Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

भारतीय पक्षले रोक लगाएपछि नेपाली अदुवा निकासी ठप्प

\"\"इलाम । भारतीय पक्षले नेपाली अदुवा निकासी रोकेपछि इलामका कृषक मारमा परेका छन् । भारतीय भन्सारले नेपाली अदुवा निकासी रोकेपछि इलामबाट झापाको काँकडभिट्टामा अदुवा लिएर गएका सयाँैं ट्रक अलपत्र परेका छन् । अदुवामा मिसावट भएको भन्दै भारतीय पक्षले नेपाली अदुवा निकासी रोकेको व्यापारीले बताएका छन् । अदुवा निकासी ठप्प भएपछि इलाम, पाँचथरका अदुवा कृषक चिन्तित् बनेका छन् । अदुवा लिएर काँडकभिट्टा पुगेका ट्रक अहिले धमाधम फिर्ता हुन् थालेका छन् । पटक÷पटक भारतले नेपाली अदुवा निकासीमा रोक लगाएपछि व्यापारी मारमा छन् । दुई महिनाअघि मात्रै चार गाडी अदुवा एकहप्ता काँकडभिट्टामा राखेर निकासीको पहल गर्दा नसकेपछि विर्तामोड गोदाममा ल्याएर राखिएको व्यापारी कृष्ण पौडेलले बताए। बिक्री हुने आशामा कृषकले धमाधम अदुवा खन्न थालेका छन् । अदुवा खनेर बिक्रीका लागि तयार गरेका फाकफोकथुम गाउँपालिका–२ का गोपीकृष्ण तिम्सिना अदुवा निकासी ठप्प भएपछि चिन्तित छन् । ‘भाउ पाइएला की भन्ने आशामा अदुवा खनियो, अदुवा निकासी ठप्प पा¥यो भन्ने सुनेपछि चिन्तित छु,’ उनले भने, ‘निकासी खुलेन भने लाखौँंको अदुवा बारीमै सड्छ ।’ गतवर्षभन्दा यसपाली मूल्य बढी पाइएला भनेर अधिकांश कृषकले प्रतिमन रु दुई हजारमा बीउ अदुवा खरिद गरेर रोपेका थिए । यसपाली अदुवा प्रतिमन रु ५०० सयदेखि रु ७ सयसम्म किनबेच हुँदै आएको छ । तर भारत निकासी ठप्प भएपछि ग्रामीण भेगमा अदुवा कारोबारनै ठप्प भएको स्थानीय व्यापारी इन्द्र अधिकारी बताउँछन्। अदुवा उत्पादक तथा व्यवसायी संघका अध्यक्ष नरेन्द्र खड्काले भारतीय पक्षसँग तत्काल अदुवा निकासी सहज बनाउनका लागि पहल गर्न सरकारसँग माग गरेका छन्।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies