Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

पीडै पीडामा भूकम्पपीडित

गोरखाबजार, बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको ७.९ रिक्टर म्याग्निच्युड स्केल क्षमताको भूकम्पले यहाँका ६० गाविस र दुई नगरपालिकामा ठूलो जनधनको क्षति भएको छ । अहिलेसम्म ७१० को मृत्यु भइसकेको छ । एक हजार १०० गम्भीर प्रकृतिका घाइते अस्पतालमा उपचार गराइरहेका छन् । अझै ३० भन्दा बढी मानिस सम्पर्कमा छैनन् । उनीहरुको खोजी भइरहेको छ । अहिलेसम्मको जानकारीलाई हेर्दा ‘गोरखा भूकम्प’को केन्द्रबिन्दु रहेको बारपाक गाउँका ६६ को मृत्यु भयो । त्यहाँका १२० गम्भीर प्रकृतिका घाइतेको पोखरास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो । बारपाकमा रहेका एक हजार २७२ मध्ये एक हजार ६९ घरधुरी ध्वस्त भएका छन् । भूकम्पमा परी बढी वृद्धवृद्धा र बालबालिकाले ज्यान गुमाएका छन् । एक हजार ३६२ घरधुरी रहेको सौरपानी गाविसमा भूकम्पमा परी ४१ ले ज्यान गुमाए, ६० भन्दा बढी घाइते छन् र तिनको उपचार भइरहेको छ । त्यस्तै ५३५ घरधुरी रहेको गुम्दा गाविसमा ३९ ले ज्यान गुमाएका थिए । त्यहाँका ३० घाइतेलाई उपचारका लागि हेलिकोप्टरले सदरमुकामको अस्पतालमा ल्याएको छ । आठ सय ४१ घरधुरी रहेको सिम्जुङ गाविसका ३५ को ज्यान भूकम्पले लग्यो । त्यहाँका ६० घाइतेलाई हेलिकोप्टरले उद्धार गरी उपचारार्थ जिल्ला अस्पताल ल्याएको छ । त्यस्तै थुमीमा २६, लाप्राकमा २०, लापुमा २०, मान्बुमा २०, हंसपुर र खरिबोट गाविसमा ३२, मुच्चोकमा २४, स्वाँरामा १८, छोप्राकमा छ, बक्राङमा पाँच जनाको मृत्यु भएको छ । हजारौँ घाइते छन् । अधिकांश बालबालिका र वृद्धवृद्धा भूकम्पबाट प्रभावित भएको पाइएको छ । सुत्केरी व्यथाले छट्पटाइरहेकी सौरपानी–९ सिम्बुकी १८ वर्षीया सुनमाया गुरुङ भूकम्पले भत्काएको घरभित्रै पुरिनुएकी थिइन् । मध्याह्न १२ बजे घरभित्र पुरिएकी गुरुङलाई परिवारका सदस्यले अपराह्न २ बजे सकुशल उद्धार गरेका थिए । उनको दुवै गोडामा गम्भीर प्रकृतिको चोट लागेको छ । भूकम्पले घर ध्वस्त बनाएपछि एक घन्टा टाढाको ओडारमा बसेकी उनले बेलुकी ९ बजे छोरी जन्माइन् । भूकम्प गएको तेस्रो दिन उनलाई हेलिकोप्टरले उद्धार गरी सदरमुकाम ल्याएको थियो । उनको गोरखा जिल्ला अस्पतालमा उपचार गरियो तर छोरीलाई कमलपित्त रोग ग्रस्त बनायो । अर्थ अभावले गर्दा छोरीको उपचार गर्न नसकेर घर फर्किन लागेकी उनलाई पर्यटन व्यवसायी राजेन्द्र बजगाईँले रु २० हजार सहयोग गरे । अहिले चितवनस्थित अस्पतालमा उनकी छोरीको उपचार भइरहेको छ । सिम्जुङ गाविसकी २३ वर्षीया ज्ञानु गुरुङलाई ६ महिनाको छोरा बचाउन धौ धौ प¥यो । भूकम्प आइरहेको बेला उनी घरभित्र पसेर सुतिरहेको छोरालाई बाहिर ल्याउन लाग्दा घर भत्किएर उछिट्टिएको ढुङ्गाले शरीरभरि चोट लागेको छ । उनलाई हेलिकोप्टरमार्फत उद्धार गरी अहिले जिल्ला अस्पतालमा उपचार गरिएको छ । गोरखा नगरपालिका–२ मसारकी ६५ वर्षीया मनमाया रोका अपाङ्गता भएकी ३० वर्षीया छोरी तिलककुमारीलाई डोकामा बोकेर त्रिपाल माग्दै जिविसमा तीन दिनदेखि धाएकी छिन् । घर भत्केर ध्वस्त भएपछि त्यस परिवारले राहतका नाउँमा अहिलेसम्म केही हात पारेका छैनन् । पानी मात्रै पिएर बाँच्नुपरेको मनमायाले गुनासो गरिन् । नगरपालिका क्षेत्रमा राहत सामग्री पु¥याउन नसकेको जिल्ला दैवीप्रकोप उद्धार समितिले दुर्गमका गाविसमा पनि पहिलो चरणको राहत सामग्री पु¥याएको जिकिर गरेको छ । उत्तरी गोरखाको गुम्दा गाविसस्थित यामगाउँका धनसिङ गुरुङ गोठालो गएको अवस्थामा माथिबाट खसेको पहिराको ढिस्कोमा पार्नुभयो । पहिराले खोलाको तीरमा पु¥याएको उनको शरीरका विभिन्न भागमा गहिरो घाउ छ । भूकम्प गएको पाँचौँ दिन उहाँलाई उद्धार गरियो । सिम्जुङ–८ पोखराटारमा सुन्दर मगर समुदायको नमुना गाउँ थियो । भूकम्पले त्यो गाउँ सखाप बनायो, १३ जनाले ज्यान गुमाए । नौ घाइते छन् । तीमध्ये पाँच वर्षीया बिपिसा राना मगरको पनि ज्यान गयो । आफ्नै आँखाअघि आँगनमा खेलिरहेकी बहिनीको मृत्यु भएको देखेपछि १४ वर्षीया बिनिताको आँखामा आँसु थामिएको छैन । अनुहारमा पानी छम्केर परिवारका सदस्यले होसमा ल्याउँछन् । उहाँ मात्रै होइन, गाउँघरका बालबालिका हावाहुरी आएपछि सडकमा गाडी गुड्दाको थर्कनले पनि भूकम्प आएको मानेर अत्तालिन्छन् । बालबालिकाको दिमागमा नराम्रो असर परेको छ । अहिलेसम्म विभिन्न गाविसमा अहिले छ हजार ८९० गर्भवती भूकम्पबाट प्रभावित रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रवक्ता नवराज खड्काले जानकारी दिनुभयो । भूकम्पले जिल्लाका ६५ हजार ९३७ घरधुरीमध्ये ५८ हजार ध्वस्त बनाएको छ । पैँतालिस हजार ६०८ भौतिक संरचना पूर्ण रुपमा, दुई हजार ७६७ संरचना आंशिक रुपमा र १८५ भौतिक संरचनामा सामान्य क्षति पुगेको जिल्ला दैवीप्रकोप उद्धार समितिका संयोजक गोरखाका प्रजिअ उद्धवप्रसाद तिमल्सिनाले बताए । गोरखाभित्र अझै ४५ हजार त्रिपाल आवश्यक छ । अहिलेसम्म तीन हजार १७९ त्रिपाल भूकम्पपीडितलाई वितरण गरिएको छ । पन्ध्र हजार ८५१ थान त्रिपाल प्राप्त भए पनि वितरणमा ढिलाइ भएको पाइएको छ । जिल्लाभर रहेका भूकम्पपीडितलाई पहिलो चरणमा राहत सामग्री वितरण गरिसकिएको जिल्ला दैवीप्रकोप उद्धार समितिले जनाएको छ । त्रिपाल, चाउचाउ, चिउरा, चिनी, पानीलगायत राहत सामग्रीका रुपमा वितरण गरिएको हो । सरकारी तथा निजी स्तरबाट राहत सामग्री भूकम्प पीडितकहाँ पु¥याइएको छ । जिल्लाभर संयुक्त उद्धार टोली पुगिसकेको अवस्था छ । उत्तरी भेगमा अझै घाइते रहेको आँकलन गरी आज बिहानैदेखि हेलिकोप्टर उडान सुरु गरिने भएको छ । राहत सामग्री वितरणमा दुरुपयोग भए÷नभएकोबारे यथार्थ बुझ्न अनुगमन समिति गठन गरी प्रत्येक गाउँ ठाउँमा पठाउने तयारी गरिएको छ । पालुङटारस्थित हवाई मैदान, मझुवा देउरालीस्थित गोरखकाली रबर उद्योगको मैदान र नेपाली सेनाको भैरवी दल गणबाट जिल्लाको उत्तरी भेगमा राहत, खाद्यान्न सामग्री ढुवानी गरिएको छ । साथै उत्तरी भेगमा रहेका भूकम्पपीडित घाइतेको उद्धार गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending