Ntc summer Offer
Khabar Dabali ३ जेष्ठ २०८१ बिहीबार | 16th May, 2024 Thu
NIMB

कुर्द राष्ट्रपति बर्जानीद्वारा राजीनामा

\"\"इराकको कुर्दिस्तानका पूर्व राष्ट्रपति मसुद बर्जानीले आफूले कार्यालय छोडे पनि आफ्ना जनताका लागि स्वतन्त्र राज्यका लागि निरन्तर लडिरहने बताएका छन् । टेलिभिजनमार्फत गरिएको सम्बोधनमा उनले गत महिनाको स्वतन्त्रतासम्बन्धी जनमतसंग्रहमा मतदान गरेपछि कुर्दहरुको पक्षमा कोही पनि नबोलेको बताए । उक्त जनमतसंग्रहपछि उत्पन्न भाँडभैलोका माझ कुर्दहरुले जमिनको ठूलो क्षेत्र गुमाएका छन्। चारदिन भित्र क्षेत्रीय राष्ट्रपतिको कार्यकाल सकिन लागेका बर्जानीले आइतबार एउटा पत्रमा आफूले कार्यकाल लम्ब्याउन नचाहेको उल्लेख गरेका थिए । क्षेत्रीय सांसदहरुले बर्जानीको निर्णयको समर्थन गरेका छन् । संसदलाई पत्र बुझाएपछि कुर्दिस टेलिभिजनबाट प्रशारण गरिएको भाषणमा बर्जानीले ३० लाख मानिसहरुले स्वतन्त्रताको पक्षमा मत खसालेर इतिहास रचेका र यसलाई मेटाउन नसकिने बताए । सेप्टेम्बर २५ तारिखका दिन भएको स्वतन्त्रतासम्बन्धी जनमतसंग्रहमा उल्लेख्य मानिसहरुले कुर्दिस्तान अलग हुने पक्षमा मत खसालेका थिए । उनले राजनीतिक प्रतिद्वन्द्वीहरुले तेलका लागि धनी मानिएको किरकुक क्षेत्र कुनै लडाईँ बिना नै इराकी फौजलाई दिएर देशद्रोह गरेको आरोप लगाए । ७१ वर्षीय नेताको कुर्दलाई स्वतन्त्र बनाउने सपना चक्नाचुर भएको भन्दै कुर्द समर्थकहरु निकै असन्तुष्ट देखिएका छन् । उनको राजीनामा पछि इरबिलस्थित कुर्दिस संसदमा आक्रोसपूर्ण दृश्यहरु देखिएका थिए । बर्जानीले पद छोड्न गरेको निर्णयबारे संसदमा छलफल भइरहँदा बर्जानीका केही समर्थकहरु संसद भवन प्रवेश गरेर विरोध जनाएका थिए । त्यहाँको अवस्थाबारे स्पष्ट भइसकेको छैन तर केही प्रत्यक्षदर्शीहरुका अनुसार प्रदर्शनकारीहरुले लाठी बोकेको देखिएको थियो र त्यहाँ केही गोली चलेको पनि सुनिएको थियो । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies