Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

मृगौला पीडित गायक गुरुंगको सहयोगार्थ युएईमा नन्दु राई सुसेली साँझ कार्यक्रमको आयोजना

\"\"युएई । लोक गायक पूर्ण गुरुंगलाई युनाईटेड अरब ईमिरेट्समा कार्यरत नेपालीहरुले १ लाख ३ हजार रुपैयाँ सहयोग गरेका छन् । दुबै मृगौला फेल भई नेपालमा उपचार गराईरहेका गायक गुरुंगको सहयोगार्थ अन्तराष्ट्रीय नेपाली कलाकार समाज, युएई रसअल खेमा क्षेत्रीय समितिद्वारा गत शुक्रबार २७ अक्टोबरका दिन युएईको रसअल खेमामा नन्दु राई सुसेली साँझ कार्यक्रम आयोजना गरी उक्त रकम संकलन गरिएको थियो । कार्यक्रममा प्रबासमा रहेर गायन क्षेत्रमा निरन्तरता दिईरहेका गायक नन्दु राईले आफ्नो पछिल्लो एल्बम सुसेलीका गीतहरुका साथै बिभिन्न प्रस्तुति दिएका थिए । कार्यक्रममा बालकलाकार प्रतिमा शर्माले नृत्य प्रस्तुत गरेकी थिईन् । रसअल खेमामा रहेका नेपालीहरुले यस अघि देउसी भैलो र भलिबल प्रतियोगिता समेत आयोजना गरी गायक गुरुंगलाई सहयोग रकम संकल गरेका थिए । संकलित रकम केही दिन भित्रै गायक गुरुंगलाई हस्तान्तरण गरिने कार्यक्रम संयोजक सन्तोष पौडेलले जानकारी गराएका छन् । कार्यक्रममा युएईका लागि नेपाली कार्यबाहक राजदुत नेत्र बहादुर टण्डनको उपस्थिति रहेको थियो । त्यसैगरी नेप्लिज सोसल क्लबका अध्यक्ष शालिक सुबेदी, ईनास केन्द्रिय अध्यक्ष रेखा घिमिरे, उपाध्यक्ष लक्ष्मण बराईली, एनआरएन रस अल खैमह क्षेत्रका अध्यक्ष जनार्दन सुबेदी, नेपाली जन प्रगतिशिल मँच रस अल खैमहका दीपक बिष्ट लगायतको उपस्थिती रहेको थियो । औपचारिक कार्यक्रमको अध्यक्षता ईनास रस अल खैमहका कार्यबाहक अध्यक्ष सन्कल्प चन्दले गरेका थिए भने प्रकाश सुबेदीले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रमको सन्चालन महेश पौडेल र अमर सिंह खत्रीले गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy