Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

चुनावको मुखमा पनि किन तोकिएन गृहमन्त्री ?

\"\"काठमाडाैं । निर्वाचनको सामुन्नेमा श्रृखलाबद्ध रुपमा बम विस्फोटका घटना भइरहेका बेला गृह मन्त्रालयमा राजनीतिक नेतृत्वको अभाव खटकिएको छ । एक महिनाअघि माओवादी केन्द्रबाट गृहमन्त्री बनेका जर्नादन शर्मालाई विनाविभागीय बनाइएपछि प्रधानमन्त्री शेरबहादुर देउवालेनै गृहमन्त्रीको जिम्मेवारी सम्हालेका छन् । सोमबार मात्रै गृह मन्त्रालयमा आयोजीत प्रदेश नम्बर तीनको सुरक्षा बैठकमा उपस्थित हुनेगरी पहिलोपटक प्रधानमन्त्री एवं गृहमन्त्री शेरबहादुर देउवा मन्त्रालयमा पुगेका थिए । कार्यक्रममा करिब आधा घन्टा बसेका देउवा त्यसलगत्तै वालुवाटार पुगेका थिए । अाजको कान्तिपुरमा खबर छ-गृहका उच्च अधिकारीका अनुसार निर्वाचनका बेला प्रत्येक पल पलमा गृहमन्त्रीको ठाडो निर्देशन पर्खिनुपर्ने बेलामा प्रधानमन्त्री ब्यस्त हुँदा कतिपय तत्काल गर्नुपर्ने काम प्रभावित हुने गरेका छन् । माओवादी मन्त्री शर्मालाई बिना बिभागिय बनाईएपछि प्रधानमन्त्रीले पार्टीभित्रका कोही विश्वास पात्रलाई गृह मन्त्रालयको भूमीका सुम्पने केहीको विश्वास थियो । तर पार्टीभीत्र गृहमन्त्रीका आकंक्षी धेरै भएको र चुनावको मुखमा महत्वपुर्ण मानिने मन्त्रालय कसैलाई सुम्पिदा त्यसले पार्टीभीत्र कलह बढाउने आँकलनपछि प्रधानमन्त्री देउवाले गृह मन्त्रालयका जिम्मेवारी पनि आफैले सम्हाल्ने निर्णय गरे । फोरम लोकतान्त्रिक छाडेर कांग्रेस प्रवेश गरेका विजयकुमार गच्छदारदेखि संचार मन्त्रालयको जिम्मेवारी सम्हालेका मोहन बस्नेतसम्म गृहमन्त्रीको आकांक्षी थिए । एक कांग्रेस नेताका अनुसार चुनावको मुखमा पार्टीभित्र असन्तुष्टी बढने र भद्रगोल अवस्था सिर्जना हुने भयले प्रधानमन्त्री देउवा आफैले गृह मन्त्रालयले सम्हाल्ने निर्णयमा पुगेका थिए । पूर्वगृह सचिव श्रीकान्त रेग्मी प्रधानमन्त्रीले नै गृहमन्त्रालय सम्हाल्दा सुरक्षा संवेदनशिलताका ससाना कुरामा गृहमन्त्रीले समयमै निर्णय गर्न नसक्ने परिस्थिती आउने बताउँछन् । रेग्मीका विचारमा अहिले पनि गृहमन्त्रीको प्रत्यक्ष भुमिकाको अभाव गृह मन्त्रालयमा खटकिएको हुनुपर्छ । उनले भने, ‘चुनावी सुरक्षा गतिलो हुन नसिकेको वा आवश्यकता अनुसार हुन नसकेको दिनदिनै हुने विस्फोटका घटनाहरुले प्रमाणीत गरिसकेको छ ।’ उनको बुझाईमा त्यसै त कार्यव्यवस्तताबाट गुज्रिनुपर्ने प्रधानमन्त्रीले गृह मन्त्रालय पनि सम्हालेपछि गृहमन्त्रालयले भनेजस्तो र तत्काल निर्णय गर्न कसरी सकोस् ?

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy