Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

बसपार्क नै बन्यो अस्पताल...

नुवाकोट, नुवाकोटमा भुकम्पबाट मृत्यु हुनेको संख्या ६ सय ३८ पुगेको छ । स्थानीय प्रशासनका अनुसार घाइतेको संख्या १ हजार भन्दा बढी रहेको छ । अन्य जिल्लाहरु मध्ये मुख्यगरी नुवाकोट भूकम्पको प्रभाव अत्यधिक रहेका कारण ठूलो मात्रामा जनधनको क्षति हुन पुगेको हो । जिल्लाका घर तथा भौतिक संरचनामध्ये ९५ प्रतिशत भूकम्पले नष्ट भएका छन् । ग्रामिण क्षेत्रहरुमा अझैसम्म उद्धारको कार्य नसकिँदा पुरिएका शवहरु धेरै भएको हुनसक्ने र मृतकहरुको संख्या अझै बढ्ने अनुमान गरिएको छ । मंगलबारसम्म स्थानीय प्रशासन घाइतेको उद्धार र मृतकको व्यवस्थापनमा जुटिरहेको छ । गाउँगाउँमा घाइतेहरुको उद्धार गर्न र पीडितलाई राहत बाँड्न थालनी भएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए । तरपनि सरकारले कुनै चासो नदिएको आरोप भूकम्प पिडितहरुबाट आइरहेको छ । अधिकांश खुला आकाशमुनी रात बिताइरहेका पीडित परिवारले बजारमा रहेको पाल मात्र किन्ने वातावरण बनाइदिए पनि सहज हुने बताइरहेका छन् । तर स्थानीय प्रशासन, रेडक्रसलगायतले पाल र राहत सामग्री तथा रकम वितरण गरिएको जनाएको छ । प्रजिअ निरौलाका अनुसार राहत रकम ४ करोड र ४ सय थाल, पाल प्रभावित क्षेत्रहरुमा पठाइएको छ । तरपनि राहत अपुग हुने र भूकम्पबाट पिडितहरुलाई जिल्लाभर वितरण गर्न थप ३७ करोड लाग्ने उनले बताए । हेलिकप्टरबाट घाइतेहरुको उद्धार गरी सदरमुकाम र काठमाण्डौं पु¥याउने कार्य जारी रहेको छ । १९९० पछि ८२ वर्षमा आएको भुकम्पबाट आफन्त र परिवार गुमाउने व्यक्तिदेखी सबैजना भूकम्पको त्रासदीबाट सामान्य अवस्थामा फर्कन सकेका छैनन् । दैनिक आइरहेको धक्काका कारण त्रासमाथी त्रास थपिएको छ । सोमबार बिहानबाट भारतीय वायु सेवाको एक र अन्य दुई गरि तीनओटा हेलिकप्टरले घाईतेहरुको उपचारका लागी सदरमुकाम ल्याउन सुरु गरेको छ भने जिल्लामा उपचार असम्भव रहेका गम्भिर बिरामीका लागि काठमाण्डौं पु¥याउन थालेको छ । भुकम्पबाट अस्पताल क्षतिग्रस्त भएपछि प्रशासनले वट्टारमा रहेको बसपार्कलाई अस्पतालको रुपमा परिणत गरि घाइतेहरुको उपचार सुरु गर्न लाग्दा अस्पताल क्षेत्र वरपरका बासिन्दाले विरोध जनाउँदै बिरामी र उपकरण उठाउन नदिएपछि समस्या भएको छ । मंगलबारबाट भने भूटानी चिकित्सक र उद्धार टोलीले घाइतेहरुको उपचारमा थप सहयोग पु¥याएको छ । भूटानी डा. तोब्ग्याल वाङचुकको नेतृत्वमा रहेको ६२ जनाको टोलीले उपचार र बिरामीहरुको व्यवस्थापनको कार्य गरिरहेको छ । त्यसका लागि सम्पूर्ण बन्दोबस्तीका सामग्री र औषधीहरु, खाद्यान्न, टेन्टलगायत भूटानबाटै ल्याएको हो । जिल्ला अस्पतालको भवन भत्किएपछि खुला चौरमै उपचार भइरहेको छ । बसपार्कमा रहेको १२ कोठे भूइँतले भवन खाली रहेको र त्यसलाई अस्थायी अस्पतालको रुपमा सञ्चालन गर्न  स्थानीय प्रशासनको प्रयास स्थानीयवासीको अवरोधले सफल नभएपछि घाइतको उपचारमा समस्या आउने अवस्था भएपनि भूटानी चिकित्सक र उद्धार टोली आएपछि सहज भएको डा. मधुकर दाहालले बताए । भुकम्पबाट भएको मानवीय र भौतिक क्षतीको स्थानीय स्तरमा लागत संकलन सुरु भएको छ । भुकम्पबाट अतिप्रभावित जिल्लाको क्षती विवरण संकलनका लागी एक साता लाग्ने अनुमान गरिएको छ । नुवाकोटको दुर्गम गाविसहरु भाल्चे, साल्मे, किम्ताङ, फिकुरी, ध्याङफेदी, वेतिनी, सिक्रे, तलाखु, गाउँखर्कलगायतका गाविसमा बढि क्षती पुगेको छ । जिल्ला प्रशासन कार्यालय पूर्ण रुपमा क्षतिग्रस्त छ भने अन्य सरकारी कार्यालय र विद्यालयहरु भत्किएका छन् । पासाङ ल्हामु वस व्यवसायी समितीले व्यवसायीलाई सडक अवरुद्ध भएको भन्दै यातायात नचलाउन निर्देश दिएपछि व्यवसायीहरु आफैले दुई सय पचास रुपैयाँको भाडामा पाँच सय लिई यातायात सञ्चालन गरिरहेका छन् । तर, नुवाकोट आउनको लागि पृथ्वी राजमार्गको गल्छी हुँदै आउनको लागि कुनै अवरोध भएको छैन । सदरमुकाम क्षेत्रमा विजुली र पानीको अभाव भएको छ । ग्रामीण भेगमा पनि बिजुली र पानीको समस्या भएको पीडितहरुले बताएका छन् । राहतको माग्दै नाराबाजी भूकम्प आएको चारदिन बित्दा पनि पीडितहरुलाई राहत वितरण गर्न नसकेपछि जिलिङ गाविस र विदुर नगरपालिकाका भूकम्पपीडितले जिल्ला प्रशासन कार्यालयमा राहतको माग गर्दै सोमबार नाराबाजी गरेका छन् । जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी विरुद्ध नाराबाजी गर्दै  कालोबजारी बढेको, व्यवसायीले बजार नखोल्दा उपभोक्ताले दैनिक उपभोग्य सामग्री सहज रुपमा प्राप्त गर्न नसकेको भन्दै प्रशासन विरुद्ध नाराबाजी गरेका हुन् ।  ‘हामीले राहत मागेको होइन । स्थानीयले प्रशासनले पसल खुलाइदिओस् । प्रचलित मूल्यमा किन्न पाइयोस् । त्यति नै हाम्रो लागि राहत हुने थियो’ आन्दोलनमा आएका भूकम्प पिडित चोकराज पुडासैनीले भने – ‘एक हजार पर्ने पाललाई पच्चीस सय तिर्न परेको छ । के हेर्छ यो प्रशासन ?’ रसुवामा ३ सय ५० को मृत्यु यसैगरी, रसुवा जिल्लामा भूकम्पबाट ज्यान गुमाउनेहरुको संख्या ३ सय ५० रहेको स्थानीय प्रशासनले जनाएको छ । जिल्लाको दुर्गम गाविसमा मृत्यु हुनेहरुको संख्या अत्यधिक रहेको र अझै बढी मृतकहरु हुनसक्ने हुँदा यकिन तथ्यांक आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद भट्टराइले बताए । पर्यटकीय जिल्ला भएका कारण कयौँ विदेशी नागरिकहरुको समेत भूकम्पबाट मृत्यु भएको बताइएको छ । आइतबारको थप दोस्रो ठूलो भूकम्प जाँदा हिमपहिरोले लाङटाङ क्षेत्रमा करिब एकसय पर्यटकहरु पुरिएको अनुमान छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy