कसको सहयोग कस्तो चाहिने हो हामीले माग गर्न सकेका छैनौं र सरकारको समन्वयको अभाववमा आएको सहयोग पनि बेबारिसे बनेको छ । विनाशकारी भूकम्प आएको चारदिन बित्न लाग्दासमेत सरकारले नागरिक सम्बोधन गर्न सकेको छैन । सूचना दिने तरिका नै भएनस्रोत साधानका हिसाबले काठमाडौंमा आएको भूकम्पपछि उद्दार राहतका लागि महानगरपालिका एउटैले काम गर्न सक्छ । किनकी उसँग अरबौ रुपैयाँ छ र स्रोत सामग्री पनि छ । तर, महानगरपालिका सबैभन्दा छट्टु भएको छ । स्रोत साधान भएर पनि उसले काम गरिरहेको छैन । दलीय संयन्त्रको जालो वडावडासम्म उनीहरुलाई परिचालन गरेर राहत र उद्दारलाई व्यवस्थित गर्न सकिन्छ तर, महानगरपालिका गर्न तत्पर छैन । काठमाडौं बाहिर स्रोत साधानको अभाव छ । तर, हजारौ मानिस सहयोग गर्न तयार छन् । कसको सहयोग कस्तो चाहिने हो हामीले माग गर्न सकेका छैनौं र सरकारको समन्वयको अभाववमा आएको सहयोग पनि बेबारिसे बनेको छ । विनाशकारी भूकम्प आएको चारदिन बित्न लाग्दासमेत सरकारले नागरिक सम्बोधन गर्न सकेको छैन । सूचना दिने तरिका नै भएन । यस्तो आपतकालीन अवस्थामा राज्यको तर्फबाट आधिकारिक सूचना दिने, प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्नुपर्ने हो । तर, सरकार सरकारजस्तो देखिएकै छैन । उद्दार र राहतमा के भयो सरकारका मन्त्रीहरुले दैनिक विवरण दिनुपर्ने हो तर समन्वयको अभावमा यी सब देखिइरहेका छैनन् । केन्द्रीय सदस्य नेपाली कांग्रेस
प्रतिकृया लेख्नुहोस्: