Khabar Dabali १५ बैशाख २०८३ मंगलवार | 28th April, 2026 Tue

प्रधानन्यायाधीश पराजुलीविरूद्ध परेको अवहेलना मुद्दा सर्वोच्चद्वारा अस्वीकार

\"\"काठमाडाैं । प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध पेश भएको अदालतको अवहेलना सम्बन्धी मुद्दा सर्वोच्च अदालत प्रशासनले दरपीठ गरेको छ । डा. गोविन्द केसीको मुद्दा मिलाउन उनका वकिललाई धम्की दिनेसम्म काम गरेर प्रधानन्यायाधीशबाट अदालतको अवहेलना भएको भन्दै मनोज कुमार अधिकारीले केहिसमय देखि सर्वोच्च अदालतमा पेश गरिरहेको निवेदन प्रशासनले विहिबार अस्वीकार (दरपीठ) गरेको हो। अधिकारीले पहिलोपटक माघ २४ गते उक्त मुद्दा सर्वोच्चमा पेश गरेका थिए । तर सर्वोच्च प्रशासनले उक्त मुद्दा न त दर्ता गर्न मानेको थियो न त दरपीठ नै गरेको थियो । ‘सम्माननीय प्रधानन्यायाधीशको कुन कार्यले अदालतको अवहेलना भयो त्यो कार्यको पुष्टी हुने आधिकारीक प्रमाण बेगर पत्रिकामा प्रकाशन गरेको समाचारलाई लिएर अदालतको अवहेलनामा कारवाहि गरिपाउँ भनि प्रस्तुत हुन आएको निवेदन दर्ता गर्न मिलेन,’ सह रजिष्ट्रार नारायण पन्थीको दरपीठ आदेशमा उल्लेख छ । डा केसीलाईको मुद्दा मिलाउन प्रधानन्यायाधीशले उनका वकिललाई भेटेर दबाब दिनु नाजायज भएको भन्दै अधिकारीले उनी विरुद्ध अवहेलना मुद्दा पेश गरेका थिए । प्रधानन्यायाधीश विरुद्ध अवहेलना मुद्दा आएको यो पहिलोपटक हो । डा. केसीले प्रधानन्यायाधीशलाई भ्रष्ट र माफिया भन्दै राजीनामा मागेपछि उनीविरुद्ध सर्वोच्च अदालतले अवहेलना मुद्दा दायर गरेको थियो । त्यही मुद्दाको सुनुवाइमा डा. केसीले माफी मागेमा वा आवेशमा आएर बोलेको हुँ भने मुद्दा फिर्ता गर्नेसम्मको प्रलोभन प्रधानन्यायाधीशले दिएको भन्दै केसीका मुख्य वकील सुरेन्द्र भण्डारीले सार्वजनिक गरेका थिए । आफूले नमानेपछि प्रधानन्यायाधीशले मार्नेसम्मको धम्की दिएको पनि उनले सार्वजनिक गरिसकेका छन् । आफूमाथि प्रधान्यायाधीशबाट असुरक्षा भएको भन्दै भण्डारीले काठमाण्डु जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । अधिकारी भने वरिष्ठ अधिवक्ता भण्डारीलाई मुद्दा मिलाउन र नमानेपछि मार्नेसम्मको धम्की दिएर प्रधानन्यायाधीशले न्यायसम्पादनमा अवरोध पुराएको दाबीसहित सर्वोच्च पुगेका हुन् । ‘अदालतकै सर्वोच्च पदमा आसिन भएर त्यस्तो बोल्ने अधिकार उहाँलाई छैन । यतिसम्म नराम्रो काम उहाँले गर्नु मिल्दैन,न्याय हातमा लिएर प्रधानन्यायाधीशले धम्की र प्रलोभन देखाएको पाइयो यसबाट न्यायसम्पादनमा अवरोध पुग्छ । यसरी न्यायसम्पादनमा अवरोध पुर्‍याउनु अदालतको अवहेलना हो । अब हामी सर्वसाधारणमाथि अन्याय परे कहाँ जाने ? उहाँबाट भएका कामको छानविन नभए हामी अन्याय पर्दा जाने ठाउँ पनि रहँदैन’, उक्त निवेदनमा भनिएको छ । अधिकारीका अनसार, निवेदनमा डा. केसीको अवहेलना मुद्दामा प्रमाण झिकाइ पाउँ, उनको फोन कल रेकर्ड झिकाइ पाउँ भन्ने मागहरु छन् । ‘मुद्दाको झगडिया भएपछि उहाँ पदमा बस्न योग्य व्यक्ति रहनुभएन । त्यहाँबाट निस्किएर अदालतलाई स्वतन्त्रतापूर्वक काम गर्न दिन पनि निवेदनमा उल्लेख गरेका छौँ,’ उनले भने । प्रधानन्यायाधीशलाई अदालतको अवहेलनामा हदैसम्मको कारवाही गर्न पनि निवेदनमा माग गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending