Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

प्रधानमन्त्रीको सम्बोधनमा राहत छैन संविधानका कुरा

काठमाडौं, विनाशकारी भूकम्प गएको तीन दिन अर्थात ७९ घण्टापछि प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रका नाममा सम्बोधन गर्दा राहतका कार्यक्रम घोषणा गर्ने अपेक्षा धेरैको थियो । तर, मंगलबार प्रधानमन्त्री निवासबाट ९ मिनेट बोल्ने क्रममा प्रधानमन्त्री कोइरालाले ‘२०७२ साल बैशाख १२ गते दिउसो अप्रत्यासित रुपमा आएको भूकम्प र त्यसपछि पटकपटक आएका कम्पनहरुले ल्याएको विनासले मुलुकलाई स्तब्ध र समस्त नेपालीलाई अत्यन्त मर्माहत बनाएको छ । राष्ट्रिय विपत्तिको यस दुःखद घडीमा भूकम्पबाट जीवन गुमाउनु हुने समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरु र विदेशी नागरिकमा भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । उहाँहरुका स्वजनहरुमा हार्दिक समवेदना प्रकट गर्दछु ।’ भन्ने दुःख र भावका शब्द र विदेशी सहयोगप्रति धन्यवाद र अपेक्षा बाहेक केही गरेनन् । निःशुल्क स्वास्थ्योपचार गराउने ब्यवस्था मिलाइएको घोषणा गरे पनि राहतको नाममा दुई चारवटा पाल वितरण गर्ने, ड्राइफुड वितरण गर्ने जस्ता सामान्य मर्यादालाई समेत वेवास्ता गरिएको छ ।
 दुःख र भावका शब्द र विदेशी सहयोगप्रति धन्यवाद र अपेक्षा बाहेक केही गरेनन्
भूकम्पबाट पीडित एवम् प्रभावित नागरिकहरुको राहत र पुनस्थापनाप्रति गम्भीर भएको क्षतिग्रस्त भौतिक संरचनाहरुको मर्मत तथा पुनर्निर्माण कार्यमा पनि दत्तचित्त भएर लाग्ने बताए पनि पीडितलाई तत्काल कति राहत दिने सामान्य भरोसा पनि उनले पूरा गरेका छैनन् । विनाशकारी भूकम्पपछि राज्यले उद्दार र राहतमा गरेको प्रयासको कुनै जानकारी प्रधानमन्त्रीले गराएका छैनन् । आफू इण्डोनेशियाको जाकार्तामा सम्पन्न एशिया–अफ्रिका शिखर सम्मेलनमा सहभागी भएर फर्कने क्रममा प्राप्त यस अकल्पनीय दैवी प्रकोपकोे समाचार पछि भारतका महामहिम प्रधानमन्त्री नरेन्द्र मोदी,चीनका महामहिम राष्ट्रपति सी जिनपिङ्ग, पाकिस्तानका महामहिम प्रधानमन्त्री नवाज शरिफ, श्रीलंकाका महामहिम राष्ट्रपति मैत्रीपाल सिरिसेना, भुटानी नरेश जिग्मेकेशर वाङ्चुक लगायत विभिन्न देशका राष्ट्रप्रमुख र सरकार प्रमुखहरुले नेपालप्रति सहानुभूति प्रकट गर्दै उद्धार र राहतमा सहृदयतापूर्वक सहयोगको उच्च मूल्याङ्कन गर्दै पुनः मित्रराष्ट्रबाट सहयोगको अपेक्षा मात्र गरेका छन् । देशका तीन दर्जन जिल्लामा नागरिक जीवन अस्तव्यस्त बनेका बेला नागरिकलाई सान्त्वयन दिनुपर्ने बेलामा प्रधानमन्त्रीले संविधानका कुरा गर्न पनि भुलेनन् । ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण गरी मुलुकमा दिगो शान्ति, राजनीतिक स्थिरता र लोकतान्त्रिक शासन पद्धतिको माध्यमबाट द्रुत गतिमा देशको विकास गर्ने हाम्रो आवश्यकता र जनताको चाहनालाई पूरा गर्ने दायित्वलाई यथासक्य पूरा गर्न समस्त राजनीतिक दलहरुबाट सहकार्य र सहयोग हुने मैले अपेक्षा गरेको छु ।’ विनाशकारी भूकम्पको तीन दिनपछि नेपाली तथा विदेशी दिदीबहिनी, दाजुभाइ र बाल–बृद्धहरुको संझनामा मंगलबारदेखि ३ दिन सम्म शोक मनाउने र स्वदेशका सम्पूर्ण सरकारी कार्यालय र विदेशस्थित कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरिएको पनि उनले बताए । प्रधानमन्त्री सुशील कोइरालाले मंगलबार राष्टका नाममा गरेको सम्बोधनको पूर्ण पाठ आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु २०७२ साल बैशाख १२ गते दिउसो अप्रत्यासित रुपमा आएको भूकम्प र त्यसपछि पटकपटक आएका कम्पनहरुले ल्याएको विनासले मुलुकलाई स्तब्ध र समस्त नेपालीलाई अत्यन्त मर्माहत बनाएको छ । राष्ट्रिय विपत्तिको यस दुःखद घडीमा भूकम्पबाट जीवन गुमाउनु हुने समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरु र विदेशी नागरिकमा भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । उहाँहरुका स्वजनहरुमा हार्दिक समवेदना प्रकट गर्दछु । भूकम्पका कारण घाइते बन्नुभएका समस्त दिदीबहिनी तथा दाजुभाइहरुमा शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । यस दुःखद घटनामा घाइते हुनुभएकाहरुको निःशुल्क स्वास्थ्योपचार गराउने ब्यवस्था मिलाइएको छ । यस दुःखद् प्राकृतिक प्रकोपमा पर्नुभएका नागरिकहरुको खोेजतलास, तत्काल उद्धार, राहत, उपचार र पुनस्थापना कार्यलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद्, नेपाल सरकारका चार वटै सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी, प्रमुख प्रतिपक्ष सहित समस्त राजनीतिक दल, निजी क्षेत्र, मानवीय सहयोगको क्षेत्रमा काम गर्ने समस्त सरकारी र स्वदेशी तथा विदेशी गैर सरकारी संस्थाहरु, नागरिक समाज, सञ्चारकर्मीहरुले हालसम्म गर्नुभएको स्वस्फूर्त प्रयासको म उच्च प्रशंसा गर्दछु । यस प्रयासलाई अझ प्रभावकारी र सुव्यवस्थित बनाउन मन , वचन र कर्मले समर्पित रहन सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछु । समस्त युवाहरु उद्धार र राहत कार्यमा अग्रपङ्तिमा रहनुहुने मैले विश्वास गरेको छु । सरकारको पहिलो कर्तव्य आम नागरिकको जीउ–धनको सुरक्षा हो । यसबाट सरकार कदापि विचलित हुने छैन । सरकारले विपत्तिको सामना गर्ने कार्यमा नागरिकहरुको खोजतलास, उद्धार र स्वास्थोपचारलाई पहिलो प्राथमिकतामा राखेको छ । यससंगै भूकम्पबाट पीडित एवम् प्रभावित नागरिकहरुको राहत र पुनस्थापनाप्रति हामी गम्भीर छौ । क्षतिग्रस्त भौतिक संरचनाहरुको मर्मत तथा पुनर्निर्माण कार्यमा पनि हामी दत्तचित्त भएर लाग्ने कुरा विश्वास दिलाउन चाहन्छु । भूकम्पले तहस नहस पारेका ऐतिहासिक ,पुरातात्विक र साँंस्कृतिक र धार्मिक महत्वका सम्पदाहरुको सरकारले क्रमिक रुपमा  पुनर्निर्र्माण गर्नेछ ।  पुनःस्थापना र पुनर्निर्माणको यस महत्वपूर्ण कार्यमा धैर्यतापूर्वक सक्रिय रहन म समस्त दिदीबहिनी र दाजुभाइहरुमा  निवेदन गर्दछु । इण्डोनेशियाको जाकार्तामा सम्पन्न एशिया–अफ्रिका शिखर सम्मेलनमा सहभागी भएर फर्कने क्रममा प्राप्त यस अकल्पनीय दैवी प्रकोपकोे समाचार पछि भारतका महामहिम प्रधानमन्त्री नरेन्द्र मोदी,चीनका महामहिम राष्ट्रपति सी जिनपिङ्ग, पाकिस्तानका महामहिम प्रधानमन्त्री नवाज शरिफ, श्रीलंकाका महामहिम राष्ट्रपति मैत्रीपाल सिरिसेना, भुटानी नरेश जिग्मेकेशर वाङ्चुक लगायत विभिन्न देशका राष्ट्रप्रमुख र सरकार प्रमुखहरुले नेपालप्रति सहानुभूति प्रकट गर्दै उद्धार  र राहतमा सहृदयतापूर्वक गर्नुभएको सहयोगको मैले उच्च मूल्याङ्कन गरेको छु । भुटानका प्रधानमन्त्री स्वयं उपस्थित भएर सद्भाव र मैत्री प्रकट गर्नुभएको छ । हामीले बंगलादेश, अमेरिका, बेलायत, फ्रान्स, नर्वे, जापान, फिनल्याण्ड, अष्ट्रेलिया, मलेसिया, इजराइल, टर्की,पोल्याण्ड, दक्षिण कोरिया, अरब राष्ट्रहरु लगायतका मित्र राष्ट्रहरु, र संयुक्त राष्ट्र संघ सहित विकासका साझेदार एशियाली विकास बैंक, विश्व बैक र अन्तराष्ट्रिय समुदायको पूर्ण सहयोगको प्रतिबद्धता पनि प्राप्त गरेका छौं । अन्य मित्र राष्ट्रहरुबाट पनि सहयोग प्राप्त हुने आशा गरेका छौ । दुःखको यस घडीमा हामीलाई यसबाट ठूलो भरोसा मिलेको छ । म उहाँहरुको यो तत्परता, सद्भाव र मित्रताप्रति नेपाल सरकार र नेपाली जनताको तर्फबाट आभार प्रकट गर्दछु ।नेपाल अत्यन्तै उदार, सहयोग, सद्भाव र भाइचाराको संस्कृृतिले भरिएको समृद्ध मुलुक हो । कुनै पनि समस्या र संकटको समाधान राष्ट्रिय एकता विना संभव छैन । यो विपत्तिको घडीमा हामी जो जहाँ बसे पनि सबै नेपालीले एक ढिक्का भई मुलुकलाई संकटबाट पार लगाएर विश्वसामु एक उदाहरण प्रस्तुत गर्नु परेको छ । जतिसुकै ठूला राष्ट्रिय विपत्ति र संकटहरुलाई पनि हामीले आपसी सहयोग, सहकार्य, एकता र मेलमिलापका माध्यमबाट झेल्दै,सामना र समाधान गर्दै आएका छौ र आगामी दिनमा पनि गर्नेछौ । भर्खर गति लिन लागेको विकास प्रकृयामा पनि यस भूकम्पका कारण अझ बढी चुनौति थपिएका छन् । यो संकटलाई पार गरेर हामीले विकास प्रकृयालाई पुनः गति दिन परेको छ ।  सबैको सामूहिक प्रयासले यो अग्नि परीक्षामा हामी सफल हुने मैले विश्वास लिएको छु । हामीसंग भएको सीमित साधन र स्रोतलाई भरपूर प्रयोग गर्दागर्दै पनि अप्रत्यासित र अकल्पनीय प्राकृतिक विपत्लाई व्यवस्था गर्ने क्रममा हुन गएका कमी कमजोरीबाट पाठ सिक्दै हामीले उद्धार,राहत र पुनर्निर्माण कार्यलाई प्रभावकारी बनाउन अत्यधिक प्रयास गरिरहेका छौ । प्राकृतिक प्रकोप व्यवस्थापनमा संस्थागत विकास गर्नुपर्ने शिक्षा हामीलाई यो दुःखद घटनाले दिएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण गरी मुलुकमा दिगो शान्ति, राजनीतिक स्थिरता र लोकतान्त्रिक शासन पद्धतिको माध्यमबाट द्रुत गतिमा देशको विकास गर्ने हाम्रो आवश्यकता र जनताको चाहनालाई पूरा गर्ने दायित्वलाई यथासक्य पूरा गर्न समस्त राजनीतिक दलहरुबाट सहकार्य र सहयोग हुने मैले अपेक्षा गरेको छु । यो विनासको घट्नाबाट अत्यन्त मर्माहत भएर उद्धार कार्य लगायत प्रकोप पछिको पुनःस्थापना र पुनर्निर्माण कार्यलाई सघाउन स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरुबाट अभिव्यक्त सहानुभूति, सान्त्वना र उदारतापूर्वक प्राप्त सहयोगको प्रशंसा गर्दछु । स्वेच्छाले यस्तो परोपकारी कार्यमा हात बढाउनु हुने समस्त महानुभावहरुप्रति म कृतज्ञता प्रकट गर्दछु । पुनर्निर्माणको चरणमा पनि हामीलाई मित्रराष्ट्र र विकासका साझेदारहरुबाट निरन्तर सहयोग र सद्भाव प्राप्त हुने अपेक्षा लिएको छु । यस विनासकारी भूकम्पमा परी जीवन गुमाउनु भएका नेपाली तथा विदेशी दिदीबहिनी, दाजुभाइ र बाल–बृद्धहरुको संझनामा आजदेखि ३ दिन सम्म हामीले शोक मनाउने र स्वदेशका सम्पूर्ण सरकारी कार्यालय र विदेशस्थित कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेका छौ । जय नेपाल १
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy