Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu

अाज २३ औं जनयुद्ध दिवस, पेरिसडाँडासँगै देशभर मनाइँदै

[caption id=\"attachment_129386\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] काठमाडौं । तत्कालीन माओवादी जनयुद्ध लडेका विभिन्न पार्टीमा विभाजित माओवादीहरुले विभिन्न कार्यक्रम गरी देशैभरि तथा विदेशमा समेत जनयुद्ध दिवस मनाउँदैछन् । दिवसका अवशरमा केन्द्रिय कार्यालय काेटेश्वर पेरिसडाँडामा हुने कार्यक्रममा माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्दैछन् । कार्यक्रम बिहान ११ बजे शुरु हुने वाइसीएलले जनाएको छ । नेकपा (क्रान्तिकारी माओवादी)ले अन्तरक्रिया, कोणसभा, टोलसभा गरेर जनताको बीचमा जारी तीन महिने संगठन विस्तार अभियानको क्रममा जनयुद्ध दिवस मनाउँदै छ । पार्टीको नेवा राज्यले ललितपुरको कुपण्डोलमा दिउसो एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । २२ वर्षअघि आजकै दिन अर्थात २०५२ फागुन १ गते तत्कालिन नेकपा माओवादीले रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमाथि आक्रमण गरि सशस्त्र युद्धको थालनी गरेको थियो । माओवादीले जनवादी राज्य सत्ता स्थापना गर्ने घोषणा सहित थालेको जनयुद्धका क्रममा करीव १६ हजार नेपालीको ज्यान गएको थियो । माओवादीले फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा मनाउदै आएको छ । २०५२ साल फागुन १ गते आजकै दिन माओवादीले हतियार उठाएर जनताको मुक्तिका लागि भन्दै सशष्त्र युद्ध शुरु गरेको थियो । देशभरका सबै तहका कमिटीहरु र विभिन्न दश शहरमा केन्दि्रत भएर दिवस मनाउने निर्णय गरेको वाइसीएलका अध्यक्ष रामप्रसाद सापकोटा दीपशीखाले जानकारी दिए । ‘महान जनयुद्दको २३ औं वार्षिकोत्सव भव्य रुपमा मनाऔं, युवा नेतृत्वको विकाससहित वाम गठबन्धनलाई पार्टी एकतामा बदलौं’ भन्ने नाराका साथ दिवस मनाउने निर्णय गरिएको अध्यक्ष दीपशीखाले बताए । १० शहरमा दिवसका लागि आयोजित कार्यक्रमको तयारी गर्न इटहरीमापूर्ण भुजेल, वीरगञ्जमा लालेन्द्रकुमार मण्डल, काठमाडौंमा ज्ञानबहादुर गुरुङ्, चितवनमा केहरसिंह कुँवर,पोखरामा विनय थापा, बुटवलमा गंगा कार्की ‘पुजा’, दाङ्मा गणेश शाही, नेपालगञ्जमा रतन शाही, सुर्खेतमा गगनबहादुर मल्ल ‘युनाईटेड’ र धनगढीमा सुरज सिंहलाई जिम्मा दिइएको छ । यस्तै दिवसका अवसरमा पेसिडाँडामा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले उपाध्यक्ष वामदेव गाैतमलगायत विभिन्न नेताहरूले सम्बोधन गर्ने बताइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending