Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

प्रतिनिधिसभा र राष्ट्रिय सभाका ३३० सांसदले अाज फरक-फरक भाषामा शपथ लिदै

[caption id=\"attachment_98499\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फाेटाे[/caption] काठमाडौ । अाज (अाइतवार) संघीय संसद्का निर्वाचित सदस्यले शपथ लिँदैछन् । राष्ट्रिय सभा गठनपछि मात्रै प्रतिनिधिसभाका समानुपातिकतर्फको अन्तिम परिणाम प्राप्त हुने संवैधानिक प्रावधानका कारण सांसदको संसद् भवन प्रवेशमा ढिलाइ भएको हो । भाेलि फागुन २१ गते संसदको पहिलो बैठक बस्ने भएकाे छ । संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले शपथ र पहिलो बैठकका लागि सबै तयारी पूरा भएको बताएका छन् । सोमबार अपराहन ४ बजेका लागि दुवै सदनको अलग–अलग बैठक बोलाइएको छ । सचिवालयले आज बिहान सर्वदलीय बैठकसमेत डाकेको छ । बैठकले शपथग्रहणदेखि पहिलो बैठकको कार्यसूची निर्धारण सम्बन्धमा छलफल गर्ने बताइएकाे छ । बैठकमा सचिवालयले तयार पारेको संसद् सञ्चालनको अन्तरिम कार्यविधिमाथि दलहरूबाट साझा सहमति जुटाइनेछ । प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रिय सभाका ५९ गरी संघीय संसदका कुल ३ सय ३४ सदस्यमध्ये ३ सय ३० जनाले शपथ लिने सम्भावना छ । फौजदारी अभियोग लागेका प्रतिनिधिसभा सदस्य निर्वाचित सांसद रेशम चौधरी अदालतको आदेशमा थुनामा रहेकाले शपथमा नआउने जिल्ला प्रशासन कार्यालय कैलालीले जानकारी संसद् सचिवालयलाई गराएकाे छ, भने सरकारी कागज किर्ते अभियोगमा प्रहरीको खोजी सूचीमा रहेका एमाले सांसद नवराज सिलवाल शपथग्रहण कार्यक्रममा सहभागी हुने बताइएकाे छ । उनले आफूविरुद्ध कुनै सरकारी मुद्दा मामिला नरहेको भन्दै शपथमा सरिक हुने बताए । जब कि विजय जुलुससमेत निकाल्न नभ्याउँदै उनी प्रहरीको खोजी सूचीमा राखिएका थिए । लामो समय गुपचुप रहेका सिलवाल एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएपछि सार्वजनिक रूपमा देखिन थालेका हुन् । ज्येष्ठ सदस्यले दुवै सभामा सांसदको शपथ गराउने कार्यतालिका बनाइएकाे छ । प्रतिनिधिसभाको ४ बजे र राष्ट्रिय सभाको ५ बजे आफ्नै सभाकक्षमा शपथ समारोह हुने प्रवक्ता गौतमले बताए । उनले शपथमा उपस्थितिका लागि सार्वजनिक सूचना र राजनीतिक दलहरूलाई जानकारी गराइसकिएको बताए । ४४ जना सांसदले मैथिली, भोजपुरी, थारू, मगर, अवधि, बज्जीका, नेवारी, हिन्दी, उर्दू र तामाङ गरी १० मातृभाषामा शपथ लिनेछन् भने अन्य सांसदले नेपाली भाषामै शपथ लिने गाैतमले जानकारी दिए ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy