NTC Banar
Khabar Dabali ९ चैत्र २०७९ बिहीबार | 23rd March, 2023 Thu

६ महिनामा ५९ अर्ब राजश्व संकलन

 

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७४/७५ को पछिल्लो छ महिनामा तेस्रो मुलुकबाट आयात भई नेपाल भित्रिएका सामानबाट रु ५९ अर्ब ३७ करोड ९७ लाख १२ हजार राजश्व संकलन गरेको छ ।

इन्धन र सवारी साधनबाट मात्र रु २९ अर्ब ७४ करोड ३१ लाख ४० हजार राजश्व संकलन गरेको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादवले जानकारी दिए । चालु आवको पुस मसान्तसम्म वीरगञ्ज भन्सार कार्यालयले कुल राजश्वको आधाभन्दा बढी इन्धन र नयाँ सवारी साधनबाट उठाएको छ । कार्यालयले छ महिनामा मात्रै भारतबाट नेपाल भित्रिएका सवारी साधनबाट रु २१ अर्ब ७९ करोड र इन्धनबाट रु सात अर्ब ९५ करोड १९ लाख राजश्व संकलन गरेको छ । गत पुस मसान्तसम्म भारतबाट वीरगञ्ज भन्सार नाका भएर रु १८ अर्ब ७४ करोड ८० लाख मूल्य बराबरको सवारी साधन नेपाल भित्रिएको थियो । चालु आवको छ महिनाको अवधिमा भारतबाट रु ३५ अर्ब १० करोड ४५ लाख ९१ हजारको इन्धन, रु १६ अर्ब ८३ करोड १८ लाखको डिजेल, रु ६ अर्ब ५१ करोड ८९ लाख ३१ हजारको पेट्रोल, रु चार अर्ब ३० करोड ४८ लाख ५० हजारको हवाई इन्धन, रु ३१ करोड ८१ लाख ७९ हजारको मट्टितेल तथा रु सात अर्ब १३ करोड सात लाख ७१ हजारको एलपी ग्यास नेपाल भित्रिएको छ । गुणस्तर प्रमाण चिन्ह लिन आदेश  गुणस्तर प्रमाण चिन्ह नलिई कानून विपरित सञ्चालनमा रहेको नारायणी अञ्चलका ग्यास उद्योगलाई सरकारले एक महिनाभित्र सो प्रमाण चिन्ह लिन समयसीमा तोकेको गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगञ्जले जनाएको छ । नारायणी अञ्चलमा रहेको १२ वटा ग्यास उद्योगमध्ये बाराको परवानीपुरमा रहेको मनोज ग्यास उद्योगले मात्र त्यस्ता प्रमाण चिन्ह लिएको र अन्य ११ वटा ग्यास उद्योगले कानूनी प्रक्रिया पूरा नगरेकाले एक महिनाभित्र सो प्रमाण चिन्ह लिन सरकारले आदेश दिएको कार्यालय प्रमुख राकेशकुमार झाले बताए । ‘बोटनीङ प्लान’अन्तर्गत सञ्चालनमा रहेको त्यस्ता ग्यास उद्योग ठिक छ, छैन भन्ने सम्बन्धमा सरकारबाट गुणस्तर तथा आइएसओ प्रमाण चिन्ह लिनुपर्ने कानूनी व्यवस्था रहेपनि अधिकांश उद्योग प्रमाण चिन्ह नलिई कानून विपरित सञ्चालनमा रहेको सो कार्यालयले जनाएको छ । एक महिनाअघि वीरगञ्जको रघुनाथपुरमा रहेको सुपर ग्यास उद्योगमा आगलागी भई धनजनको क्षति भएपछि सरकारले यस्तो कदम चालेको हो । रासस
Khabardabali

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Dish home detelpage

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Dish home detel page1 Jobkhoji Salt Trending Detail Page