Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

न्यायपालिकामाथि सरकारले ‘कू’ गरेको आरोप

\"\"काठमाडौं । पोल्याण्डकी वरिष्ठ न्यायाधीशले देशको अनुदारवादी सरकारले न्यायपालिकाविरुद्ध ‘कू’ अर्थात् सत्तापलट गरिरहेको आरोप लगाउँदै लेखेको एउटा खुलापत्र प्रकाशित भएको छ। सरकारले विवादास्पद सुधारका कदमहरु पारित गरेपछि ती न्यायाधीशको खुलापत्र सार्वजनिक भएको हो। मागोजाटा जेर्स्डर्फले भनेकी छन्, सरकार ‘रसातलमा जान लागेको छ’ जहाँ सिङ्गो मुलुक डुब्न सक्छ।पोल्याण्डको न्यायिक सुधारलाई लिएर युरोपेली संघ इयु ले हालै अनुशासनसम्बन्धी अभुतपूर्व कदमहरु चालिसकेको छ। आफ्ना चासोहरुलाई सम्बोधन गर्न इयुले पोल्याण्डलाई तीन महिने समयसीमा दिएको छ।शुक्रवार प्रकाशित प्रधानन्यायाधीश जेर्स्डर्फको खुलापत्रमा भनिएको छ, ‘देशका महत्त्वपूर्णमध्येका एउटा संस्थाको संरचनामाथि कू भइरहेको छ । त्यो पनि सैन्य बल वा अर्धसैनिक फौजको प्रयोग गरेर नभई वैधानिक संस्थाहरुको गलत प्रयोग गरेर।’ ‘म सरकारलाई चेतावनी दिन्छुः संविधानको रुपमा लेखिएको सामाजिक सम्झौतालाई नतोड। तपाईँ लापरवाह ढंगले रसातलमा हिँडिरहनुभएको छ जसमा अन्ततः सिङ्गो देश डुब्न सक्छ। राष्ट्रपति एन्जे डूडाले सर्वोच्च अदालत र राष्ट्रिय न्याय परिषद्‍मा सुधारसम्बन्धी दुईवटा विधेयकमा हस्ताक्षर गरिसकेका छन्।एउटा विधेयक अनुसार राजनीतिज्ञहरुले न्याय परिषद्का सदस्य चुन्न पाउनेछन्, जसले न्यायाधीश नियुक्त गर्छन्। सत्तारुढ अनुदारवादी ल एण्ड जस्टिस पार्टी भन्छ, सुधारको उद्देश्य भ्रष्टाचार र पूर्व कम्युनिष्ट उच्च वर्गको प्रभाव नियन्त्रण गर्नु रहेको छ। तर आलोचकहरु भन्छन्, सत्तारुढ दलले सत्तामा टाँसिरहने प्रयास गरिरहेको छ। अर्को कानूनले न्यायाधीशहरुले अवकाश पाउने उमेर घटाएको छ जसका कारण सर्वोच्च अदालतका बहालवाला करिब ४० प्रतिशत न्यायाधीशहरु अवकाश पाउन बाध्य हुनेछन्। बिबिसीबाट
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending