माघ १४ गते, २०७४ आइतवार 28th January, 2018 Sun०७:२७:२० मा प्रकाशित
काठमाडाै । त्रिभुवन विश्वविद्यालयका स्नातकोत्तर तहको पढाइ हुने सबै क्याम्पसमा यसै वर्षदेखि सेमेस्टर प्रणाली सुरु भएको छ । केन्द्रीय विभागहरूबाट सुरु गरिएको सेमेस्टर प्रणालीअनुसार नै अहिले आंगिक क्याम्पसमा भर्ना लिन थालिएको छ ।
अाजकाे नयाँ पत्रिकामा खबर छ- त्रिवि पदाधिकारीहरूले जिल्ला–जिल्लामा अभिमुखीकरणसमेत गर्दै आएका छन् । झापामा खुलेको कृषि क्याम्पससहित त्रिविमा अहिले ६० वटा आंगिक क्याम्पस छन् । ३९ वटा केन्द्रीय विभागमा ०७१ देखि नै सेमेस्टर प्रणाली सुरु भइसकेको छ ।उपकुलपति प्रा.डा. तीर्थराज खनियाँले अब त्रिविका स्नातकोत्तर तह पढाइ हुने कुनै पनि क्याम्पसमा वार्षिक विषय प्रणाली नरहेको बताए ।
प्राविधिक विषयमा पहिलेदेखि सेमेस्टर प्रणाली भए पनि धेरै विद्यार्थीको चाप हुने व्यवस्थापन, शिक्षाशास्त्र र मानविकी संकायका सबै विषयमा देशभरका क्याम्पसमा पहिलोपटक सेमेस्टर सुरु भएको उनको भनाइ छ । कानुन संकायमा स्नातकोत्तरमा सेमेस्टर सुरु भइसकेको छ ।
अहिलेसम्म त्रिविमा केन्द्रीय विभाग र उपत्यकाका क्याम्पसहरूमा सबै विषयमा स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू भएको छ । त्रिविमा सेमेस्टर प्रणालीको परीक्षा सञ्चालन र नतिजा सार्वजनिकको काम डिन कार्यालयहरूबाट हुँदै आएको छ । तर, पर्याप्त पूर्वाधार विकास नहुँदा समयमै परीक्षा र नतिजा सार्वजनिक गर्न सकेको छैन ।
देशभरमा सेमेस्टर प्रणाली लागू भएपछि कसरी समयमै सेमेस्टरको चक्र पूरा गर्ने भन्नेमा प्राध्यापकहरू चिन्तित छन् । त्रिवि उपकुलपति खनियाँले डिन कार्यालय व्यवस्थित बनाउँदै लैजाने बताए । डिन कार्यालयमा आवश्यक हुने जनशक्ति तथा अन्य पूर्वाधार थपिँदै लगेको खनियाँले बताए ।
सिस्टम परिवर्तन हुँदा व्यवस्थित हुन समय लाग्ने र त्यसका लागि ओरियन्टेसनलगायतका काम गर्दै आएको उनले बताए । उपत्यकाबाहिरका क्याम्पसमा समेत विभागको अभाव हुन नदिने बताए ।
थोरै विद्यार्थी हुँदा पनि समस्या
त्रिवि शिक्षाध्यक्षको कार्यालयले दिएको शैक्षिक क्यालेन्डर भत्काएर डिन कार्यालयपिच्छे फरक–फरक सेमेस्टर प्रणाली सञ्चालन भएको छ । कतिपय डिन कार्यालयले सेमेस्टरको परीक्षा सम्पन्न गर्न १० महिना लगाएका छन् । उनीहरूले समयमै परीक्षा सम्पन्न नहुनुमा निर्वाचनलगायत कारण देखाउने गरेका छन् ।
व्यवस्थापन संकायको डिन कार्यालय सबैभन्दा पछाडि परेको छ । त्रिविले स्नातकोत्तर तहमा केन्द्रीय विभागले सुरु गरेको सेमेस्टर प्रणाली उपत्यकाका आंगिक क्याम्पसमा कार्यान्वयन गरेको छ । कसैले पहिलो सेमेस्टरको पढाइ गत वैशाखदेखि र कुनै क्याम्पसले असारबाट सुरु गरेको डिनहरूले जनाएका छन् ।
यसपटक सबै डिन कार्यालयले एकैपटक भर्ना प्रक्रिया सुरु गरेका छन् । अहिले प्रथम सेमेस्टरको नयाँ भर्ना प्रक्रिया सबैले एकैपटक सुरु गरेका छन् । समयमै परीक्षासमेत लिन नसकेको त्रिविले नतिजा सार्वजनिकसमेत एकैपटक गर्ने जनाएको छ ।
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: