Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

रक्षा मन्त्रीद्वारा राजीनामा

१५ वर्ष अघि एक महिला पत्रकारसंग अभद्र व्यवहार गरेको आरोप लागेका ब्रिटिश रक्षा मन्त्री माइकल फालनले आफ्नो पदबाट राजीनामा दिएका छन्। बुधबार रक्षा मन्त्री फालनले आकस्मिक रुपमा आफ्नो राजीनामा ब्रिटिश प्रधानमन्त्री टरीज मे समक्ष बुझाएका थिए। उनले राजीनामाको कारण त खुलाएनन्, तर आफ्नो व्यवहार मर्यादित नभएको स्वीकारे। फालन विरुद्ध सन् २००२ मा कन्जरभेटिभ पार्टीको सम्मेलनका बेला एउटा रात्रीभोजमा पटक पटक पत्रकार जुलिया हार्ले ब्रुअरको घुँडा छोएको आरोप लागेको थियो। तर हालै उक्त प्रकरणबारे फेरि समाचारहरु आएपछि फालन माथि दबाब बढेको थियो। उनले मंगलबारमात्रै आफ्नो विगतको व्यवहारप्रति क्षमा मागेका थिए। आफ्नो पत्रमा उनले भने, \"हालैका दिनहरुमा सांसदहरु र मेरो विगतको व्यवहारका बारेमा पनि थुप्रै आरोपहरु लागेका छन्। ती धेरै जसो गलत छन्। तर म के स्वीकार्छु भने मैले नेतृत्व गरिरहेको सशस्त्र सेनाका लागि आवश्यक उच्च मापदण्ड भन्दा म तल गिरेको छु।\" उनले गएको साढे तीन वर्षसम्म ब्रिटेनको रक्षा मन्त्रीको रुपमा काम गर्न पाउनु आफ्नो लाग‌ि गौरवको विषय भएको पनि बताए। प्रधानमन्त्री मेले फालनले आफु विरुद्ध लागेका आरोपहरुलाई गम्भीर रुपमा लिंदै एउटा उदाहरण प्रस्तुत गर्न खोजेको भन्दै त्यसको प्रशंसा गरेकी छिन्। पत्रकार जुलिया हार्ले ब्रुअरले त्यो पुरानो घटना भएको र उनले आफुलाई पीडित नठानेको बताइन्। फालनले त्यसैबेला आफुले ब्रुअरसंग क्षमा मागेको बताएका थिए। हालैका दिनहरुमा सत्तारुढ कन्जरभेटिभ पार्टीका कैयौं सांसदहरुमाथि आफ्नै महिला सहकर्मीहरु विरुद्ध यौनजन्य दुर्व्यहार गरेको आरोपहरु लागेका छन्। प्रधानमन्त्री मेले त्यस्तो व्यवहार कुनै पनि हालतमा स्वीकार्य नहुने र पीडितहरु प्रहरीकहाँ जानु पर्ने बताएकी थिइन्। बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies