Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

धाउनु पर्दैन प्रदेश मुकाम

\"\"काठमाडौँ । सरकारले सातै प्रदेशका अस्थायी मुकाम तोकेपछि त्यसको समर्थन र विरोधमा विभिन्न ठाउँमा प्रदर्शन भएका छन् । खासगरी प्रदेश १, २, ५ र ७ का अस्थायी मुकाम अपायक ठाउँमा परेको भन्दै ती प्रदेशका जिल्लामा असन्तुष्टि बढेको छ । अाजकाे कान्तिपुर दैनिकमा खबर छ । धनकुटामा स्थानीय प्रशासनले निषेधाज्ञा नै जारी गर्नुपरेको छ । विज्ञहरू भने संविधानले सर्वसाधारणसँग सरोकार राख्ने अधिकांश सेवासुविधा स्थानीय तहबाटै उपलब्ध गराउने निश्चित गरेकाले प्रदेश मुकाम नजिकै माग्दै आन्दोलन गर्नु आवश्यक नरहेको बताउँछन् । प्रदेशको स्थायी केन्द्रको निक्र्योल प्रदेशसभाको दुईतिहाइबाट हुने संवैधानिक व्यवस्था छ । सरकारले अहिले तोकेको अस्थायी मुकाम उक्त निर्णय नभएसम्म प्रदेशको सेवा सञ्चालनका लागि मात्र हो । मन्त्रिपरिषद्को बुधबारको बैठकले प्रदेश १ देखि ७ सम्मको अस्थायी मुकाम क्रमश: विराटनगर, जनकपुर, मकवानपुर, पोखरा, रुपन्देही, सुर्खेत र धनगढी तोकेलगत्तै विभिन्न ठाउँमा चर्किएका आन्दोलनका पछाडि प्रदेश र त्यसका अधिकारबारे सर्वसाधारणमा रहेको अन्योल नै मुख्य कारण देखिन्छ । शिक्षा, स्वास्थ्य, आपूर्तिलगायत सर्वसाधारणका दैनिकीसँग जोडिएका सबैजसो काम स्थानीय तहबाटै हुन्छ । ‘संविधान र स्थानीय सरकार सञ्चालन ऐनअनुसार प्रदेश कार्यालयमा सामान्य नागरिकको भीड हुनुपर्ने खासै काम हुँदैनन्,’ विज्ञ भन्छन्, ‘राज्यबाट पाइने सेवासुविधाका हिसाबले प्रदेश मुकाम सम्बन्धमा यति धेरै चासो देखाउनुपर्ने कारण छैन ।’ भूगोलविद प्रा. भीम सुवेदी भन्छन्, ‘राजधानी वा केन्द्र भन्नेबित्तिकै आमनागरिकका आँखामा काठमाडौं नै आउँछ । त्यो नहुँदा ठूलै सम्भावना गुम्ने हो कि भन्ने चिन्ता र चासोले गर्दा अहिलेअसन्तुष्टि देखिएको हो । प्रदेशको अधिकार त उसले गर्ने समन्वयकारी भूमिका कत्तिको प्रभावशाली हुन्छ भन्नेमै निर्भर छ ।’ साझाबाहेक प्रदेशसँग एकल अधिकारहरू निकै सीमित रहेकाले उसको भूमिका समन्वयकर्ताको जस्तो ज्यादा हुने उनी बताउँछन् । ‘आफ्नै ठाउँमा मुकाम भयो भने आर्थिक चहलपहल र जग्गाजमिनको भाउ बढ्ने ठानेर पनि विरोधका स्वर चर्किएका छन्,’ एक उच्च अधिकारीले भने, ‘प्रदेश सरकारको कार्यालय, प्रदेशसभा सचिवालय र प्रदेशस्तरका सरकारी कार्यालय रहने हुँदा प्रदेश केन्द्रमा चहलपहल बढ्नु स्वाभाविक हो । तर, त्यो चहलपहलसँग सर्वसाधारणले पाउने सेवासुविधाको त्यति धेरै सम्बन्ध छैन ।’ बरु स्थानीय तहलाई दिइएका अधिकार कार्यान्वयन भएका छन् कि छैनन् भन्नेमा नागरिकले चासो राख्नुपर्नेउनले बताए ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: