बैतडी । सीमा प्रहरी चौकी, झुलाघाटले बेवारिसे अवस्थामा भेट्टाएको गरगहनासहितको झोला जिल्ला प्रहरी कार्यालय, बैतडीमा बुधबार पत्रकार सम्मेलन गरी सम्बन्धित मान्छेलाई बुझाइएको छ ।
मंगलबार गस्तीमा रहेको प्रहरीले साँझ ७ बजेतिर नेपाल—भारत सीमाबजार झुलाघाट नजिक रहेको मौरा बसपार्कको यात्रु प्रतिक्षालयमा भेटिएको बेवारिसे झोलामा साढे पाँच तोला सुनका गरगहनासँगै रहेको लत्ताकपडा दशरथचन्द नगरपालिका–१० बाराकोटका नरेन्द्र बुडाल र उनकी श्रीमती ज्योति बुडाललाई बुझाइएको हो । बेवारिसे अवस्थामा भेटिएको झोलामा नरेन्द्र बुडालको परिचय खुल्ने मुम्बई इन्टरनेशनल एयरपार्ट पेसेन्जर सर्विस एजेन्ट उल्लेख गरेको परिचयपत्र भेटिएपछि बेवारिसे झोला उहाँको रहेको थाहा हुन आएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक हेरम्व शर्माले जानकारी दिए । उनले भने “झोलामा परिचयपत्र भेटिएकाले सम्बन्धित मान्छेलाई सम्पर्क गरी बुझाइएको हो ।” उक्त झोलामा एकथान हार सेट, मंगलशुत्र दुई थान, कानको टप दुई थान र आँैठी दुई थान रहेका थिए । परिवारसँगै तिहार मनाउन भारतबाट घर आएका बुडालको उक्त झोला बसपार्कमा छुट्न गएको हो । गरगहनासहित हराएको झोला प्रहरीले फेला पार्दा प्रहरीले कर्तव्य पूरा गरेर सामान फिर्ता गरेको भन्दै बुडालले प्रहरीलाई धन्यवाद दिएका छन् । राससaplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: