् । महाधिवेशनमा २३ सय जना प्रतिनिधिले देशभरबाट भाग लिने व्यवस्था छ । तर पछिल्लो कारबाहीसँगै सबैले त्यसमा भाग लिन पाउनेछैनन् । ती प्रतिनिधिले करिब २ सय सदस्य रहेको केन्द्रीय कमिटी चयन गर्नेछन् । उक्त कमिटीले पोलिटब्युरो र त्यसबाट पनि पोलिटब्युरो स्थायी कमिटी चुनिनेछ । यी नै चीनका निर्णय गर्ने वास्तविक निकाय हुन्। केन्द्रीय कमिटीले पार्टीको प्रमुख नेता अर्थात् महासचिव चयन गर्नेछ जो देशको राष्ट्रपति बन्नेछन् । र, यसपालि राष्ट्रपति सी जिनपिङ नै दोहोरिने प्रबल सम्भावना छ । बीबीसीयो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: