Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

थाइ राजकुमारी लुम्बिनीमा

 

\"\"बुटवल । थाइल्याण्डका राजकुमारी महाचाकरी सिरिनधोरन् आज भगवान बुद्धको जन्मस्थल लुम्बिनी भ्रमणमा आएकी छन । राजकुमारी सिरिनधोरन्ले लुम्बिनीमा विभिन्न कार्यक्रममा सहभागी भएकी छन ।

थाइ एअरको विशेष वायुयानबाट शुक्रबार बिहान काठमाडौँ पुगेकी राजकुमारी सिरिनधोरन्  बुद्ध एअरको चार्टरमार्फत लुम्बिनी आएकी हुन । राजकुमारी सिरिनधोरन्सँग ४४ जना थाइ सरकारका विशिष्ट पाहुना पनि भ्रमण दलमा रहेका छन् । राजकुमारी लुम्बिनी आउने कार्यक्रम रहेपछि करिब एक सातादेखि थाइल्याण्डबाट झण्डै चार हजारभन्दा बढी थाई बौद्धमार्गी र थाई सरकारका प्रतिनिधि लुम्बिनी आएको लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले जानकारी दिए । उनले लुम्बिनीस्थित थाइल्याण्ड सरकारद्वारा निर्मित थाइ राजकीय बौद्ध विहारको समुद्घाटन गरेकी छन । करिब दुई दशकअघिबाट निर्माण थालिएको थाई बौद्ध विहार लुम्बिनीमा तीनवटा निर्माण भएका छन् । यी बौद्ध विहार थाइ कला, संस्कृतिसहित बौद्ध कला संस्कृतिमा आधारित थाइ आर्किटेकमा आधारित निकै कलात्मक ढंगले निर्माण गरिएको छ । बौद्ध विहारको उद्घाटनपश्चात् राजकुमारी सिरिनधोरन्ले लुम्बिनीमा आयोजना गरिएको आँखा शिविरको समेत उद्घाटन र अवलोकन गर्ने छन । यससँगै उनले यहाँस्थित बेबी बुद्धको दर्शन र मायादेवी मन्दिरमा पुगेर दर्शन तथा पूजाअर्चना गर्नुका साथै प्रार्थना गर्ने कार्यक्रम रहेको लुम्विनी विकास कोषका योजना प्रमुख भट्टराईले जानकारी दिए । लुम्बिनीमा रहँदा उनले होटल कसाईमा केही क्षण विश्राम र विशिष्ट व्यक्तिलाई भेटघाटसमेत गर्ने कार्यक्रम रहेको जनाइएको छ । थाइ सरकारले लुम्बिनीको विकास र लुम्बिनी गुरु योजना सम्पन्न गर्न विभिन्न क्षेत्रमा सहयोग पु¥याउँदै आएको छ । थाइ सरकारले लुम्बिनीमा सडक, पर्यटन, बौद्ध विहार, त्यहाँका ग्रामीण क्षेत्रमा शिक्षा स्वास्थ्यका क्षेत्रमा समेत सहकार्य गर्दै आएको छ । राजकुमारीको भ्रमणलाई मध्यनजर राखेर लुम्बिनीको सुरक्षा व्यवस्था निकै कडा पारिएको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामलाल ज्ञवालीले बताए । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy