संयुक्त राष्ट्रसंघका राजनीतिक मामिला प्रमुख जेफ्री फेल्टमेनले मंगलबार उत्तर कोरियाको भ्रमण शुरु गर्दै छन् ।
यो कुनै पनि राष्ट्रसंघीय उच्च अधिकारीले ६ वर्ष यता उत्तर कोरियामा गर्न लागेको पहिलो भ्रमण हो । उत्तर कोरियाले संयुक्त राष्ट्रसंघलाई गत सेप्टेम्बरमा नीतिगत संवादका लागि आमन्त्रण गरेको थियो । गत साता उत्तर कोरियाले \'हालसम्मकै सबैभन्दा शक्तिशाली\' अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र परीक्षण गरेपछि यो भ्रमण हुन लागेको हो । उत्तर कोरियाले गत साता परिक्षण गरेको उक्त बलिस्टिक क्षेप्यास्त्र अमेरिकाको कुनै पनि ठाउँमा पुग्न सक्ने उसले दाबी गरेको छ । कोरियाली प्रायोद्वीपमा देखिएको उच्च तनावका माझमा फेल्टमेनको यो भ्रमण हुन लागेको हो । पूर्व कूटनीतिज्ञ फेल्टमेन संयुक्त राष्ट्रसंघमा कार्यरत सबैभन्दा वरिष्ठ अमेरिकी कर्मचारी हुन् । उनी शुक्रबारसम्म प्योङयाङमा हुनेछन् । दक्षिण कोरिया र अमेरिकाले अहिलेसम्मकै ठूलो हवाइ अभ्यास गरिरहेका बेला उनको यो भ्रमण हुँदैछ । संयुक्त राष्ट्रसंघका प्रवक्ताले फेल्टमेनले उत्तर कोरियाका विदेशमन्त्री रि योङ-हो सहित अन्य ८ उच्च वरिष्ठ अधिकारीहरुसँग भेट्ने र उनीहरुसँग द्वीपक्षीय स्वार्थ र चासोका मुद्दाहरुबारे नीतिगत छलफल गर्ने बताएका छन् । तर फेल्टमेनले उत्तर कोरियाका नेता किम जङ-अनसँग भने भेट्ने कार्यक्रम छैन । सेप्टेम्बरमा पहिलोपटक अनौपचारिक रुपमा गरिएको आमन्त्रण उत्तर कोरियाले पछिल्लो क्षेप्यास्त्र प्रक्षेपण गरेको एकदिनपछि अर्थात नोभेम्बर ३० तारिखमा मात्रै स्वीकार गरिएको थियो । फेल्टमेन सोमबार बेइजिङमा थि ए। उत्तर कोरिया चीनको प्रमुख आर्थिक तथा कुटनीतिक साझेदार हो । चीनले आफ्ना उच्च कूटनीतिक अधिकारीलाई गत महिना उत्तर कोरियाका अधिकारीहरुसँग वार्ता गर्न प्योङयाङ पठाएको थियो । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेशले उत्तर कोरिया संकटबारे मध्यस्थता गरिदिने प्रस्ताव राखेका थिए । तर अहिले तत्काल उनले प्योङयाङको भ्रमण गर्ने कुनै योजना नरहेको राष्ट्रसंघले जनाएको छ । बीबीसीयो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: