Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

पीडै पीडामा भूकम्पपीडित

गोरखाबजार, बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको ७.९ रिक्टर म्याग्निच्युड स्केल क्षमताको भूकम्पले यहाँका ६० गाविस र दुई नगरपालिकामा ठूलो जनधनको क्षति भएको छ । अहिलेसम्म ७१० को मृत्यु भइसकेको छ । एक हजार १०० गम्भीर प्रकृतिका घाइते अस्पतालमा उपचार गराइरहेका छन् । अझै ३० भन्दा बढी मानिस सम्पर्कमा छैनन् । उनीहरुको खोजी भइरहेको छ । अहिलेसम्मको जानकारीलाई हेर्दा ‘गोरखा भूकम्प’को केन्द्रबिन्दु रहेको बारपाक गाउँका ६६ को मृत्यु भयो । त्यहाँका १२० गम्भीर प्रकृतिका घाइतेको पोखरास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो । बारपाकमा रहेका एक हजार २७२ मध्ये एक हजार ६९ घरधुरी ध्वस्त भएका छन् । भूकम्पमा परी बढी वृद्धवृद्धा र बालबालिकाले ज्यान गुमाएका छन् । एक हजार ३६२ घरधुरी रहेको सौरपानी गाविसमा भूकम्पमा परी ४१ ले ज्यान गुमाए, ६० भन्दा बढी घाइते छन् र तिनको उपचार भइरहेको छ । त्यस्तै ५३५ घरधुरी रहेको गुम्दा गाविसमा ३९ ले ज्यान गुमाएका थिए । त्यहाँका ३० घाइतेलाई उपचारका लागि हेलिकोप्टरले सदरमुकामको अस्पतालमा ल्याएको छ । आठ सय ४१ घरधुरी रहेको सिम्जुङ गाविसका ३५ को ज्यान भूकम्पले लग्यो । त्यहाँका ६० घाइतेलाई हेलिकोप्टरले उद्धार गरी उपचारार्थ जिल्ला अस्पताल ल्याएको छ । त्यस्तै थुमीमा २६, लाप्राकमा २०, लापुमा २०, मान्बुमा २०, हंसपुर र खरिबोट गाविसमा ३२, मुच्चोकमा २४, स्वाँरामा १८, छोप्राकमा छ, बक्राङमा पाँच जनाको मृत्यु भएको छ । हजारौँ घाइते छन् । अधिकांश बालबालिका र वृद्धवृद्धा भूकम्पबाट प्रभावित भएको पाइएको छ । सुत्केरी व्यथाले छट्पटाइरहेकी सौरपानी–९ सिम्बुकी १८ वर्षीया सुनमाया गुरुङ भूकम्पले भत्काएको घरभित्रै पुरिनुएकी थिइन् । मध्याह्न १२ बजे घरभित्र पुरिएकी गुरुङलाई परिवारका सदस्यले अपराह्न २ बजे सकुशल उद्धार गरेका थिए । उनको दुवै गोडामा गम्भीर प्रकृतिको चोट लागेको छ । भूकम्पले घर ध्वस्त बनाएपछि एक घन्टा टाढाको ओडारमा बसेकी उनले बेलुकी ९ बजे छोरी जन्माइन् । भूकम्प गएको तेस्रो दिन उनलाई हेलिकोप्टरले उद्धार गरी सदरमुकाम ल्याएको थियो । उनको गोरखा जिल्ला अस्पतालमा उपचार गरियो तर छोरीलाई कमलपित्त रोग ग्रस्त बनायो । अर्थ अभावले गर्दा छोरीको उपचार गर्न नसकेर घर फर्किन लागेकी उनलाई पर्यटन व्यवसायी राजेन्द्र बजगाईँले रु २० हजार सहयोग गरे । अहिले चितवनस्थित अस्पतालमा उनकी छोरीको उपचार भइरहेको छ । सिम्जुङ गाविसकी २३ वर्षीया ज्ञानु गुरुङलाई ६ महिनाको छोरा बचाउन धौ धौ प¥यो । भूकम्प आइरहेको बेला उनी घरभित्र पसेर सुतिरहेको छोरालाई बाहिर ल्याउन लाग्दा घर भत्किएर उछिट्टिएको ढुङ्गाले शरीरभरि चोट लागेको छ । उनलाई हेलिकोप्टरमार्फत उद्धार गरी अहिले जिल्ला अस्पतालमा उपचार गरिएको छ । गोरखा नगरपालिका–२ मसारकी ६५ वर्षीया मनमाया रोका अपाङ्गता भएकी ३० वर्षीया छोरी तिलककुमारीलाई डोकामा बोकेर त्रिपाल माग्दै जिविसमा तीन दिनदेखि धाएकी छिन् । घर भत्केर ध्वस्त भएपछि त्यस परिवारले राहतका नाउँमा अहिलेसम्म केही हात पारेका छैनन् । पानी मात्रै पिएर बाँच्नुपरेको मनमायाले गुनासो गरिन् । नगरपालिका क्षेत्रमा राहत सामग्री पु¥याउन नसकेको जिल्ला दैवीप्रकोप उद्धार समितिले दुर्गमका गाविसमा पनि पहिलो चरणको राहत सामग्री पु¥याएको जिकिर गरेको छ । उत्तरी गोरखाको गुम्दा गाविसस्थित यामगाउँका धनसिङ गुरुङ गोठालो गएको अवस्थामा माथिबाट खसेको पहिराको ढिस्कोमा पार्नुभयो । पहिराले खोलाको तीरमा पु¥याएको उनको शरीरका विभिन्न भागमा गहिरो घाउ छ । भूकम्प गएको पाँचौँ दिन उहाँलाई उद्धार गरियो । सिम्जुङ–८ पोखराटारमा सुन्दर मगर समुदायको नमुना गाउँ थियो । भूकम्पले त्यो गाउँ सखाप बनायो, १३ जनाले ज्यान गुमाए । नौ घाइते छन् । तीमध्ये पाँच वर्षीया बिपिसा राना मगरको पनि ज्यान गयो । आफ्नै आँखाअघि आँगनमा खेलिरहेकी बहिनीको मृत्यु भएको देखेपछि १४ वर्षीया बिनिताको आँखामा आँसु थामिएको छैन । अनुहारमा पानी छम्केर परिवारका सदस्यले होसमा ल्याउँछन् । उहाँ मात्रै होइन, गाउँघरका बालबालिका हावाहुरी आएपछि सडकमा गाडी गुड्दाको थर्कनले पनि भूकम्प आएको मानेर अत्तालिन्छन् । बालबालिकाको दिमागमा नराम्रो असर परेको छ । अहिलेसम्म विभिन्न गाविसमा अहिले छ हजार ८९० गर्भवती भूकम्पबाट प्रभावित रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रवक्ता नवराज खड्काले जानकारी दिनुभयो । भूकम्पले जिल्लाका ६५ हजार ९३७ घरधुरीमध्ये ५८ हजार ध्वस्त बनाएको छ । पैँतालिस हजार ६०८ भौतिक संरचना पूर्ण रुपमा, दुई हजार ७६७ संरचना आंशिक रुपमा र १८५ भौतिक संरचनामा सामान्य क्षति पुगेको जिल्ला दैवीप्रकोप उद्धार समितिका संयोजक गोरखाका प्रजिअ उद्धवप्रसाद तिमल्सिनाले बताए । गोरखाभित्र अझै ४५ हजार त्रिपाल आवश्यक छ । अहिलेसम्म तीन हजार १७९ त्रिपाल भूकम्पपीडितलाई वितरण गरिएको छ । पन्ध्र हजार ८५१ थान त्रिपाल प्राप्त भए पनि वितरणमा ढिलाइ भएको पाइएको छ । जिल्लाभर रहेका भूकम्पपीडितलाई पहिलो चरणमा राहत सामग्री वितरण गरिसकिएको जिल्ला दैवीप्रकोप उद्धार समितिले जनाएको छ । त्रिपाल, चाउचाउ, चिउरा, चिनी, पानीलगायत राहत सामग्रीका रुपमा वितरण गरिएको हो । सरकारी तथा निजी स्तरबाट राहत सामग्री भूकम्प पीडितकहाँ पु¥याइएको छ । जिल्लाभर संयुक्त उद्धार टोली पुगिसकेको अवस्था छ । उत्तरी भेगमा अझै घाइते रहेको आँकलन गरी आज बिहानैदेखि हेलिकोप्टर उडान सुरु गरिने भएको छ । राहत सामग्री वितरणमा दुरुपयोग भए÷नभएकोबारे यथार्थ बुझ्न अनुगमन समिति गठन गरी प्रत्येक गाउँ ठाउँमा पठाउने तयारी गरिएको छ । पालुङटारस्थित हवाई मैदान, मझुवा देउरालीस्थित गोरखकाली रबर उद्योगको मैदान र नेपाली सेनाको भैरवी दल गणबाट जिल्लाको उत्तरी भेगमा राहत, खाद्यान्न सामग्री ढुवानी गरिएको छ । साथै उत्तरी भेगमा रहेका भूकम्पपीडित घाइतेको उद्धार गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy