Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

कामचलाउ सरकारका सबै निर्णय उल्टाउने ओलीको तयारी

\"\"काठमाडाैं । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले वर्तमान कामचलाउ सरकारले गरेका सबै निर्णय उल्टिने बताएका छन् । एकमहिने सरकारले चुनावको मुखमा लाइसेन्स दिने र खोस्ने काम गरिरहेको आरोप लगाउँदै ओलीले आगामी सरकारले यस्ता सबै निर्णय सच्याउने बताए । सरकारले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ कम्पनी गेजुवासँग गरेको सम्झौता खारेज गरेको प्रसंगमा ओलीले यस्तो बताएका हुन् । अाजको नयाँ पत्रिकामा खबर छ-‘बुढीगण्डकी आयोजना गेजुवालाई दिनुहुन्थ्यो कि हुन्नथ्यो अथवा सरकारले दिन सक्थ्यो कि सक्दैनथ्यो, त्यो फरक कुरा हो,’ ओलीले भने, ‘तर, जति ठूला कुरा गरे पनि यो एकमहिने सरकार हो र यसले अन्तर्राष्ट्रिय सम्बन्ध र विश्वसनीयतामा धक्का पुग्ने निर्णय गर्न मिल्दैन, यसलाई सच्याइनेछ ।’ नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा सोमबार आयोजना गरेको ‘राष्ट्रिय आर्थिक बहस’मा उनले यस्तो बताएका हुन् । निर्वाचन सुरक्षामा सरकारले चासो नदिएको आरोप लगाउँदै ओलीले परियोजनाको लाइसेन्सभन्दा निर्वाचनमा ध्यान दिन सरकारलाई सुझाब दिए । ‘बम पड्किएको पड्कियै छ, तर सरकारको ध्यान गएको छैन,’ उनले भने, ‘चुनावको वेला लाइसेन्स दिनु र खोस्नु मिल्दैन, यो अनधिकृत काम हो, यसलाई आगामी सरकारले सच्याउनेछ ।’ देउवा सरकारले एक महिनाको मौका छोपी ‘हाटहुट’ र ‘लाटलुट’ पार्न खोजेको आरोप उनले लगाए । परियोजना प्रतिस्पर्धाबाट मात्रै दिनुपर्छ : महत उक्त अवसरमा पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता रामशरण महतले पूर्वाधार आयोजना निर्माणको जिम्मा प्रतिस्पर्धाको आधारमा मात्रै दिनुपर्ने बताए । चिनियाँ कम्पनी गेजुवाबाट बुढीगण्डकी आयोजना खोसिएको प्रसंग निकाल्दै उनले यस्तो बताएका हुन् । ‘पूर्वाधार आयोजनामा प्रतिस्पर्धाको आधारमा जुनसुकै कम्पनीलाई दिन सकिन्छ, तर अपारदर्शी ढंगले प्रतिस्पर्धा नगराई दिनुहुँदैन,’ उनले भने, ‘बदनाम कम्पनीलाई विनाप्रतिस्पर्धा सुम्पिएको बुढीगण्डकी आयोजना सरकारले फिर्ता लिएको छ ।’ उनले नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थल व्यवस्थापनको जिम्मा प्रतिस्पर्धा गराएर जुनसुकै कम्पनीलाई दिन सकिने बताए । ठूला–ठूला पार्टीले राजनीतिक भागबन्डामा नियुक्ति, सरुवा, बढुवा गरेको न्यायिक वितरण, न्यायिक व्यवस्थापन र न्यायिक निर्णय हुन नसकेको उनको भनाइ थियो । नेपालको अहिलेको सबैभन्दा ठूलो समस्या सुशासनको अभाव रहेको भन्दै उनले यही कारण समृद्धि हासिल गर्न नसकिएको बताए । तीन खम्बे अर्थनीति सोही अवसरमा उपप्रधानमन्त्री तथा नेकपा माओवादीका केन्द्रका नेता कृष्णबहादुर महराले निजी क्षेत्रलाई कुनै पनि अंकुश नलगाउने बताए । वाम गठबन्धनले संविधानमा उल्लेख भएअनुसार तीन खम्बे अर्थनीतिलाई अंगीकार गर्ने जानकारी दिँदै महराले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिने बताए । सार्वजनिक निजी साझेदारी संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले सार्वजनिक निजी साझेदरीमार्फत देशलाई अघि बढाइनुपर्ने बताए । उनले आफ्नो पार्टीले घोषणापत्रमार्फत नै संविधान संशोधनका साथै समतामूलक समृद्धि र सुशासनलाई जोड दिएको बताए । स्थिर सरकार निजी क्षेत्रको चाहना उक्त अवसरमा महासंघ अध्यक्ष भवानी राणाले निजी क्षेत्रको चाहना स्थिर सरकार र राजनीतिक स्थायित्व भएको बताइन् । उनले अबको सम्पूर्ण ध्यान आर्थिक विकासमा केन्द्रित गर्न राजनीतिक दललाई आग्रह गरिन् । निर्वाचनपछि जुनसुकै दलको सरकार आए पनि मुलुकमा आर्थिक अधिकारको सुनिश्चितता हुनुपर्ने निजी क्षेत्रको माग रहेको उनले बताइन् । महासंघ वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नेपालले ठूलो राजनीतिक उपलब्धि हासिल गरे पनि मुलुकको विकास नभएसम्म राजनीतिक उपलब्धि संस्थागत हुन नसक्ने बताए । दलहरूका घोषणापत्रले जनतालाई सुखद भविष्यको कल्पना गराएको भन्दै उनले त्यसको सफल कार्यान्वयनका लागि राजनीतिक दलहरूलाई आग्रह गरे ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy