कैलाली । थारु समुदायको बाहुल्य क्षेत्र रहेको कैलाली निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका लागि दुई पूर्वमन्त्रीबीच प्रतिस्पर्धा हुने भएकोे छ । विसं २०४८ यता भएका सबै संसदीय निर्वाचन (पहिलो संविधानसभाको निर्वाचनबाहेक)मा जित्दै आएका पूर्वमन्त्री एवं काँग्रेस नेता रामजनम चौधरी र पूर्व कृषि मन्त्री एवं माओवादी केन्द्रका नेता गौरीशंकर चौधरीबीच प्रतिस्पर्धा हुने देखिएको हो ।
प्रतिकृया लेख्नुहोस्: