Khabar Dabali २४ फाल्गुन २०८२ आईतवार | 8th March, 2026 Sun
Investment bank

अदुवाको परिकारबाट राम्रो आम्दानी

\"\"इलाम । लगानी अनुसारको मूल्य नपाएर अधिकांश किसानको अदुवा बारीमै कुइँदै गएको बेला अदुवा प्रशोधन गरेर यहाँकी एक महिलाले लाखौँ आम्दानी लिइरहेका छन् ।

इलाम नगरपालिका–७ की उषा निरौलाले अदुवाको विभिन्न परिकार बनाई त्यसको बिक्रीबाट लाखौँ आम्दानी गरेका हुन् । उनले अदुवा प्रशोधनबाटै आफ्नो परिवार मात्रै पालेका छैनन्, नगरपालिकाभित्रै जग्गा किनेर सामान्य घर जोड्नुका साथै छोरीलाई काठमाडौँ राखेर पढाउँदै छन् । विसं २०६८ बाट सामान्य तालीम लिएर अदुवा प्रशोधन थालेकी उषाले अदुवाबाट क्यान्डी, तितौरा, मिक्चर, सर्वत, सुठो र अचार बनाउने गर्छिन् । अदुवाबाट विभिन्न परिकार बनाएर जीवन चलाउँदै आएकी उनले प्रशोधन केन्द्रमै मात्रै मासिक पाँच क्विन्टल अदुवा खपत हुने गरेको बताउछन् । “अहिले प्रशोधन केन्द्रमा पाँच क्विन्टल अदुवा खपत हुन्छ, यो सबै अदुवा अग्र्यानिक मात्रै ल्याउने गरेकी छु” उषाले भनिन् । उनले वार्षिक रु ४५ लाख मूल्य बराबरका अदुवाको परिकार बिक्री गरी त्यसबाट करिब रु १८ लाख नाफा कमाउछिन् । “व्यवसायिक रूपले खेती गर्ने ठूला किसानले रासायनिक विषादीको प्रयोग गर्छन्” उनी भन्छिन् “त्यही भएर साना किसानबाट मात्रै अदुवा किन्छु ।” विभिन्न समस्याले गर्दा शुरुवाती समयमा अनावश्यक झण्झट खेप्नुभएकी उनले यसको व्यवसाय बढेसँगै आम्दानी मात्र नभई प्रशंसा पनि बटुल्ने गरेको सुनाउँछिन् । “जति बेला मैलै यो उद्यम शुरु गरेँ, त्यति बेला त छिमेकीबाट पनि सहयोग पाइन्, राम्रो बजारीकरण पनि नभएको बेला भएकाले अन्य मानिसलाई पनि यसका बारेमा बुझाउन समस्या प¥यो,” उषा भन्छन्–“अहिले पनि बजार मूल्य त राम्रो पाएको छैन तर बनाइसकेका परिकार खेर चाँहि फाल्नु पर्दैन ।” यस्ता वस्तुको माग स्वदेशमा भन्दा पनि विदेशमा बढी हुने गरेको अनुभव उनको छ । “यहाँ त अहिले पनि अदुवाको सर्वतभन्दा मानिसले बुझ्दैनन् तर बाह्य पर्यटकका लागि भने यही सर्वत राम्रो छ,” उषाले भनिन् । अदुवाबाट निर्मित परिकार इलाम बजार र फिक्कलबाटै नेपालका विभिन्न शहर तथा विदेशमा समेत निर्यात हुने गरेका छन् । यो व्यवसायमा उहाँले दुई जना महिलालाईसमेत रोजगारी दिएकी छिन् । “आफू मार्केटिङमा हिँडिरहनुपर्छ, त्यही भएर मान्छे राखेकी छु,” उहाँ भन्नुहुन्छ “उनीहरूलाई कम्पनीकै मूल्यअनुसारको तलब छ ।” अकबरे, अमलाबाट पनि परिकार बनाउने गरेकी उषाको मुख्य उद्यम भने अदुवाकै परिकार हो । नेपालमा भने यस्ता वस्तुबारेमा जानकारी नभएकाले बजारीकरणमा समस्या हुने गरेको उनी बताउँछन् । “यहाँका मान्छे बाहिरी अखाद्य पदार्थ भने खान्छन् तर हामीले अग्र्यानिक तवरले बनाएका परिकार भने खाँदैनन्” उनले भनिन् । विभिन्न संघ संस्थाबाट राम्रो सहयोग पाउनुभएकी उषालाई यो उद्यमका लागि उन्नति परियोजनाले पनि सहयोग गर्ने आश्वसन दिएको छ । “उन्नति परियोजनाले पनि मेसिन खरिदका लागि सहयोग गर्ने भन्ने कुरा चाँहि छ । यदी सहयोग ग¥यो भने अझै व्यवसाय बढाउने तरखरमा छु” उनी भन्छिन् । “हामीले खटेर यस्ता व्यवसाय गर्ने हो भने श्रमिकका रूपमा बाहिरी देश जानु पर्दैन र अदुवाजस्ता वस्तुको भाउ आएन भनेर चिन्ता पनि गर्नुपर्दैन” उनी बताउँछिन् । जिल्लामा वार्षिक ४५ हजार मेट्रिक टन अदुवा उत्पादन भइरहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । अदुवाको मूल्य वृद्धि नहुँदा कच्चा रूपमा नै भारत निकासी भइरहेको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE