Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

अदुवाको मूल्य नपाउँदा किसान मर्कामा

\"\"तेह्रथुम । आठराई गाउँपालिका–७, थोक्लुङका रामप्रसाद तिम्सीनाले दुई वर्षदेखि अदुवाबाट मनग्य आम्दानी गर्दै आएका छन् । गत वर्ष उनले प्रतिकिलो रु ५० का दरले बीउ किनेर पाँच रोपनी जमिनमा अदुवा रोपे । तर सोचेजस्तो मूल्य नपाएपछि तिम्सीनाले उत्पादनको केही प्रतिशत मात्रै बिक्री गरे । बाँकी अदुवा पुनः बारीभरि रोप्नुभयो । यसपालि पनि अदुवाको उचित मूल्य नपाएपछि उनी चिन्तामा छन् ।

अघिल्लो वर्षको जस्तो मूल्य पाएको भए उहाँले यस वर्ष रु आठ लाखभन्दा बढी आम्दानी गर्थे । तर तिम्सीनालाई लगानी उठाउन धौ–धौ परेको छ । फेदाप गाउँपालिका–३, जलजलेका डोरनारायण ढुंगानाले यसपालि मूल्य पाउने आशामा ४० क्विन्टलभन्दा बढी अदुवा फलाउनुभयो । तर अदुवाको मूल्य घटेपछि उहाँले पनि सोचेजस्तो आम्दानी लिन सकेका छैनन् । उत्पादित अदुवाले उचित मूल्य नपाउँदा तिम्सिना र ढुंगाना जस्ता धेरै अदुवा किसान मर्कामा परेका छन् । अदुवाको बिक्रीमा व्यापक गिरावट आएपछि किसानको लगानी डुब्ने अवस्था सृजना भएको छ । रुखो, पाखो जमिनमै पनि थोरै मिहेनत गर्दा अदुवा फलाउन सकिन्छ । किसानले अदुवा थोरै रोपेर धेरै फलाउन सकिने, कम मिहेनत पर्ने, मकै, कोदोभन्दा कम मिहेनत गरेरै पर्याप्त आम्दानी गर्न सकिने उपजका रुपमा लिन्छन् । किसानले यीनै कारणले पनि निरन्तर अदुवा खेती गरिरहेका छन् । तर एक–दुई वर्षकै अन्तरमा अदुवाको बजारमा समस्या आउँदा उनीहरु चिन्तित छन् । यस वर्ष अदुवाको मूल्य प्रतिकिलो रु २० मात्रै रहेको छ । दुई वर्षअघि व्यापारीले किसानको बारीमै गएर प्रतिकिलो रु ७० मा लगाएको अदुवाको मूल्य पछिल्ला वर्षमा वृद्धि भएको छैन । अदुवाको मूल्य घटेपछि यस वर्ष लगानी नै गुम्ने खतरा भएको किसान बताउँछन् । “अदुवामा गरिएको लगानी यस वर्ष सबै डुब्ने भयो,” ढुंगानाले भने “दश क्विन्टल बीउ मकै र कोदो फल्ने बारीमा रोपेको थिएँ, यसपटक पनि डुबिएला जस्तो छ ।” यस वर्ष प्रतिकिलो रु २० का दरले २५ क्विन्टल अदुवा बेचेको आठराई गाउँपालिका–४, इवाका गोपाल मैनालीले बताए । “मूल्य झन् घट्ने हो कि भन्ने डर भयो, मैले त थोरै भए पनि त्यतिमै दिएँ,” उनले भने । गत वर्ष कतिपय किसानले अदुवाको भाउ पर्खिंदा–पर्खिंदै बारीमा कुहाएका थिए । गत वर्ष जिल्लाका बजारमा अदुवा प्रतिकिलो रु १२ देखि रु १८ सम्ममा मात्रै कारोबार भयो । एक वर्ष घट्ने र अर्को वर्ष बढ्ने आशा किसानमा थियो । तर अदुवाको मूल्य बढ्नुपर्ने समयमा बिक्री हुनै गाह्रो भएपछि जिल्लाभरका किसान मर्कामा परेका छन् । जिल्लामा अलैँची पछि सबैभन्दा धेरै उत्पादन हुने र आम्दानी हुने नगदे बाली अदुवा हो । कम मिहेनत गर्दैमा मनग्य आम्दानी लिन सकिने भन्दै खाद्यान्न बाली छाडेरै अदुवा खेती थालेका किसान बजार भाउ नपाउँदा खेतीबाटै निरुत्साहित बनेका छन् । यस वर्ष विगत वर्षभन्दा बढी अदुवा उत्पादन भए पनि मूल्य नपाएकाले आगामी वर्ष अदुवाको उत्पादन घट्ने निश्चित जस्तै देखिएको व्यापारी दुर्गानारायण भण्डारीले बताए । “मैले यस वर्ष करिब २५० टन अदुवा खरिद–बिक्री गरेँ”, उनले भने “मूल्य नपाउँदा धेरैले बीउ नै नराखी बेचेका छन् ।” जिल्लाका धेरै किसानले अदुवाको बजारीकरण गरिदिन अनुरोध गरेका वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले बताए । यहाँ उत्पादित अदुवाको प्रमुख बजार भारत हो । भारतीय बजारबाट यस वर्ष माग थोरै मात्रामा आएकाले पूर्वी पहाडमा उत्पादित अदुवाले बजार र मूल्य नपाएको घिमिरेले बताए । अदुवा बिक्रीका लागि भारतीय बजारमा भर पर्नुपर्ने अवस्था छ । यहाँ उत्पादित अदुवा भारतको सिलगुढी, नक्सालबारीलगायत बजार लगिन्छ । त्यहाँ पु¥याएर नेपाली अदुवालाई धुलाई गरिन्छ । धुलाई गरेपछिको राम्रो अदुवाको मूल्य मात्रै किसानले पाउने गरेका छन् । जिल्लाका धेरै किसानले अदुवा खेतीका लागि साहु, बैंक, सहकारी संस्था र गाउँघरका समूहबाट ऋण लिएका छन् । अघिल्लो वर्षको मूल्य देखेर अदुवा खेतीमा लागेका किसानले यसको बिक्रीबाट लिएको ऋण र त्यसको ब्याजसमेत बुझाउन सक्ने स्थिति देखिएको छैन । अदुवा खेतीमा आफूले खटेको परिश्रमको मूल्य नपाउने भएपछि निराश भएका छन् । उनीहरूको अदुवा खेतीप्रतिको लगाव घट्ने भएको छ । जिल्लामा यस वर्ष एक हजार ६७ हेक्टर क्षेत्रफलमा व्यावसायिक अदुवा खेती गरिएको कृषि विकास कार्यालयले जनाएको छ । गत वर्ष जिल्लामा उत्पादित अदुवा भारत, बंगलादेश हुँदै तेस्रो मुलुकतर्फ निकासी भएको थियो । यस वर्ष अदुवाले यी मुलुकमा बजार नपाएपछि तेह्रथुमसहित धनकुटा, संखुवासभा, इलाम, पाँचथरलगायतका जिल्लामा उत्पादन भएको अदुवा बारीमै उम्रिने भएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE