Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

इन्जिनियर नहुदा भूकम्पपीडितले घर बनाउन पाएनन्

 

\"\"पर्वत । आवश्यक प्राविधिक जनशक्ति नहुँदा पर्वतमा भूकम्पपीडितले घर निर्माण कार्य शुरु गर्न सकेको छैन् ।

पर्वतमा भूकम्पबाट पाँच हजार २ सय ६९ परिवार पूर्ण प्रभावित भएका थिए । तीमध्ये हालसम्म चार हजार ७० जनाले पहिलो किस्ताको रकम भुक्तानी लिइसकेका छन् भने ४ हजार ३ सय ५० जनाले सम्झौता गरिसकेका छन् । बाँकी ९ सय ९० लाभग्राहीको विभिन्न कारणले सम्झौता हुन नसकेको बताइएको छ । पुनःनिर्माणका लागि भन्दै शहरी विकास भवन निर्माण डिभिजन कार्यालयबाट एकजना इन्जिनियर खटिएको भए पनि सबै क्षेत्रमा पुग्न नसक्दा पीडितले घर निर्माण कार्य शुरु गर्न नसकेको जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत तुलसीराम शर्माले जानकारी दिए । जिल्लामा अहिलेसम्म रु २० करोड ३५ लाख वितरण भइसकेको छ, उनले भने, ‘अनुदान सम्झौतापछि पहिलो किस्ता पाए पनि दोस्रो किस्ता लिनका लागि घर निर्माण शुरु गरेको र जग बनाइसकेको प्रमाणित प्राविधिकले गर्नुपर्ने प्रावधान छ तर प्राविधिक जनशक्तिको अभावमा त्यो कार्य हुन सकिराखेको छैन् ।’ कम्तीमा एक स्थानीय तहमा एकजना इन्जिनियर खटाउन सकेमा पुनःनिर्माणले गति लिन सक्छ, शर्माले भने, ‘अहिले जिल्लामा एउटा मात्र इन्जिनियर छ, उसले सबै लाभग्राहीलाई हेर्न भ्याउँदैन ।’ पटक–पटक इन्जिनियर पठाउनका लागि भूकम्प पुनःनिर्माण प्राधिकरणमा ताकेता गरे पनि सुनुवाइ नभएको उनको गुणासो छ । पर्वतका सात वटै स्थानीय तहमा एक–एक इन्जिनियर छन् । तिनीहरुलाई नै तालीम दिएर खटाउन सकेमा पनि भूकम्पपछिको पुनःनिर्माणले गति लिन सकिन्थ्यो । जिल्ला समन्वय समिति पर्वतले सम्झौता भइसकेका लाभग्राहीलाई विभिन्न बैंकमार्फत भुक्तानी दिँदै आएको छ । पूर्णरुपमा भूकम्प प्रभावित बनेकामध्ये केहीले पहिले नै आवास बनाइसकेका छन् भने केही अझै पनि झुप्रोमा बस्न बाध्य भएका छन् । भूकम्प पुनःनिर्माणमा स्थानीय तहले पनि जिम्मेवार नबनेका कारण समस्या देखिएको छ । सरकारले भूकम्प प्रभावितको रकम स्थानीय तहमै पठाउने बताए पनि व्यवस्थापन गर्न कठिन हुने भन्दै पर्वतमा जिल्ला समन्वय समितिमार्फत नै सो रकम वितरण हुँदै आएको छ । सम्झौता गर्न बाँकी रहेकाहरुलाई पनि ताकेता गरिएको जिल्ला समन्वय समितिले जनाएको छ । जिल्लाका सबै स्थानीय तहमा बैंकको पहुँच पुग्न नसक्दा पनि रकम वितरण र सम्झौतामा समस्या भएको हो ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy