धनकुटा । जिल्लामा यसवर्ष अहिलेसम्म रु २९ करोड ४३ लाख ६८ हजार बराबरको दूध उत्पादन भएको छ । किसानको उन्नत जातका गाईपालनमा आकर्षण बढेसँगै दूध उत्पादनमा वृद्धि भएको हो । गतवर्ष १२ हजार मेट्रिक टन दूध उत्पादन भएकामा यसवर्ष १३ हजार ८३ मेट्रिक टन उत्पादन भएको जिल्ला पशुसेवा कार्यालयको तथ्यांक उल्लेख छ ।
जिल्लाका विभिन्न क्षेत्रबाट दैनिक रु १६ लाख ६५ हजार बराबरको ३७ मेट्रिक टनभन्दा बढी दूध उत्पादन हुने गरेको छ । खेतीयोग्य जमिन बाँझिन थालेपछि अम्रिसो, नेवारो, टाँकी, पट्मेरो, दुधिलोलगायत उन्नत जातका घाँस रोपेर व्यावसायिकरुपमा उन्नत जातका गाई र भैँसी पालेका कारण दूधबाट पर्याप्त आम्दानी हुन थालेको महालक्ष्मी नगरपालिका–४ का चेतन कार्कीले बताए ।
उहाँले दूध बिक्री गरेर वार्षिक रु तीन लाखभन्दा बढी आम्दानी गर्दैआउनुभएको छ । जिल्लाका किसानले गतवर्ष प्रतिलिटर रु ४० मा बिक्री गरेको दूधको मूल्य यस वर्ष प्रतिलिटर रु पाँचले वृद्धि गरेका छन् । कूल उत्पादनको ४० प्रतिशत दूध जिल्लामा खपत हुन्छ । बाँकी दूध अन्य जिल्लामा बिक्रीका लागि पठाउने गरिएको छ । जिल्लामा २३ वटा व्यावसायिक गाईपालन केन्द्र र घरघरमा पालेका गाईभैँसीबाट मासिक एक लाख लिटरभन्दा बढी दूध उत्पादन हुने गरको छ । जिल्लाका धनकुटा, पाख्रिबास र महालक्ष्मी नगरपालिका र छथरजोरपाटी गाउँपालिका दुग्ध उत्पादन पकेट क्षेत्रका रुपमा रहेका छन् । यता जिल्लाका चिस्यान केन्द्रमा छिमेकी जिल्ला तेह्रथुमका केही गाउँपालिकाबाट समेत दूध संकलन हुने गरेको छ । जिल्लाका चिस्यान केन्द्रमा संकलन भएको दूध सुनसरीको कामधेनु दुग्ध संकलन संस्था तरहरा र दुग्ध विकास संस्थान विराटनगर पठाइने गरेको चिस्यान केन्द्रले जनाएको छ । राससयो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: