Khabar Dabali १५ बैशाख २०८३ मंगलवार | 28th April, 2026 Tue

राजधानी भएसँगै ट्राफिक व्यवस्थापनमा समस्या

  [caption id=\"attachment_129282\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption]

कैलाली । प्रदेश नं ७ को अस्थायी मुकाम धनगढी भएसँगै यहाँ सवारी साधनको चाप अत्यधिक बढ्दै गएको छ ।

धनगढी मुख्य बजार नजिकै प्रदेशस्तरीय संरचनाअनुसार विभिन्न मन्त्रालय सस्थापना गरिएपछि यहाँ दिनप्रतिदिन भीड बढ्दै गएको हो । साना ठूला गरी दैनिक १० हजारभन्दा बढी सवारी साधन गुड्ने धनगढी बजार क्षेत्रमा अहिले ट्राफिक समस्या बढ्दै गएको छ । सवारी साधनको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको तर सडकको संरचनामा भने कुनै फेदबदल नै नभएकाले ट्राफिक व्यवस्थापनमा समस्या देखिएको जिल्ला प्रहरी ट्राफिक कार्यालयका प्रमुख दीपक पातलीले बताए । उनले सवारी साधनको चापका कारण सडक साँघुरो हुँदै गएको र सडक तथा फुटपाथमा ठेलागाडी र पार्किङले मिचेकाले सडकको अतिक्रमण बढेको बताए । बजारमा पैदल यात्रु, फुटपाथ, ट्राफिक संकेत नभएकाले पनि ट्राफिक व्यवस्थापनमा समस्या आई दैनिक सवारी जामको स्थिति सिर्जना हुन थालेको छ । यातायात व्यवस्था कार्यालयको तथ्यांकअनुसार सेती अञ्चलमा मोटरसाइकल र स्कुटरको संख्या ७० हजार पुगेको छ भने कार, जिप र भ्यान पाँच हजार ९०० पुगेको छ । त्यसैगरी बस, ट्रक दुई हजार ७००, टेम्पु, अटो रिक्सा दुई हजार ६०० र ट्र्याक्टर ११ हजार ४०० दर्ता भएका छन् । अव्यवस्थित रुपमा सञ्चालनमा आएका इ–रिक्साले पनि ट्राफिक व्यवस्थापनमा झनै समस्या थपिएको स्थानीयवासीले बताएका छन् । स्थानीय सरकार निर्माण भएको नौ महिना बितिसक्दा पनि ट्राफिक व्यवस्थापनका लागि कुनै पहल नचालिएको धनगढी उपमहानगरपालिका–२ का चेतराज पाण्डेयले गुनासो गरे । कुनै इजाजत बिना सञ्चालनमा आएका नयाँ सवारी साधनले समस्या निम्त्याएको छ उहाँले भन्नुभयो, “यसका लागि सवारी साधनको इजाजत प्राप्त हुन अति आवश्यक छ ।” जिल्ला ट्राफिक कार्यालयले बजारको ट्राफिक व्यवस्थापनका लागि कुनै नयाँ योजना बनाएको छैन भने बजारमा जथाभावी गरिने पार्किङ व्यवस्थापनका लागि पनि योजना छैनन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending