मर्निङ वाकमा निस्केका प्रचण्डले जब छोरा प्रकाशको मृत्युको खबर सुने...
मंसिर ५ गते, २०७४ मगलवार 21st November, 2017 Tue०७:३५:३९ मा प्रकाशित
काठमाडाैं ।छोरा प्रकाशको निधन हुँदा पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने झापामा थिए । पूर्वका चुनावी सभालाई सम्बोधन गर्नका लागि प्रचण्ड शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग झापा आएका हुन् ।ओली र प्रचण्डले शनिबार बिर्तामोडको बी एण्ड सी हस्पिटलमा पूर्वाञ्चल स्वास्थ्य महोत्सवको संयुक्त रुपमा उद्घाटन गरेका थिए । त्यहाँ उनीहरुले स्वास्थ्य परीक्षणसमेत गराए । शनिबार साँझ ओलीको गृहनगर दमकमा सम्बोधन गरेपछि केहीबेर ओली निवासमा बसेर प्रचण्ड बिर्तामोमै आएर बी एण्ड सी हस्पिटलको ‘गेस्ट हाउस’मा बास बसेका थिए ।
अाजको नयाँ पत्रिकामा खबर छ-आइतबार बिहान ‘मर्निङ वाक’मा निस्कने बेलामा प्रचण्डले छोरा प्रकाशको मृत्यु भएको जानकारी पाएका हुन् । श्रीमती सिताले बिहान ५ः४५ बजे प्रचण्डलाई टेलिफोन गरी घटनाबारे जानकारी गराएकी थिइन् । बी एण्ड सी हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईंसँग ‘मर्निङ वाक’ जान गेस्ट हाउसबाट ओर्लिंदै गरेका प्रचण्ड घटनाबारे थाहा पाउनेबित्तिकै थचक्कै भुइँमा बसेका थिए । ‘फोन राख्नेबित्तिकै मलाई ‘दुर्गाजी’ भन्नुभयो, त्यहाँभन्दा अरु केही बोल्न सक्नुभएन, मेरो हात समातेर थचक्कै भुइँमा बस्नुभयो,’ बी एण्ड सी हस्पिटलका कार्यकारी निर्देशक प्रसाईंले सुनाए ।
घटनाबारे जानकारी पाएपछि भावविह्वल बनेका प्रचण्डलाई बी एण्ड सी हस्पिटल पु¥याइयो । उनी हस्पिटल पुगेको डेढ घण्टापछि काठमाडौँबाट उनलाई लिन हेलिकप्टर पुगेको थियो । हस्पिटलको छतमा ‘ल्याण्ड’ गरिएको हेलिकप्टर चढेर प्रचण्ड बिहान ८ः४० बजे राजधानी फर्किएका हुन् । प्रचण्डसँगै उनकी छोरी गंगा, ज्वाईं जीवन र सानी नातिनीसमेत थिए । उनीहरु सबै एउटै हेलिकप्टरमा राजधानी फर्किएका हन् ।
शनिबार दमकमा सम्बोधन सकेपछि प्रचण्ड बिर्तामोडमा बास बसेपनि एमाले अध्यक्ष ओली भने दमकस्थित आफ्नै निवासमा बसेका थिए । घटनाबारे जानकारी पाउनासाथ बिहान ओली पनि प्रचण्डलाई काठमाडौँ बिदा गर्न बिर्तामोड पुगेका थिए । एमाले अध्यक्ष ओली र बी एण्ड सी हस्पिटलका कार्यकारी निर्देशक प्रसाईंले हात मिलाएर प्रचण्डलाई बिदा गरेका थिए ।
झापा र मोरङका चुनावी सभालाई सम्बोधन गर्ने ओली र प्रचण्डको कार्यतालिका तय भएको थियो । आइतबार झापाको क्षेत्र नम्बर १ मा सम्बोधन गरिसकेर मोरङको एउटा सभालाई सम्बोधन गरेपछि मात्रै राजधानी फर्किने उनीहरुको कार्यक्रम थियो । अब ती चुनावी सभाहरुलाई एमाले अध्यक्ष ओलीले सम्बोधन गरेर राजधानी फर्किएका छन् ।
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: