Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

भूकम्पपीडितकाे दुःखेसाे : घरबास त उठ्यो नै, अर्थाेपार्जनको बाटो समेत खोसियो

  सिन्धुपाल्चोक, भूकम्पका कारण सबैभन्दा बढी प्रभावित भएको सिन्धुपाल्चोकमा मरेका पुश चौपायाका कारण महामारी फैलन सक्ने आशङ्का बढेर गएको छ । उनीहरूलेे भूकम्पका कारण अाफूहरूकाे ङरबास त उठ्याेउठ्याे, अार्थिक उपार्जनकाे बाटाे समेत खाेसियाे भनेर गम्भीर दुःखमनाउ समेत गरिरहेका छन् । राजधानीलाई बढीभन्दा बढी दूध तथा मासु आपूर्ति गर्ने सिन्धुपाल्चाेकका पहाडी क्षेत्रका किसानले पालेका पशुचौपाया मरेका कारण महामारी फैलने सम्भावना बढेर गएको हो । स्थानीयवासीले जनाएअनुसार भूकम्पका कारण सिन्धुपाल्चाेकमा मात्रै दुई लाखभन्दा बढी पशुचौपाया मरेका छन् । यसको आधिकारिक पुष्टि भइनसके पनि जिल्लाको अधिकांश घरपरिवारलाई आर्थिक रुपमा सबल बनाउँदै अाएकाे पशुपालन व्यवसाय भूकम्पबाट चौपट हुन पुगेकाे छ । भूकम्पले दिएको पीडा, जनधनको क्षतिसँगै आफूले घरमा पालेका पशु चौपायाको विनाशले किसान थप मर्माहत भएका छन् । मानवीय क्षतिले एकातिर बिर्सनै नसकिने पीडा दिएको छ भने अर्कोतिर आर्थिक उपार्जनको बाटो खोसिएकामा उनीहरु थप पीडित बनेका छन् । पशु चौपायाको निधनले गाउँमा महामारी फैलने सङ्केतहरु गाउँमा देखिन थालेका छन् । गन्ध फैलन थालेको छ भने व्यवस्थित रुपमा मरेका पशुको व्यवस्थापन हुन नसक्दा थप सङ्क्रमण फैलने अवस्था देखिएको छ । सिन्धुपाल्चोक थुम्का गाउँ खतिवडा टोलका तारानाथ खतिवडा आफ्नो थातथलो गुमेको भन्दा पनि पशु चौपाया प्राकृतिक विपत्तिले लगिदिएकामा बढी चिन्तित छन् । दुग्ध व्यवसायका लागि उनले तीनवटा भैँसी पालेका थिए । तीनवटा भैंसी एक दर्जन बाख्रा, खसी पनि मरेका छन् । घर भत्केको छ, हालसम्म कुनै पनि राहत सामग्री आइपुगेको छैन । कुनै पनि सरकारी निकाय हालसम्म तथ्याङ्क सङ्कलनका लागिसमेत पुगेका छैनन् । सोही टोलका डिल्ली खतिवडा भन्छन्– ‘गाउँमा रहेका २० घर नै गुमेका छन् । चार जनाको त मानवीय क्षति नै भएको छ । सो गाउँमा मात्र २०० भन्दा बढी पशु चौपाया मरेका छन् ।’ घर बास नै उठेपछि आर्थिक उपार्जनको बाटोसमेत खोसिएकामा गहभरी आँसु पार्दै स्थानीय मिनप्रसाद खतिवडाले भने – ‘मरेका पशु चौपायाको व्यवस्थापन गर्न नसक्दा गाउँमा नै सङ्क्रमण फैलन सक्ने अवस्था देखिएको छ । नियन्त्रणका लागि कुनै पनि सरकारी प्रयास भएको छैन । हाम्रो त भाग्य र भविश्य नै लुटियो नि हजुर ।’ सिन्धुपाल्चोक थकनीका कृष्णप्रसाद खनालको पनि भूकम्पले थातथलोसँगै पशु चौपायाको सर्वनाश गरिदिएको छ । ‘यस्तो विपत्ति त शत्रुलाई पनि नपरोस्’ रुँदै खनालले भने, ‘घर बाँस उठ्यो, पशु चौपाया खोसियो, दुग्ध व्यवसाय पनि पाँच वर्ष पछाडि धकेलियो ।’ भोटेचौरका कृष्णबहादुर तामाङ भग्नावशेषमा परिणत भएको घर तथा गोठ सम्हाल्दै थिए । उनको परिवारलाई भूकम्पले ल्याइदिएको पीडा शब्दमा उतार्न सकिने खालको छैन । चार जनाको प्राण खोसेको र पशु चौपायासमेत मारिदिएको भूकम्परुपी विनाशले तामाङ परिवारको भाग्य र भविश्यसमेत खोसिदिएको छ । उनको भैँसी, बाख्रा, कुखुरालगायत पशु मरेका छन् । भोटेचौरका जीवन तामाङलाई पनि भूकम्पले विपत्तिमात्रै ल्याइदिएको छैन गरिखाने पशु चौपाया पनि मारिदिएको छ । मरेका पशु चौपायाको सत्गत हुन नसक्दा गाउँमा दुर्गन्ध फैलिएको छ । महामारी फैलेला कि भन्ने सन्त्रास पनि बढेको छ । स्थानीय जोतिष टोलका दिपेश नेपालीको दुई छोरीलाई भूकम्पले लुटेर लग्यो भने पाहुना आएका दुई जनाको पनि ऐया भन्न नपाउँदै प्राण पखेरु उड्यो । नेपालीले पालेको चौपाया पनि विपत्तिको मारमा प¥यो । मानिसमा सन्त्राश छ, के गर्ने कसो गर्ने कुनै भेउ पाएका छैनन् । सरकार र सरकारी संयन्त्रको प्रतिक्षामा रहेका सिन्धुपाल्चोकका नागरिक बस्ने बाँस खोसिएकामा जति पीडित बनेका छन् त्योभन्दा बढी पीडा मानवीय क्षतिले दिएको छ । त्योभन्दा बढी पीडा उनीहरुलाई गरिखाने मेसो खोसिएकामा छ । जस्तै भए पनि विपत्तिलाई सहन गर्नैपर्ने बाध्यतामा रहेका काठमाडौँको उत्तर पूर्वी क्षेत्र र सिन्धुपाल्चोकका उत्तरी क्षेत्रका बासिन्दा मरेका पशु चौपायाको व्यवस्थित विर्सजन होस् भन्ने चाहन्छन् । बस्नलाई एक थान त्रिपाल त उनीहरुको सामान्य माग छ त्योभन्दा ठूलो माग दूध बेच्ने भैँसी मरेकामा रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy