Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

क्याटलोनिया संकटः प्रत्यक्ष शासन लागू, स्पेनको क्षेत्रीय सरकार र संसद् विघटन

\"\"क्याटलोनियाको क्षेत्रीय सरकारले स्वतन्त्र भएको एकतर्फी रुपमा घोषणा गरेपछि त्यसप्रति प्रतिक्रिया जनाउँदै स्पेनले क्षेत्रीय सरकार र संसद्लाई विघटन गरेको छ । स्पेन सरकारले क्याटलोनियामा समयअगावै निर्वाचन गराउने घोषणा समेत गरेको छ ।

क्याटलोनियामा प्रत्यक्ष शासन लागू गर्नुको उद्देश्य केही दशकयताकै स्पेनले सामना गर्नुपरेको संवैधानिक संकटलाई सम्बोधन गर्ने रहेको छ । क्याटलोनियालाई \'सामान्य अवस्थामा फर्काउन\'का निम्ति केन्द्र सरकारको प्रत्यक्ष शासन लागू गर्न आवश्यक भएको स्पेनी प्रधानमन्त्री मारिआनो राखोयले बताएका छन् । उनले क्याटलोनियाका अधिकांश जनताले स्वतन्त्र हुने कदमलाई समर्थन नगरेको बताए । एउटा टेलिभिजन सम्बोधनमा प्रधानमन्त्री राखोयले आफ्नो एउटा भूभाग चोरिएको हुँदा त्यसको पक्षमा स्पेनी जनता नउभिने उल्लेख गरे । उनले क्याटलोनियामा डिसेम्बर २१ तारिखमा निर्धारित समयअगावै चुनाव गराइने घोषणा गरेका छन् । क्याटलन प्रहरीको अधिकार खोसिने वा नखोसिनेबारे अनिश्चितता छ ।क्षेत्रीय प्रहरी प्रमुखलाई बर्खास्त गरिएको छ भने देशद्रोहको आरोपमा क्षेत्रीय कमाण्डरमाथि अनुसन्धान भइरहेको छ । यसअघि क्याटलोनियाको क्षेत्रीय संसद्ले शुक्रवार स्पेनबाट स्वतन्त्र हुने घोषणा गरेको थियो । १३५ जना सांसदमध्ये ७० जना स्वतन्त्रताको पक्षमा उभिएका थिए भने १० जना विपक्षमा उभिएका थिए । दुईजना सांसद अनुपस्थित रहे भने स्वतन्त्रताको विपक्षमा रहेका सांसदहरुले संसदीय प्रक्रिया बहिष्कार गरेका थिए । स्पेनबाट स्वतन्त्र हुनका लागि भन्दै अक्टोबर १ तारिखमा क्याटलोनियामा जनमत संग्रह गराइएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending