काठमाडौँ, सदाजस्तै वसन्तपुर गणेशस्थानमा घण्टको आवाज गुन्जिरहेको थियो । पूजा गर्ने र आशिर्वाद माग्नेहरू पनि सो मन्दिरमा भेला भएका थिए ।
फूल बेच्ने र आफ्नो दैनिकीका लागि दौडिरहेकाको अनुहारमा समेत कुनै चमक देखिँदैन थियो । सबैलाई शोक परेको छ । राष्ट्र पीडामा छ । जताततै शोक धुन बजाएको जस्तो लाग्ने वातावरण छ ।
यही वैशाख १२ गते गएको भूकम्पका कारण खण्डहरुमा परिणत भएको काठमाडौँ दरबार स्वायरमा कुनै चहलपहल देखिँदैन ।
मानिसहरू भयग्रस्त देखिन्छन् । प्राकृतिक विपत्तिले मानव जीवनमाथि थोपरेको पीडाको सचित्र वर्णन गरे जस्तो लाग्ने सो क्षेत्रमा आज एकाबिहानै सेतो कपडा लगाएका एक हुल मान्छे हातमा सिन्के धूप र फूल लिएर खडा भए र एक साथमा भने ‘मृतक आत्महरूप्रति श्रद्धाञ्जलि छ ।\'
प्राकृतिक विपत्ति बाजा बजाएर आउँदैन, त्यसबाट जोगिनका लागि भौतिक संरचना बलियो बनाउनुपर्छ । भूकम्प प्रतिरोधी घर बनाउनुपर्छ । यस्तै सन्देश बोकेका सेतो कपडा लगाएर शोक व्यक्त गर्न भेला भएका मानिस जुद्धसडकबाट इन्द्रचोक हुँदै भग्नावशेषमा परिणत भएको काष्ठमण्डप अगाडि पुगे ।
नेपाल मण्डल राहत अभियानले संयुक्त समवेदना व्यक्त गर्न कार्यक्रमको आयोजना गरेको थियो । भूकम्पबाट निधन भएका नागरिकको आत्माले शान्ति पाओस् भन्ने नै सो कार्यक्रमको प्रमुख उद्देश्य रहेको नागरिक समाजका अगुवा मल्लके सुन्दरले बताए।
नेपाल प्रहरीका अनुसार आज बिहानसम्म भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या सात हजार ७५९ रहेको छ भने घाइतेको सङ्ख्या १५ हजार ९११ रहेको छ । सबैभन्दा बढी मानवीय क्षति सिन्धुपाल्चोकमा भएको छ ।
संयुक्त समवेदना व्यक्त गर्न नागरिक समाजका अगुवा पद्यरत्न तुलाधर, एकीकृत नेकपा(माओवादी)की नेत्री हिसिला यमी, सभासद् रुपा महर्जन, सङ्घीय समाजवादी पार्टीका महासचिव राजेन्द्र श्रेष्ठलगायत सयौँको सहभागिता थियो ।
संयुक्त समवेदनामा सहभागी भएका नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक त्रिरत्न मानन्धर नेपाली परम्पराअनुसार मान्छे मरेको १३ दिनमा शोक व्यक्त गरेर जुठो चोख्याउने गरिन्छ । सोही अनुरुप आज सामूहिक श्रद्धाञ्जलि व्यक्त गरिएको बताउँछन् ।
सो कार्यक्रममा सहभागीहरूले सामूहिक रुपमा भूकम्प पीडितलाई प्रभावकारी रुपमा राहत वितरण गर्नुपर्ने, जनधनको क्षति भएकालाई उचित क्षतिपूर्ति दिनुपर्ने र मनसुन अगावै बसोवासका लागि सुरक्षित आवासको प्रबन्ध गर्नुपर्ने माग गरेका थिए ।
यस्तै नेपालको पहिचानको रुपमा रहेको ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको पुनः निर्माण गर्नुपर्ने र त्यसको संरक्षणमा विशेष ध्यान दिनुपर्नेमा पनि उनीहरुले जोड दिएका थिए । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...



प्रतिकृया लेख्नुहोस्: