Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

ललितपुरको नीजि घरमा वाम गठबन्धनको बैठकः यी नेता मिलाउन सकस

\"\"काठमाडाैं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितको वाम गठबन्धनमा क्षेत्र बाँडफाँड र सिट संख्या टुंग्याउने विषय जटिल बन्दै गएको छ । पहिलो चरणअन्तर्गत प्रदेश र संघको निर्वाचनको उम्मेदवार मनोनयन दर्ता गर्न तीन दिन मात्रै बाँकी हुँदासम्म सहमति जुट्न सकेको छैन । क्षेत्र र सिट बाँडफाँड कार्यदलमा एमालेबाट महासचिव ईश्वर पोखरेल, सुरेन्द्र पाण्डे र शंकर पोखरेल तथा माओवादी केन्द्रबाट रामबहादुर थापा, वर्षमान पुन र मातृका यादव छन् । कार्यदलले दुई सातादेखि गृहकार्य गर्दा पनि अन्तिम टुंगो लगाउन नसकेपछि पार्टी एकता संयोजन समितिले बुधबार छलफल गरेको छ । आजको नयाँ पत्रिकामा खबर छ-संयोजन समितिमा एमालेबाट अध्यक्ष केपी शर्मा ओली, झलनाथ खनाल, माधवकुमार नेपाल र वामदेव गौतम छन् । त्यस्तै, माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, रामबहादुर थापा र नारायणकाजी श्रेष्ठ छन् । ललितपुरको एक निजी घरमा भएको छलफल अन्तिम टुंगो लगाउने दिशामा अघि बढेको माओवादी प्रवक्ता पम्फा भुसालले बताइन् । ‘बिहीबार र शुक्रबार अझै दुई दिन छलफल गरेर क्षेत्र र सिट टुंग्याउँछौँ,’ उनले भनिन् । ५ गतेअघि नै दुई दल सहमतिमा पुग्ने भुसालको भनाइ छ । प्रभावशाली र युवा नेताको क्षेत्र निर्धारण झन् चुनौतीपूर्ण एमाले र माओवादीका प्रभावशाली केही नेताहरूको सिफारिस एउटै क्षेत्रबाट भएका कारण क्षेत्र निर्धारणमा धेरै समस्या भएको माओवादी केन्द्रका नेता टेकबहादुर बस्नेतले बताए । प्रतिनिधिसभामा एमालेलाई ९९, माओवादी ५६ सिटः यी जिल्लामा माओवादीको दाबी उम्मेदवार उठाउँदा ६०–४० को अनुपातमा सहमति गर्ने भनिए पनि दुवैतर्फका उम्मेदवार मिलाउँदा जित सुनिश्चित गर्नुपर्ने बाध्यता कार्यदललाई छ । चितवन– २ बाट रामबहादुर थापा र क्षेत्र नम्बर ३ बाट प्रचण्डको नाम सिफारिस भएको छ । तर, चितवनमा माओवादी संगठन कमजोर भएकाले माओवादीले दुवै नेतालाई जित्न कठिन हुने विश्लेषण गरिरहेको छ । त्यसैले प्रचण्ड निर्वाचनमा उठेमा थापाले चितवनबाट निर्वाचनमा नलड्ने मनस्थिति बनाउन सक्ने सम्भावना प्रबल रहेको एक नेताले बताए । माओवादी संगठन कमजोर भएकाले एमालेसँग तालमेल गर्दा पनि हार्न सकिने थापाको निष्कर्ष रहेकाले उनलाई कसरी क्षेत्र व्यवस्थापन गर्ने भन्ने चुनौती देखिएको छ । दाङ– ३ बाट युवराज ज्ञवाली र २ बाट शंकर पोखरेलको नाम सिफारिस भएको छ । माओवादी नेता कृष्णबहादुर महराले पनि २ मै उठ्ने तयारी गरिरहेकाले कार्यदललाई मिलाउन कठिन भएको स्रोतको दाबी छ । त्यस्तै, सल्यानबाट प्रतिनिधिसभाका लागि एमाले नेता प्रकाश ज्वाला र माओवादी नेता टेकबहादुर बस्नेत दुवैले उठ्न चाहेका छन् । ज्वालाले प्रत्यक्षमा नहुँदा समानुपातिकमै भए पनि सिट सुनिश्चित गर्न लबिङ जारी राखेका छन् । सिन्धुपाल्चोक–१ बाट एमाले नेता अरुण नेपाल र माओवादी नेता अग्नि सापकोटा दुवैको नाम आएकाले दुईमध्ये कसलाई अर्को क्षेत्रमा पठाउने भन्ने समस्या देखिएको छ । २ मा सापकोटालाई पठाउने तयारी भए पनि एमालेकै शेरबहादुर तामाङले प्रदेशमा उठ्न सहमति जनाइसकेका छैनन् । ललितपुर– ३ मा एमाले नेता रघुजी पन्त र नेतृ सुशीला नेपाल तथा माओवादीबाट नेतृ पम्फा भुसालको नाम एउटै क्षेत्रबाट सिफारिस भएकाले पन्तले क्षेत्र बाँडफाँडमा माओवादीलाई दिने हो भने जित्ने अर्को क्षेत्रमा चुनाव लड्ने गरी व्यवस्थापन हुनुपर्ने अडान राखेका छन् । माओवादी नेता देव गुरुङले कास्कीको सट्टा लमजुङ दाबी गरेपछि एमाले सचिव पृथ्वी सुब्बा गुरुङको वैकल्पिक व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । पृथ्वी सुब्बाको नाम केन्द्र र प्रदेश दुवै ठाउँमा उठ्न सक्ने गरी सर्वसम्मतिले सिफारिस आएकाले पनि दुई गुरुङलाई कसरी मिलाउने समस्या भएको कार्यदलका एक सदस्यले बताए । उता, प्रदेश नम्बर– १ मा ७० सालमा आफैँले पराजय व्यहोरेको संखुवासभा एमालेले लिने, माओवादीको प्रभाव कम रहेको भोजपुर उसैलाई दिनेगरी तयारी भएपछि एमाले र माओवादी केन्द्र दुवैतर्फ असन्तुष्टि चुलिएको छ । भोजपुरमा स्थानीय तहको निर्वाचनमा एमाले पहिलो र माओवादी केन्द्र तेस्रो स्थानमा छ । त्यहाँ प्रत्यक्षतर्फ सिफारिस भएका एमालेका युवा नेता तथा अखिलका पूर्वअध्यक्ष राजेन्द्र राईको टिकट खोस्ने नियोजित योजनाअनुसार कार्यदलले भोजपुर जबर्जस्ती माओवादी केन्द्रलाई दिने अन्तिम तयारी भइरहेको आरोप लगाएको छ । राईका पक्षमा एमालेका युवा विद्यार्थी पंक्तिले नेतृत्वमाथि दबाब सुरु गरेका छन् । प्रतिनिधिसभामा एमालेलाई ९९, माओवादी ५६ सिट प्रतिनिधिसभामा प्रत्यक्षतर्फको एक सय ६५ सिटमध्ये कार्यदलले एमालेले ९९ र माओवादी केन्द्रले ५६ सिट लिने गरी मोटामोटी समझदारी बनाएको छ । ४० प्रतिशत अनुपातअनुसार माओवादी केन्द्रले ६६ सिट पाउनुपर्ने भए पनि कम प्रभाव रहेको क्षेत्रमा जित सुनिश्चित नहुने र बाँकी १० सिट गठबन्धनमा आएका राजमो, माले र हृदयेश त्रिपाठीको समूहलाई दिने तयारीका कारण कार्यदलले त्यसरी भागबन्डा प्रस्ताव तयार पारेको हो । ‘अरूलाई पनि मिलाउनुपर्ने भएकाले ५६ सिट मात्र पाउने दाबी गरेका हौँ,’ माओवादी नेता बस्नेतले भने । प्रदेश सभा प्रत्यक्षतर्फ तीन सय ३० सिटमध्ये माओवादी केन्द्रले १ सय ३२ सिट दाबी गरेको छ । यी जिल्लामा माओवादीको दाबी माओवादी संगठन प्रदेश नम्बर ६, प्रदेश नम्बर २ र प्रदेश नम्बर ५ मा अन्य प्रदेशभन्दा राम्रो छ । रोल्पा, सल्यान, रुकुम, जाजरकोट, कालिकोट, मुग, जुम्लामा सबै माओवादीले पाउनुपर्ने दाबी गरेको छ । दैलेख र सुर्खेतमा एउटा निर्वाचन क्षेत्र भए पनि पाउनुपर्ने दाबी छ । यस प्रदेशमा माओवादी संगठन बलियो भएकाले धेरै सिट पाउनुपर्ने दबाब दिँदै आएको छ । प्रदेश नम्बर २ मा माओवादी संगठन राम्रो भएकाले ६० प्रतिशतभन्दा धेरै उम्मेदवार हुनुपर्ने माओवादी भनाइ छ । प्रदेश नम्बर १, प्रदेश नम्बर ३ र ४ मा माओवादीले धेरै दाबी गरेको छैन । यस्तै, प्रदेश नम्बर ५ र ७ मा सम्मानजनक सिट पाउनुपर्ने दाबी माओवादीको छ । प्रदेशअनुसार एमाले–माओवादी ६०–४० प्रतिशत नभए पनि समग्रमा ६०–४० भए हुने माओवादी तर्क छ । एमालेले ३२ जिल्लाबाट उम्मेदवार टुंग्याउन सुरु गर्ने एमालेले आगामी ५ कात्तिकमा उम्मेदवारी मनोनयन हुने ३२ जिल्लाका उम्मेदवार पहिले टुंगो लगाउने गरी छलफल गर्ने भएको छ । बिहीबार बिहानबाट बस्ने स्थायी समिति बैठकमा पहिले ३२ जिल्लाका उम्मेदवार टुंगो लगाएपछि मात्रै बाँकी जिल्लाका प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवार टुंगो लगाउने गरी छलफल हुने नेताहरूले बताएका छन् । हिमाली र केही पहाडी ३२ जिल्लामा पहिलो चरण १० मंसिर र बाँकी जिल्लामा २१ मंसिरमा दोस्रो चरण निर्वाचन हुँदै छ । दोस्रो चरणको निर्वाचनका लागि १७ कात्तिकमा उम्मेदवार मनोनयन हुनेछ । दोस्रो चरणको निर्वाचनका लागि पर्याप्त समय रहेका कारण एमालेले उम्मेदवारको नाम टुंग्याउँदै जाने गरी गृहकार्य अघि बढाएको हो ।  

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy