Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

पाँच दिनसम्म जीवन र मृत्युसित सङ्घर्ष गरेका खड्काको बयान

काठमाडौँ, पाँच दिनसम्म जीवन मृत्युसित सङ्घर्ष गरेपछि बाँचिएला भन्ने काठमाडौँ बूढानीलकण्ठका धीरबहादुर खड्कालाई विश्वासै थिएन । तर काल नआएपछि जस्तोसुकै सङ्कटमा पनि बाँचिदोरहेछ । कार्यालयमा काम गरेर बसेका बेला पहराबाट ढुङ्गा खस्ला र भाग्नुपर्ला भन्ने कार्यालय सहयोगी खड्काले कहिल्यै सोचेका थिएनन् तर वैशाख १२ गते शनिबार मध्याह्न यस्तै भयो । सिन्धुपाल्चोकस्थित तातोपानी भन्सार कार्यालयमा कार्यालय सहयोगी पदमा कार्यरत खड्का भूकम्प आउँदा कार्यालयको मूल ढोकामा कार्यालय कुरिरहेका थिए । एकाएक कोदारीको पहराबाट ढुङ्गा खस्न थालेपछि उनी मात्र होइन, कार्यालयमा कार्यरत २० कर्मचारी र अन्य ४०० हाराहारीका मानिस पनि भागेर आई दुई भ्यानका पछाडि बीचमा ज्यान जोगाएर बसे । त्यहाँ बसेर पहिलो दिनको भूकम्पपछि ४०० को समूह शनिबार राति सुरक्षित हुने आसमा कोदारी डाँडामा रहेको गुम्बामा गई बसेका थिए । गुम्बा पनि भत्कन थालेपछि त्यहाँ आश्रय लिएर बसेका करिब ५०० मानिस जीवन बचाउन सकिने आशामा तातोपानी बजारमुनि रहेको सुक्खा बन्दरगाहमा झरेका थिए । ‘आइतबार दिउँसो कोदारी डाँडाबाट झरेर तातोपानी धारा नजिक आइपुगेपछि फेरि भूकम्प जान थाल्यो, अनि हामी कान्लामुनि टाउकालाई हातले छोपेर भित्तामा टाँसियौँ, यस बेला दुई जना महिला हाम्रै अगाडि ढुङ्गाले किचेर मरेको दर्दनाक दृश्य हामीले देख्नुप¥यो’–बुधबार चिनियाँ हेलिकप्टरबाट उद्धार भई चौतारा हुँदै काठमाडौँ आइपुगेका खड्काले घरनजिक बूढानीलकण्ठ मन्दिरमा कुरा गर्दै भने । कार्यालय प्रमुख दिव्यराज पोखरेल काठमाडौँमा भएकाले शाखा अधिकृत रमेश खड्काले कार्यालयको संयोजन गरेका थिए  वैशाख १३ गते आइतबार बिहान खड्काले कार्यालय प्रमुख पोखरेललाई फोन गरी तातोपानीको अवस्थाबारे जानकारी गराए । ‘पोखरेलले सुक्खा बन्दरगाहमा गई बस्नू, काठमाडौँबाट उद्धार गर्न हेलिकोप्टर पठाउँछु भनेपछि हामी बन्दरगाहमा गई बस्यौँ, तर बन्दरगाहमा मौसमका कारण हेलिकोप्टर बस्न नसकेपछि कोदारी डाँडामा गई घाइते लिएर काठमाडौँ आएको थियो’– यसपछि बाँच्ने आस मारिसकेको कुरा खड्काले बताए  । आइतबार अपराह्न १ बजेको भूकम्पपछि सँगै हिँडेका कार्यालयका २० कर्मचारी पनि तितरबितर भएको तीतो घटना उनले सुनाए । चीन सरकारको सहयोगमा बनेको १० रिक्टर म्याग्निच्युड स्केलको भूकम्प थाम्ने सुक्खा बन्दरगाह परिसरमा हेलिकोप्टर बस्न नसकेपछि बाँच्ने आसमा जम्मा भएका ५०० मानिसमा बाँच्ने आशा मरेको थियो तर तलबाट आएको हेलिकोप्टरका सेनाले मौसमका कारण यहाँ हेलिकोप्टर बस्न नसके पनि माथिका दुई रूख काट्ने हो भने हेलिकोप्टर बस्न सक्छ भनेपछि सबै मानिस ठूला रूख काट्न थालेका थिए । सिमलका ठूला दुई रूख काटेपछि त्यसलाई हटाउन समस्या भएको उनले सुनाए । तर भूकम्पमा परी आफ्नी श्रीमती गुमाए पनि गुरुङ थरका एक चालकले डोजर लगाएर सिमलको रूखका मुढा पन्छाइदिएपछि त्यो ठाउँमा चौर सम्याएर हेलिकोप्टर बस्नयोग्य बनाई ज्यान जोगाउन सफल भएको दुखद् कथा खड्काले सुनाए । ‘यसरी सिमलको रूख काटेर उपयुक्त ठाउँमा चौर बनाएपछि यही वैशाख १६ गते चिनियाँ हेलिकोप्टरले उद्धार गरी सिन्धुपाल्चोकको सदरमुकाम चौतारा आएपछि अब बाँचियो भन्ने आस जाग्यो’–पाँच दिन जीवनका लागि सङ्घर्ष गरेको कथा सुनाउँदै उनले भने । सङ्कटमा फसेका सयौँ मानिस पाँच दिनसम्म भगवानको नाम जपेरै जीवनको याचना गरिरहेको मार्मिक दृश्य पनि आफूले देखेको उनले बताए । कार्यालयको संयोजन गरेका अधिकृत खड्काले कर्मचारीलाई सुरक्षित राख्न गरेको प्रयास सराहनीय रहेको उनले जानकारी गराए । तातोपानीमा अझै ४० ठूला ट्यांकरसहितका गाडी पहिराले किचेको प्रत्यक्ष देखिएकाले त्यसभित्र भएका मानिसको उद्धारका लागि सरकारीलगायत निकायले छिटो पहल गर्नुपर्ने पनि उनले बताए । ‘धेरै मानिस भागदौडका क्रममा पहिराले पुरिएको हामीले देखेका छौँ, आफ्नो ज्यानसमेत जोखिममा परेकाले हामीले त्यति बेला केही गर्न सकेनौँ, अब मौसम पनि खुल्न थालेको छ, यस्ता मानिसको उद्धारमा सरकारले छिटो पहल गरोस्’–पहराका बीचमा रहेको तातोपानी बजारको सम्झँदै उनले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy