Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

किन खुला आकाशमुनि भोकै छन्, ९ सभासद्सहित २ मन्त्रीका जिल्लावासी ?

काठमाडाैं, वैशाख १२ गते शनिबार १२ बज्न नपाउँदै सारा नेपालीलाई स्तब्ध बनाउनेगरी विनासकारी महाभूकम्पले एक मिनेटभन्दा कम समयमै हजारौं नेपालीको सपना चकनाचूर पारिदियो । लाखौं घरबारबिहीन भए । हजारौं कहिल्यै नमेटिने पीडा बोकेर बाँच्न बाध्य भए । यस्तै पीडाको पहाड बोकेर बाँच्न बाध्य नुवाकोटवासी यतिबेला सम्पूर्ण काम थाती राखेर मुन्टो लुकाउने त्रिपाल र पेट भर्ने अन्नका लागि भौंतारिइरहेका छन् । बुधबारसम्म प्राप्त विवरणअनुसार विनासकारी भूकम्पले नुवाकोटमा मात्रै ज्यान गुमाउनेहरुको संख्या हजारनजिक पुगेको छ । हजारौं घरबारबिहीन छन् । धेरै घाइते भएका छन् । विनासकारी भूकम्प गएको २ हप्ता पुग्न लाग्दा समेत राज्यको निकाय जनताको घरआँगनमा पुग्न सकेका छैन । भूकम्पबाट पीडित नुवाकोटवासीको अवस्था बुझ्न स्थलगत रिपोर्टिङमा आइतबार नुवाकोट पुगेको थिएँ । रिपोर्टिङको सिलसिलामा एक नम्बर क्षेत्रको सुनखानी, थानपती, छहरे, थान्सिङ, ढिकुरे, सूर्यमती, मदानपुर, बेलकोट, तीन नं. क्षेत्रमा विदुर, माझीटार, पीपलटार र २ नम्बर क्षेत्रको गेर्खुसम्म पुगेको थिएँ । नुवाकोटमा बढी प्रभावित गाविसको अवस्था बुझ्न सोमबार प्रहरी कार्यालय, विदुर पुगें । प्रहरी कार्यालयले दिएको रिपोर्टअनुसार बढी प्रभावित गाविस काउले, भाल्चे, गेर्खु, कल्याणपुर, सामरी, खर्कगाउँ, विदुर नगरपालिका र मनकामना रहेको पाएँ । जहाँ एउटै वडामा दर्जनबढीले ज्यान गुमाएका थिए । विदुर नगरपालिकामा आधुनिक पक्की घरबाहेक ९५ प्रतिशत पुराना शैलीका घरहरु ध्वस्त भएका छन् । यसै जिल्लाका ३ वटा क्षेत्रबाट जनताको भारी मतले विजयी भई संविधानसभा र सिंहदरबारको कुर्सीमा आसिन हुन पुगेका झन्डै दर्जन मन्त्री–सभासद्हरु (९ सभासद् र २ मन्त्री) विनासकारी भूकम्पले आहत जनतालाई राहत दिनुको साटो कोही विदेश भ्रमणमा निस्के त कोही राजधानीमै मस्तराम छन् । आफन्त र सारा श्रीसम्पत्ति गुमाई खुला आकाशमुनि राहतको बाटो कुरिरहेका जनता निरास भएका छन् । निराश तर आक्रोशमिश्रित स्वरमा जनता भन्न थालेका छन्– ‘समयमै संविधान त दिन नसक्ने नेताहरुबाट के आश गर्नु छ र ! यी नेताहरु जनताको मायाले आएका होइनन्, भोटको मायाले मात्रै आएका  हुन् ।’ यी सबैलाई भूकम्पले जति पीडा दिएको छ, त्योभन्दा पनि बढ्ता पीडा राज्यको गैह्रजिम्मेवार कार्यशैलीले दिएको छ । वर्षायामको सुरुआत भइसकेको छ । हावाहुरीको मौसम छ । ग्रामीण वस्तीमा कसैको घर छैन । बस्ने ठाउँ नभएर कोही चौतारो, कोही जंगलछेउ त कोही खुला चौरमा बस्न बाध्य छन् । तर, राज्य विदेशीले सहयोग दिएको राहत पनि बाँड्न नसकेर निरीहता देखाइरहेको छ । जनता निराश भई आक्रोशमा  बाँचिरहेका छन् । उनीहरु भन्दैछन्– ‘राज्य कहाँ छ ?’ यस्तै पीडामा रहेका मदानपुरका एक वृद्ध भन्दै थिए– ‘९० सालको भूकम्पमा ९ दिनभित्र सबै ठाउँमा राहत पुगेको थियो तर यो सरकारले दुई हप्ता पुग्न लागिसक्दा समेत रासनपानी त परै जाओस्, ओत लाग्नलाई एउटा पालसम्म पनि दिन सकेको छैन ।’ करिव ६० वर्षका अर्का बूढा भन्दै थिए– ‘भुइँचालोले हेर्दाहेर्दै सुकुम्बासी बनाइदियो । राज्यले केही पनि गरेन । यस्तो त पञ्चायतकालमा पनि भएको थिएन । यस्तो नालायक सरकारबाट हामीले के आशा गर्ने ?’ भूकम्पको पीडा सबै ठाउँमा छ । व्यथा एउटै हो । राज्यसँग तत्काल बाँड्नुपर्ने राहत नभएको पनि होइन । तर, मौनता साँधिरहेछ । यही मौनतासँगै जनताको आक्रोशको पारो पनि तातिरहेको छ । काठमाडौंसँगै जोडिएको नुवाकोट सदरमुकाम पुग्न जम्मा ३ घन्टा लाग्छ । तर, पनि यो जिल्ला विकासको दृष्टिले ‘बत्तीमुनिको अँध्यारो’ भनेजस्तै भएको छ । देशकै राजनीतिको शीर्षासन ओगटेका यसै जिल्लाका राजनीतिक ‘हस्ती’ अर्थमन्त्री डा. रामशरण महत जनताको पीडालाई बेवास्ता गर्दै विदेश हान्निए । अर्का मन्त्री महेन्द्रबहादुर पाण्डे काठमाडौंमै व्यस्त छन् । अर्जुननरसिंह केसी दुई हप्ता लामो अमेरिका बसाइ सकेर मंगलबार मात्र फर्केका छन् । यस क्षेत्रबाट संविधानसभामा प्रतिनिधित्व गर्ने नौ सभासद् छन् । तर, कसैले पनि आपतमा रहेका जनतालाई राहत दिने काम गर्न सकेका छैनन् । क्षेत्र नम्बर– १ का सभासद् तथा कांग्रेस नेता अर्जुननरसिंह केसीलाई सम्पर्क गरी जनतालाई तत्काल राहत दिने विषयमा तपाईंरु किन चुक्नुभयो भनी प्रश्न राख्दा उनको भनाइ थियो– ‘जनताको दुःख मैले बुझेको छु । तत्काल उनीहरुलाई राहत दिने विषयमा प्रधानमन्त्री, प्रमुख राजनीतिक दललगायत विदेशी मित्रहरुसँग छलफल भइरहेको छ । छिट्टै राहत प्याकेजको घोषणा हुन्छ ।’ सदरमुकाम विदुरस्थित पीपलटारका जनता सरकारले राहतस्वरुप २ हजारबाहेक केही नदिएको गुनासो गर्दै  थिए । यति ठूलो आपतमा दुई हजारले के गर्ने ? तैपनि बाध्य भएर समाउनुको कुनै विकल्प पनि त छैन । को को हुन्,  नुवाकोटबाट सिंहदरबारको कुर्सीमा आसिन हुनेहरु ? डा. रामशरण महत– अर्थमन्त्री, महेन्द्रबहादुर पाण्डे– परराष्ट्रमन्त्री, अर्जुननरसिंह केसी–सभासद् (कांग्रेस), बहादुरसिंह  लामा– सभासद् (कांग्रेस), डा. प्रकाशशरण महत, सभासद् (कांग्रेस), जगदीशनरसिंह केसी– सभासद् (कांग्रेस), राममाया बोगटी– सभासद (एमाओवादी), राधिका तामाङ– सभासद् (एमाओवादी), राज्यलक्ष्मी श्रेष्ठ– सभासद् (राप्रपा) हुन नुवाकाेटका माननीयहरू । यी सबैको काम सदरमुकाम घुम्नु र राजधानी फर्कनुबाहेक केही देखिएको छैन । महाभूकम्पको पीडामा परेका जनताको पक्षमा कुनै ठोस पहलकदमी लिन सकेका छैनन् । समयमै संविधान जारी गर्न नसकेकामा रुष्ट भएका जनता महाविपत्तिमा समेत आफ्नो भोटबाट उपल्लो ओहोदामा पुगेकाहरु आँगनमा आएर सहानुभूतिसम्म नबाँड्दा आक्रोशित छन् । यस्तै अवस्था अरु केही दिन कायम रहे नेताहरु जनताको आक्रोशको निसानामा पर्ने निश्चित देखिन्छ । क्षेत्र नम्बर एककै दुई सभासद् प्रकाशशरण महत र जगदीशनरसिंह केसीलाई जनताको पीडामा मल्हम लगाउन राहतका कार्यक्रम के ल्याउनुभयो त ? भन्ने प्रश्न राख्दा उनले जनतालाई आश्वस्त पार्ने जवाफ दिएन् । बरु केसी ‘सीडीओले राजनीति गर्यो’ भन्दै पन्छन खोजे । सभासद् प्रकाशशरण महतले भने– ‘जनतालाई राहत दिन राज्य असफल भएको छ । यस विषयमा छिट्टै ठोष निर्णय लिन्छौं । जनतालाई तत्काल राहतस्वरुप त्रिपाल र आवश्यक रासनपानीको व्यवस्था गर्छौं ।’ प्रमुख जिल्ला अधिकारी कोषराज निरौला जनतालाई राहत दिने सवालमा जति काम गर्दा पनि जस नपाएको गुनासो पोख्दै भन्छन्– ‘हामीले विभिन्न संघसस्था तथा माथिल्लो निकायसँग समन्वय गरेर काम गरिरहे पनि जस पाइएन । यो त हामीमाथिकै अन्याय भयो ।’ उनले समन्वयको अभावमा काम गर्न अप्ठ्यारो परिरहेको भन्दै जनतालाई राहत दिन तयारी अवस्थामा रहे पनि त्रिपालको अभावले समस्यामा पारेको जिकिर गरे । \"Nuwa_Pande1\" \"Nuwa_Pande3\" \"Nuwa_Pande4\" \"Nuwa_Pande5\" \"Nuwa_Pande9\" \"Nuwa_Pande7\"  \"Nuwa_Pande2\" \"Nuwa_Pande6\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy