Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

भूकम्प पीडितकाे १७ हजार सईद्वारा झ्वाम !

काठमाडौं, नेपाल प्रहरीका एक सईले भूकम्प पीडितको पैसा खाएर उनैमाथि कुटपिट गरेपछि ‘यो कुरा कहींकतै नभन्न’ दबाब दिँदै स्थानीयलाई समेत कुटपिट गरेपछि आइतबार अपराह्न राजधानीको शोभा भगवती प्रहरी बिटमा स्थानीयले घेरा हाली नाराबाजी गरिरहेका छन् । भूकम्पमा श्रीमती गुमाएका र पाँच वर्षीया छोरी समेत हालसम्म बेपत्ता नै रहेर आहत बनेका गणेश गिरीको पैसा खाएको आरोप लागेका शोभा भगवतीका सई श्याम विष्टलाई सरुवा गरी स्वयम्भू लगिएको छ । वैशाख १२ गते भग्नावशेषबाट मानिसहरुको उद्धार गर्ने क्रममा लोटाभित्रबाट फेला पारी भेट्टाएर गिरीले साथी सन्तोषलाई राख्न दिएको १७ हजार रुपियाँ सन्तोषबाट खोसेर सईले लिइदिएपछि घटना बाहिर आएको हो । ‘साह्रै दुःख गरेर छोरीको पास्नीका लागि १७ हजार बचाएर राखेको थिएँ’ गिरीले रुँदै भने– ‘अहिले श्रीमती र छोरी पनि रहेनन् र पैसा पनि असईले लगिदिए, अब मैले कसलाई भन्नु हजुर !’ ‘नभनौं भने पनि सहनै नसक्ने अन्याय भयो हजुर’, घटनाका पीडित गणेश गिरीले खबरडबलीसँग रुँदै भने– ‘खै हजुर ! केही बोलौं भने यी कुरा छिमेकीहरुलाई भनेकाले असईले मलाई कुटिसकेका छन् झन् पत्रकारलाई नै भन्दा त के–के हुने हो ? ज्यानै पो जाला कि भन्ने डर लागिरहेको छ ।’ शोभा भगवतीमै डेरा गरी बसेको घरमा गिरीकी पत्नी र पाँच वर्षिया छोरी पुरिएका थिए । पत्नीको शव भग्नावशेषबाट निकालिएको छ भने भग्नावशेषमै च्यापिएकी छोरीको अवस्था अझै अज्ञात छ । उनको अझै उद्धार हुन सकेको छैन । भक्कानिँदै रोएका गिरीले घटनाविवरण सुनाउँदै खबरडबलीसँग प्रश्न गरे– ‘जसले हाम्रो उद्धार गर्छ भनेर आस गरिएको थियो, यो हालतमा रहेको मलाई उसैले पो पिटेर धेरथोर भएको रकम समेत लुटेपछि अब म कसको सहारामा बाँच्नु हजुर ?’ यति भन्दाभन्दै उनको वाक्य रोकियो, अन्त्यमा यति मात्रै भने– ‘मेरी छोरी अझै पनि पुरिएकै छ ।’ ‘हेर्नोस्, म पनि डिग्री गरेको र कानुन जानेको मान्छे हुँ सर ! भूकम्पपछिको उद्धारका क्रममा कामको चापले गर्दा मेरो मनस्थिति पनि ठीक थिएन त्यसैले गिरीलाई एक थप्पड हान्नु नै मेरो गल्ती भयो’, घटनामा मुछिएका सई विष्टले खबरडबलीसँग भने– ‘अहिले म कामकै सिलसिलमा स्वयम्भू सरुवा भइसकेको छु ।’ स्वयम् सई विष्टले गल्ती स्वीकार गरिसकेको कुरा महानगरीय प्रहरी कार्यालयका एसएसपी उत्तम कार्कीले भने अस्वीकार गरे । कार्कीले खबरडबलीसँग भने– ‘उहाँ पहिलेदेखि नै स्वयम्भूमै खटिनुभएको हो । केही समयका लागि मात्रै हामीले शोभा भगवती पठाएका थियौं, अहिले उहाँ पुरानै जिम्मेवारीमा फर्कनुभएको मात्रै हो । पीडित तथा स्थानीयवासीले विष्टलाई कारबाही गर्नुपर्ने मागसहित शोभा भगवतीको प्रहरी बिटलाई घेरा हालेर नाराबाजी गरिरहेका छन् । गिरीले भक्कानिँदै थप माग गरे– ‘मलाई न्याय दिलाई दिनुप¥यो ।’ प्रहरीले भने यस्ता घटना ‘सामान्य’ भएको टिप्पणी गर्दै कसैले गल्ती गरेको भए कारबाही गरिने बताएको छ । एसएसपी कार्कीले भने– ‘यस्ता घटना कति हुन्छन् कति । म ती सईले गल्ती गरेकै हुन् या गल्ती गरेका छैनन् भनेर ठोकुवा गर्न सक्दिनँ तर मलाई उनले गल्ती गरेजस्तो चाहिँ लाग्दैन ।’ ‘गल्ती गरेको भए कारबाही गर्छु पनि भन्ने अनि गल्ती गरेजस्तो लाग्दैन भनेर निर्णय नै सुनाउने तपाईंको कुराले घटनामा मुछिएका प्रहरीलाई कारबाही गर्न सक्नुहुन्न भन्ने देखायो नि ?’ खबरडबलीको प्रश्नमा कार्कीले भने– ‘त्यो त तपाईंले बुझने कुरा हो ।’ सई विष्टले आफू अहिले ‘अन ड्युटी’ रहेको उल्लेख गर्दै आफूले कुनै पनि गल्ती नगरेको दोहोर्याए । पीडित गिरीका साथी एवम् चर्चित युवाकवि मुक्तान थेबाले भने– ‘यस्तो गम्भीर पीडामा परेका बेला थोरै रकमको लोभमा सरकारी वर्दीधारी प्रहरीले सर्वसाधारणको भावनामाथि खेलवाड गर्नु ज्यादै नै चिन्ताको विषय हो ।’ कवि थेवा भन्छन्– ‘सेना, जनपद र सशस्त्र प्रहरीले देशभर जनताको उद्धार गरेर वाहवाही कमाइरहेका बेला समग्र सुरक्षासंयन्त्रमै कालाे दाग लगाउने यस्ता पात्रलाई कारबाही गरेर प्रहरी संगठनले आफ्नो इमानदारिता र जनउत्तरदायी भाव प्रस्तुत गर्न सक्नुपर्छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy