उदयपुर । तेजपातको उचित मूल्य नपाउँदा यहाँका कृषक मारमा परेका छन् । जिल्लामा तेजपात प्रतिकिलो रु २५ देखि रु ४० सम्ममा बिक्री भइरहेको छ । उचित मूल्य नपाउँदा आफूहरु मारमा परेको उदयपुरगढी मुर्कुचीका हर्कध्वज मगरले बताए ।
“सबै वस्तुको प्रत्येक वर्ष मूल्य वृद्धि हुने गरेको छ, तेजपातको मूल्य पाँच वर्ष यता वृद्धि हुन सकेको छैन,” उनले भने । व्यापारीले लामो समयदेखि तेजपातको मूल्य वृद्धि गर्न नमान्दा कृषक मारमा परेका हुन् । रौता नामन्तका राजकुमार मगर भन्नुहुन्छ, “स्थानीय तहमा बजार छैन, बाहिर बिक्री गर्न ठेकेदार व्यापारीलाई दिनुपर्छ, उनीहरुले प्रतिकिलो रु ३० भन्दा बढी मूल्य दिन मान्दैनन् ।” गत वर्ष र यस वर्ष उही मूल्यमा तेजपात बिक्री गर्नुपरिरहेको उनको भनाइ छ । स्थानीय तहका जनप्रतिनिधि तथा उद्योग वाणिज्य संघले कृषकको समस्याबारे ध्यान नदिँदा मर्कामा परेको कटारी–७ हर्देनीका शेषराज खत्री बताउँछन् । जिल्लाको मुर्कची, साउने, खाँबु, रौता, आँपटार, इनामे, डुम्रे र सल्ले तावाश्री क्षेत्रमा तेजपात उत्पादन हुँदै आएको छ । मयंखु, हर्देनी, सिरीसे, सोरुङ, रुपाटार, ओख्ले क्षेत्रका किसानले व्यावसायिक रुपमा तेजपात उत्पादन गर्दै आएका छन् । जिल्लाको राष्ट्रिय वनमा समेत तेजपात खेती शुरु गरेको सहायक वन अधिकृत लालबाबु यादव बताउँछन् । अहिले निजी र सरकारी वनमा गरी झण्डै दश हजार हेक्टर क्षेत्रफलमा वार्षिक छ लाख किलो तेजपात उत्पादन हुँदै आएको छ । सदरमुकाम गाईघाट र कटारी बजारमा खरिद गरिएको तेजपात स्थानीय बजारमा प्रतिकिलो रु ७० देखि रु ८० तथा विराटनगर, वीरगञ्ज हुँदै अन्यत्र रु १०० भन्दा बढी मूल्यमा बिक्री हुने गरेको छ । राससयो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: