सोलस्थित मन्त्रीहरूका अनुसार दक्षिण कोरियामा आउँदो शुक्रवारबाट आरम्भ हुने शीतकालीन ओलिम्पिक्स खेलको उद्घाटन समारोहमा उत्तर कोरियाली नेता किम जङ-अनकी प्रभावशाली बहिनी सहभागी हुने छिन् ।
वर्कर्स् पार्टीकी वरिष्ठ अधिकारी समेत रहेकी किम यो-जङ वर्तमान किम परिवारबाट सीमापारि जाने पहिलो सदस्य हुनेछिन् । दुवै कोरियाले उद्घाटन समारोहमा संयुक्त झण्डामुनि सँगसँगै मार्च गर्नेछन् । शीतकालीन ओलिम्पिक्स खेलमा उत्तर कोरियाको सहभागितालाई दुई देशको सम्बन्ध सुधार तर्फको कदमका रूपमा हेरिएको छ । तर संयुक्त राज्य अमेरिका र जापानसहित अन्य देशहरूले उत्तर कोरियाले \'शीतकालीन ओलिम्पिक्स\'लाई प्रोपागाण्डाका रूपमा प्रयोग गरेको आरोप लगाउँदै आएका छन् । सन् १९८७ मा जन्मेकी भनिएकी उनी दिवंगत नेता किम जङ-इलकी कान्छी छोरी र किम जङ-उनकी सहोदर बहिनी हुन् । शक्तिशाली मानिएका पार्टी सचिव चोय रियोङ-हायका छोरासँग उनको बिहे भएको बताइएको छ । हालैका वर्षहरूमा उनी छिटपुट रूपमा संचारमाध्यममा छाइरहेकी छिन्। उनको मुख्य भूमिका भनेको पार्टीको प्रोपोगान्डा विभाग सम्हालेर आफ्ना दाजुको छविको रक्षा गर्ने हो । उत्तर कोरियामा भएका भनिएका मानव अधिकार उल्लंघनका घटनाहरुको सम्बन्धमा अमेरिकाले उनलाई कालो सूचीमा राखिरहेको छ । उनलाई ओलिम्पिक्स्मा पठाएर किम जङ-अनले दक्षिण कोरियासँग सम्बन्ध सुधारमा गम्भीर रहेको संकेत दिएको ठानिएको छ । तर अझ पनि उनको दक्षिण कोरिया भ्रमणलाई लिएर थुप्रै चुनौती छन् । हुन त संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को यात्रा प्रतिबन्धको सूचीमा उनको नाम छैन । तर मानव अधिकारको विषयलाई लिएर उनीविरुद्ध अमेरिकाको प्रतिबन्ध छ । साथै उनी खेलकुदस्थलमा कसरी पुग्नेछिन् भन्नेबारे पनि प्रश्नहरू रहेका छन् । उत्तर कोरियाली खेलाडीहरूलाई सहभागी हुन दिन समेत सोलले अमेरिका तथा अन्तर्राष्ट्रिय समुदायका अन्य सदस्यहरुसँग विशेष अनुमति लिनु परेको थियो । अब किम जङ-अनकै परिवारका सदस्यको यात्राको लागि सोलले फेरि अनुमति लिनुपर्ने हुनसक्छ । बीबीसीयो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: