Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

लमजुङका ६ सय बढि घरहरु पूर्ण रुपमा क्षति

लमजुङ, भूकम्पका कारण लमजुङमा ४ जनाको मृत्यु भएको छ ।भूकम्पमा परी अहिलेसम्म २० जना घाइते भएको प्रहरीले जनाएको छ । शनिबारको भूकम्पमा परी गौंडा ९ का १८ वर्षीया लक्ष्मी गुरुङ, इलमपोखरी ५ का ९१ वर्षीया नेप्टी तामाङ, तीन महिनाका सुमित विक र इलमपोखरी ६ का ६२ वर्षका सोरबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको जिल्ला अस्पताल र स्थानीय स्वास्थ्य चौकीहरुमा उपचार भइरहेको छ । भूकम्पमा परी लमजुङमा सयौं घरहरु क्षतिग्रस्त भएका छन् । जिल्ला दैवी प्रकोप उद्धार समितिका अनुसार हालसम्म ६ सय ६९ घरहरु पूर्ण रुपमा क्षति भएको तथ्याङ्क आएको छ । सबैभन्दा बढी पूर्वी लमजुङको बिचौर गाविसमा २ सय ४२ घर पूर्ण रुपमा ध्वस्त भएका छन् । त्यस्तै दूधपोखरी गाविसका ८४ घर पूर्ण ध्वस्त भएका छन् । जिल्लाभर ६ सय ८१ घरमा आंशिक क्षति भएको विवरण प्राप्त भएको प्रहरीले जानकारी दिएको छ । शनिबार दुई पटकसम्म भूकम्पको शक्तिशाली धक्का महसुस भएपछि जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठक बसी उद्धारका लागि ५ वटा टोलीलाई आइतबारदेखि परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए । भूकम्पका कारण पूर्वी लमजुङका बिचौर, इलमपोखरी, दूधपोखरी, गौंडा, प्यारजुङ, भारते, समीभन्ज्याङ, भोर्लेटार लगायतका गाविसमा पनि थुप्रै घरहरुमा क्षति पुगेको छ । यसैबीच जिल्ला दैवी प्रकोप उद्धार समिति लमजुङको आज बसेको बैठकले भूकम्प पीडितहरुलाई राहत उपलब्ध गराउन जिल्लाका सरकारी कार्यालयका प्रमुखहरुले २ दिनको र अन्य कर्मचारीहरुले १ दिन बराबरको तलब उपलब्ध गराउने निर्णय गरेको छ । सोही बैठकमा हाल लमजुङमा रहेका बेलायती नागरिक एरिकले १५ लाख रुपैयाँ सहयोग गर्ने भएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy