Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

दक्षिण कोरियाले गर्याे उत्तर कोरियालार्इ उच्चस्तरीय वार्ता प्रस्ताव

\"\"दक्षिण कोरियाले हिउँदे ओलिम्पिक् गेम्स्‌मा उत्तर कोरियाको सम्भावित सहभागिताबारे जनवरी ९ मा छलफल गर्न उच्चस्तरीय वार्ताको प्रस्ताव गरेको छ । उत्तर कोरियाका नेता किम जङ-अनले एउटा टोली हिउँदे ओलिम्पिक् गेम्स्‌मा सहभागी हुन फेब्रुअरीमा दक्षिण कोरियाको प्युङ्चाङ पठाउनेबारे विचार गर्दै गरेको बताएपछि यो प्रस्ताव आएको हो । किमले दुवै पक्षले तत्कालै भेटेर उत्तर कोरियाको सहभागिताबारे छलफल गर्नुपर्ने बताएका थिए । केही अगाडि दक्षिण कोरियाका राष्ट्रपतिले दुई देशबीचको तनावपूर्ण सम्बन्ध सुधार गर्न यो अवसर हुनसक्ने आफूलाई लागेको बताएका थिए । दक्षिण कोरियाका एकता मामिला हेर्ने मन्त्री जो म्युङ्‍-ग्युन‍ले मङ्गलवार दुई देशका प्रतिनिधिहरूले \'युद्धविराम गाउँ\' भनिएको पाम्मुन्जुममा भेट गर्न सक्ने प्रस्ताव अगाडि सारेका हुन् । उच्च सुरक्षा दिइएको तर असैनिक क्षेत्र (डीएम्जेड्) मा पर्ने उक्त सीमावर्ती गाउँमा दुवै देशले ऐतिहासिक रूपमै वार्ताहरू गर्दै आएका छन् । \"उत्तर र दक्षिण कोरिया आमुन्नेसामुन्ने बस्छन् र उत्तर कोरियाली प्रतिनिधि मण्डलको \'प्युङ्चाङ गेम्स्\'मा सहभागिता लगायत दुई देशको सम्बन्ध सुधार गर्न आपसी चासोका विषयहरूमा छलफल गर्छन् भन्ने हाम्रो आशा छ,\" चोले भने । जनवरी ९ का लागि प्रस्तावित वार्तामा को को सहभागी हुन्छन् भन्ने स्पष्ट भइसकेको छैन। उत्तर कोरियाको प्रतिक्रिया आउन पनि बाँकी नै छ । अघिल्लो उच्चस्तरीय वार्ता गेसङस्थित संयुक्त औद्योगिक क्षेत्रमा डिसेम्बर २०१५ मा भएको थियो । तर उक्त वार्ता कुनै सहमति विना सकिएको थियो । दुवै पक्षले वार्तामा छलफल गरिएको विषय सार्वजनिक गरेका थिएनन् । त्यसो नगर्न अन्तर्राष्ट्रिय दवाब भए पनि पछिल्ला दुई वर्षमा उत्तर कोरियाले आफ्नो पारमाणिक र परम्परागत अस्त्रको योजनालाई निकै सुदृढ बनाएको छ । \'अवसर\' मंगलवारको मन्त्रिपरिषद् बैठकमा राष्ट्रपति मून् जे-इनले उत्तरका नेता किम जङ्-अनको पछिल्लो भनाइ स्वागतयोग्य भएको बताए । उनका अनुसार शान्तिका लागि अगाडि बढ्न ओलिम्पिक् गेम्स् एउटा \"अभूतपूर्व अवसर\" भएको आफैँले पहिला पनि बताएका थिए । \"सम्बन्धित मन्त्रालयहरूले चाँडो अनुगमनका उपायहरू ल्याएर उत्तर र दक्षिण कोरियाबीच फेरि वार्ता ‍सुरु गर्नुपर्छ र उत्तरको हिँउदे ओलिम्पिक्‌मा सहभागिता सुनिश्चित गर्नुपर्छ,\" उनले भने । तर उनका अनुसार दक्षिण कोरियाले उत्तर कोरियाको विवादास्पद पारमाणिक र बलिस्टिक् अस्त्र विकास रोक्न लगाउन आफ्ना साझेदार देशहरूसँगको सहकार्यले भने निरन्तरता दिनेछ । सोमवारको एउटा भाषणमा उत्तर कोरियाका नेता किमले संयुक्त राज्य अमेरिकाविरुद्ध फेरि धम्की दिएका थिए । उनले पूरै अमेरिकामा आफ्नो देशले मार हान्न सक्ने र पारमाणिक अस्त्रको बटन सधैँ आफ्नो टेबलमै भएको बताएका थिए । नयाँ वर्षका उपलक्ष्यमा दिएको सन्देशमा शान्तिका लागि सङ्केत दिँदै उनले दुई देशबीचको जमेको सम्बन्ध भने पग्लनु पर्ने बताएका थिए । \"उत्तर कोरिया स्थापनाको ७०औँ वार्षिकोत्सव र दक्षिण कोरियाले हिउँदे ओलिम्पिक्स् आयोजना गर्न लागेकाले सन् २०१८ दुवै देशका लागि महत्त्वपूर्ण वर्ष हो ।\" \"यो अर्थपूर्ण वर्षलाई आकर्षक बनाउँदै दुवै देशको इतिहासमा विशेष रूपमा स्थापित गर्न हामीले उत्तर र दक्षिणबीच जमेको सम्बन्ध पगाल्नु पर्छ,\" उनले भने । केही अगाडि \'प्युङ्चाङ गेम्स्\' आयोजना समितिका अध्यक्ष ली ही-बुमले आफू उत्तर कोरियाको सम्भावित सहभागिताबारे सुनेर उत्साहित भएको दक्षिण कोरियाको समाचार संस्था योन्हापलाई बताएका थिए । उनले यो \"नयाँ वर्षको उपहारजस्तै\" भएको बताएका थिए । उत्तर कोरियाको समाचार संस्था केसीएनएले देश हिँउदे ओलिम्पिक्स्‌मा \'नयाँ विजय प्राप्त गर्न दृढ सङ्कल्पले भरिएको\' मङ्गलवार जनाएको छ । उत्तर कोरियाबाट छनोटमा जम्मा दुई स्केटिङ खेलाडी परेका छन् । सहभागिता निश्चित गर्ने औपचारिक समयसीमा उत्तर कोरियाले छुटाइसकेको भएपनि ती दुई खेलाडीले भने अन्तर्राष्ट्रिय ओलिम्पिक् समितिको निम्तोमा भाग लिन पाउनेछन् । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies