बैशाख १६ गते, २०७२ बुधवार 29th April, 2015 Wed१९:३३:५९ मा प्रकाशित
काठमाडौं, प्रधानमन्त्री सुशील कोइरालाले बुधबार अपराह्न बैशाख १२ गते आएको भूकम्प र त्यसपछि आएका कम्पनबाट घाइते भई राजधानीका अस्पतालहरुमा उपचार गराइरहेका विरामीसँग भेट, भूकम्पबाट क्षतिग्रस्त क्षेत्रको निरीक्षण र उद्धार कार्यको बारेमा स्थलगत अवलोकन गरी जानकारी लिएका छन् ।
प्रधानमन्त्री कोइरालाका प्रेस संयोजक प्रकाश अधिकारीद्वारा खबरडबलीलाई प्रेषित जानकारीपत्रमा लेखिएको छ– ‘प्रधानमन्त्री कोइराला भूकम्पबाट घाइते बन्नुभएका दिदीबहिनी तथा दाजुभाइहरुको स्वास्थोपचारको बारेमा जानकारी लिन त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्यययन संस्थान शिक्षण अस्पताल महाराजगञ्ज, बीरेन्द्र सैनिक अस्पताल छाउनी र ट्रमा सेन्टर महांकाल काठमाण्डौं पुग्नु भएको थियो ।
प्रधानमन्त्री कोइरालाले शिक्षण अस्पताल महाराजगञ्जको आकास्मिक उपचार केन्द्र र वी.पी. कोइराला लायन्स नेत्र अस्पताल महाराजगञ्जमा उपचाररत घाइतेहरुलाई भेटगरी उपचारको बारेमा कुराकानी गर्नुभएको थियो ।
प्रधानमन्त्री कोइरालाद्वारा भूकम्पबाट जीवन गुमाएका परिवारलाई तत्काल १ लाख राहत घोषणा
भूकम्पका कारण चोटपटक लागेर गम्भीर घाइते बन्नुभएकाहरुको अवस्था देखेर स्तब्ध बन्नुभएका प्रधानमन्त्री कोइरालाले घाइतेहरुको निशुुल्क उपचारको सरकारले व्यवस्था मिलाएको बताउनु भएको थियो ।
भेटका क्रममा कतिपय घाइतेहरुले परिवारका अन्य सदस्य गुमाउनु परेको जानकारी दिए पछि कोइरालाले भूकम्पका कारण जीवन गुमाउनेहरुको परिवारलाई तत्काल राहत स्वरुप सरकारले १ लाख रुपैयाको सहयोग गर्ने घोषणा भएको थियो ।
प्रधानमन्त्री कोइरालाले शिक्षण अस्पतालको आकस्मिक उपचार कक्षमा भर्ना हुनुभएकी १४ नं. बेडकी काभ्रेस्थली काठमाण्डौकी नारायणी अधिकारी,वी.पी.लायन्स नेत्र अस्पतालको ६ नंबर बेडमा उपचाररत काठमाण्डौं काँडाघारी बस्ने सिन्धुपाल्चोककी ४५ बर्षीय जमुना बस्नेत, छाउनीस्थित बीरेन्द्र सैनिक अस्पतालमा उपचाररत दीपा रेग्मी,ट्रमा सेन्टरमा उपचाररत हरिकृष्ण थापा लगायतका घाइतेहरुसंग प्रत्यक्ष कुराकानी गर्नुभएको थियो ।
कुराकानीका क्रममा प्रधानमन्त्री कोइरालाले मुलुकमा ठूलो प्राकृतिक विपत्ति आएको र यसले सबैलाई मर्माहत बनाएको उल्लेख गर्नुभयो । उहाँले घाइतेहरुको स्वास्थोपचार महत्वपूर्ण पक्ष भएकाले सबैलाई प्रभावकारी रुपमा शीघ्र निशुल्क उपचार गराउन सरकारले बन्दोबस्त गरेको बताउनुभ यो । उहाँले घाइतेहरुको जीवन रक्षाका लागि कुनै कसर नराख्न पनि संबन्धित अस्पतालका चिकित्सकहरुलाई निर्देशन दिनुभएके थियो ।
सो अवसरमा प्रधानमन्त्री कोइरालाले भूकम्पबाट घर क्षति भएका नागरिकहरुको लागि सरकारले छिट्टै पुनर्वास र पुर्र्निनिर्माणको कार्यक्रम सार्वजनिक गनेै पनि बताउनु भएको थियो ।
प्रधानमन्त्रीद्वारा क्षति र उद्धारकार्यको अवलोकन
प्रधानमन्त्री कोइराला आज बालुवाटार,महाराजगञ्ज,बसुन्धरा चक्रपथ हुँदै गोंगबू नयाँ बसपार्क, माछापोखरी, सितापाइला, त्रिपुरेश्वर,बसन्तपुर क्षेत्र भ्रमण गरी भूकम्पले पु¥याएको क्षतिको अवलोकन पनि गर्नुभयो ।
अवलोकनका क्रममा प्रधानमन्त्री कोइराला माछापोखरीमा सवारीबाट ओर्लेर दुई स्थानमा भइरहेको उद्वार कार्यको बारेमा पनि जानकारी लिनुभएको थियो । ती स्थानमा नेपाली सेना र भारतबाट आएको उद्वार टोलीले युद्धस्तरमा काम गरिरहेको छ ।
प्रधानमन्त्री कोइराला यूनेस्कोको विश्व सम्पदा सूचिमा रहेको काठमाडौं दरबार स्क्वाएर,हनुमान ढोका क्षेत्र पुगेर क्षतिग्रस्त संरचनाको अवलोकन गर्नुका साथै नेपाली सेना र नेपाल स्काउटद्वारा भैरहेको उद्वार कार्यको जानकारी पनि लिनुभयो । उहाँले ८१ बर्षपछि आएको महाभूकम्पले ठूलो विनास ल्याएको बताउदै क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माणको कार्यक्रम छिट्टै ल्याइने जानकारी दिनुभएको थियो ।
प्रधानमन्त्री कोइराला पीडितहरुको शिवीरमा
आजै प्रधानमन्त्री कोइराला भूकम्पबाट पिडित भएर काठमाडौंको सैनिक मञ्चमा शिवीरमा आश्रय लिइरहेका नागरिकहरुसंग पनि भेटघाट गर्नुभएको थियो । उहाँले सो अवसरमा शिवीरहरुको निरीक्षण गर्नुका साथै शिवीरका समस्याका बारेमा पनि जानकारी लिनुभएको थियो । पीडितहरुले शीविरमा खाद्यान्न र पानीको अभाव रहेको बताउनु भएको थियो । उहाँहरुले विदेशबाट राहत आएको समाचार आए पनि आफूहरुसमक्ष आउन बाँकी रहेको अवगत गराउनु भएको थियो ।
प्रधानमन्त्री कोइरालाले राहत आउने क्रम जारी रहेको र अधिक प्रभावित क्षेत्रलाई प्राथमिकता दिइएको बताउदै पीडितहरुलाई हरसंभव सहयोग गर्न सरकार लागिरहेको बताउनुभयो ।उहाँले भूकम्पमा परी मृत्यु भएकाहरुको परिवारलाई तत्काल राहत स्वरुप १ लाख रुपैया दिने र आवास क्षति भएकाहरुको पुनर्वास र पुनर्निर्माणका लागि सरकारले छिट्टै विस्तृत कार्यक्रम घोषणा गर्ने पनि बताउनुभयो।
प्रधानमन्त्री कोइरालाद्वारा इजराइलको फिल्ड अस्पतालको निरीक्षण
अवलोकन भ्रमणका अवसरमा प्रधानमन्त्री कोइरालाले छाउनी अस्पतालको परिसरमा इजराइलद्वारा स्थापित फिल्ड अस्पतालको पनि निरीक्षण गर्नुभएको थियो । सो अस्पतालमा एक्से, इमरजेन्सी,अर्थोपेडिक देखि अपरेशनसम्मको सुविधा रहेको जानकारी दिइएको थियो । इजराइलद्वारा स्थापित सो अस्पतालमा संबन्धित विभागका विशेषज्ञ पनि संगै आएका छन ।
प्रधानमन्त्री कोइरालाले इजराइलसंग जननेता वी.पी. कोइरालाको सरकारकै पालादेखि नेपालको सुमधुर सम्बन्ध रहेको र यो दुःखको बेलामा औषधोपचार सेवा उपलब्ध गराएर इजराइलले ठूलो गुन लगाएको उहाँले बताउनु भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: