इरानमा भइरहेको विरोध प्रदर्शन सम्बन्धमा आपत्कालीन बैठक डाक्न संयुक्त राज्य अमेरिकाले संयुक्त राष्ट्र संघलाई आग्रह गर्ने राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले बताएकी छन् । इरानका विरोध प्रर्दशनकारीको प्रशंसा गर्दै राजदूत हेलीले उनीहरुमाथि तेहरानको व्यवहारको भर्त्सना गरिन् ।
राजदूत हेलीले इरानमा शान्ति सुरक्षा र स्वतन्त्रताको परिक्षण भइरहेको बताइन् । त्यहाँ लामो समयदेखि दबाइएका मानिसहरु उनीहरुका तानाशाह विरुद्ध उठेको वास्तविक दृष्य भन्दै राजदूत हेलीले राष्ट्र संघीय बडापत्रमा स्थापित स्वतन्त्रतामाथि इरानमा आक्रमण भइरहेको बताइन् । सरकार विरोधी प्रदर्शन बारे छलफल गर्न अमेरिकाले राष्ट्र संघीय सुरक्षा परिषदलाई आग्रह गर्ने राजदूत हेलीले बताइन्। उनले इरानको परिस्थितिबारे राष्ट्र संघीय मानव अधिकार परिषद जेनेभामा पनि कुरा उठाइने बताइन्। उनले भनिन्, \"सरकार विरुद्ध आवाज उठाउन ठूलो बहादुरी चाहिन्छ खासगरी विरोध गर्ने आफ्ना नागरिकको हत्या गर्ने लामो इतिहास बोकेको सरकार विरुद्ध त झन् चाहिन्छ। हामी इरानी जनताको साहसको प्रशंसा गर्छौं।\" परिषदले शान्ति र सुरक्षामाथि अन्तर्राष्ट्रिय खतरामाथि छलफल गर्ने गर्छ तर अमेरिकाले चाहे जस्तो विषयमा परिषद सदस्यहरुबाट आवश्यक समर्थन प्राप्त होला कि नहोला भन्ने स्पष्ट छैन। प्रदर्शन विदेशी तत्वको इशारामा भएको भन्ने तेहरानको दावीलाई अस्वीकार गर्दै हेलीले त्यसलाई हास्यास्पद भनिन् र विरोध स्वस्फूर्त रुपमा भइरहेको बताइन्। इरानमा सरकार विरोधी प्रदर्शन छैठौं दिन पुगेको छ। बीबीसीयो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: