अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जङ-अनको भन्दा आफ्नो पारमाणिक अस्त्रको बटन \"धेरै ठूलो\" र \"झन् बढी शक्तिशाली\" रहेको बताएका छन् । दुई पारमाणविक शक्तिसम्पन्न राष्ट्रका नेताबीच बढ्दो व्यक्तिगत आरोप-प्रत्यारोपको सिलसिलामा ट्रम्पको पछिल्लो ट्वीट आएको छ ।
किमले यो हप्ताको सुरुमा पारमाणविक अस्त्रको बटन सधैँ आफ्नो टेबलमा रहेको धम्की दिएका थिए । ट्रम्पको ट्वीटले जुनसुकै अमेरिकी राष्ट्रपतिको पारमाणविक अस्त्रमा सोझो पहुँच रहेको देखाएको छ । अमेरिकासँग विश्वको सबभन्दा ठूलो पारमाणविक अस्त्रभण्डार छ । उत्तर कोरियाले अमेरिकामाथि आक्रमण गर्न सक्ने क्षमताको पारमाणविक हतियार आफूसँग रहेको दाबी गर्छ । विश्लेषकहरू प्योङयाङसँग पारमाणविक अस्त्र भएकोमा सहमत छन् । तर ऊसँग रिस उठेका बेला प्रयोग गर्न सक्नेगरी त्यस्तो प्रविधि रहेको भन्ने स्पष्ट छैन । राष्ट्रपति ट्रम्पको उन्मुक्त रूपमा ट्वीट लेख्ने बानीले पर्यवेक्षकलाई विगतमा अन्योलमा पारे जस्तै उनको यो पछिल्लो सन्देशले पनि कूटनीति र राष्ट्रपतिको भनाइका बीचको भेद पुन: परिभाषित गर्ने ठानिएको छ । कैयौंले अनलाइनमा विश्वनेताहरूले सस्तो रूपमा पारमाणविक अस्त्रको धम्की दिएकोप्रति सचेत गराएका छन् । तर उनका समर्थकहरूले उनको बचाउ गर्दै ट्रम्पका टिप्पणीहरू तथ्यगत रहेको र त्यसले अमेरिकी शक्ति र समाधान देखाउने बताएका छन् । बीबीसीयो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: