Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

निर्वाचनलाई शान्तिपूर्ण र मर्यादित बनाउने उम्मेदवारको प्रतिबद्धता

\"\"झापा । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा आफ्ना गतिविधिलाई शान्तिपूर्ण र मर्यादित बनाउने झापा क्षेत्र नं २ का उम्मेदवारले साझा प्रतिबद्धता गरेका छन् ।

संवाद समूहको संयोजनमा बिर्तामोडमा आयोजित उम्मेदवारसँगको छलफलमा निर्वाचनलाई व्यवस्थितरूपमा सञ्चालन गर्न र शान्तिपूर्वक उत्साहजनक सहभागिता गराउन उनीहरूले छ बुँदे साझा प्रतिबद्धता व्यक्त गरेका हुन् । झापा–२ का उम्मेदवारले निर्वाचन आचारसंहिता पूर्ण पालना गर्ने चुनावी एवं राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग नगर्ने, निर्वाचनलाई भयरहित र द्वन्द्वरहित बनाउने प्रतिबद्ध भएका हुन् । त्यस्तै निर्वाचन प्रचारलाई तडकभडकरहित, कम खर्चिलो र मितव्ययी बनाउने, मतदाता शिक्षालाई प्रभावकारी बनाउन सहयोगीको भूमिका निर्वाह गर्ने र एक अर्काको सहअस्तित्व स्वीकारेर सम्मानपूर्वक व्यवहार गरी असल राजनीतिक संस्कारको विकास गर्ने प्रतिबद्धतासमेत उनीहरूले गरेका छन् । साझा प्रतिबद्धतामा झापा–२ मा प्रतिनिधिसभा सदस्य पदका लागि लोकतान्त्रिक गठबन्धनअन्तर्गत नेपाली काँग्रेसका उद्धव थापा, वाम गठबन्धनबाट नेकपा (एमाले)का पवित्रा निरौला खरेल, नयाँ शक्ति पार्टीका भक्तबहादुर बुढाथोकी, राष्ट्रिय जनता पार्टीका महावीर राई, देशभक्त जनगणतान्त्रिक मोर्चाका होमचन्द्र घिमिरे, राष्ट्रिय जनमुक्ति पार्टीका पर्शुराम मगर र संघीय लोकतान्त्रिक मञ्चका मानबहादुर साँवाले हस्ताक्षर गरेका थिए । त्यस्तै क्षेत्र नं २ प्रदेशसभा १ बाट वाम गठबन्धनबाट एमालेका एकराज कार्की, प्रदेशसभा २ मा नेपाली काँग्रेसका खड्गप्रसाद प्रसाईं, एमालेका बृखबहादुर प्रधान र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नगेन्द्र राईले समेत साझा प्रतिबद्धतामा हस्ताक्षर गरेको संवाद समूहका प्रतिनिधि एकराज गिरीले जानकारी दिए । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending