Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

चैतभित्र अल्पकालीन बजेट ल्याउने तयारी

\"\"धनगढी । आगामी आर्थिक वर्षका लागि असारमा मात्रै बजेट ल्याउन पाइने भएकाले ७ नम्बर प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि चैतभित्रै अल्पकालीन बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले बजेटबारे मन्त्रालयका सचिवसँग छलफल गरेका छन् । चालू आर्थिक वर्षका ४ महिनाका लागि अल्पकालीन बजेट ल्याउने तयारी भइरहेको छ । तयारी स्वरुप अर्थमन्त्री झपटबहादुर बोहराले सोमबार प्रदेशमा रहेका ७ वटै मन्त्रालयका सचिवसँग छलफल गरेका छन् । छलफलमा मन्त्री बोहराले चालु आर्थिक वर्ष २०७४-७५ का ४ महिनाका लागि चैत्र मसान्तभित्रै १ अर्ब २ करोड ५० लाख रुपैयाँको बजेट ल्याउने तयारी थालिएको जानकारी दिए । ‘हामीले नयाँ आर्थिक वर्ष २०७५–७६ का लागि पूर्ण बजेट त ल्याउनुपर्ने नै छ,’ मन्त्री बोहराले भने, ‘चालु आर्थिक वर्षका लागि आवश्यक पर्ने खर्च व्यवस्थापनका लागि अल्पकालीन बजेट ल्याउँदैछौ ।’ सरकार गठनपछि सञ्चित कोषको अभावमा मन्त्रालयलाई काम गर्न समस्या भएको छ । बजेटमा समावेश गर्नुपर्ने विषयबस्तु तयार गर्न सबै मन्त्रालयका सचिवलाई मन्त्री बोहराले निर्देशन दिएका छन् । ‘बजेटमा समावेश गर्नुपर्ने विषयवस्तु तयार गर्न सचिवहरूलाई निर्देशन दिएको छु । बजेट ल्याउन धेरै सयम पनि बाँकी छैन,’ मन्त्री बोहराले भने, ‘सबैमन्त्री मंगलबारदेखि नै कार्य सुचारु गर्ने छन् ।’ बजेटमा मुख्य प्राथमिकता कृषिलाई दिइने छ । यसका साथै गरिबी निवारण, शिक्षा स्वास्थ्य, यातायातलाई पनि बजेटले प्राथमिकता दिनेछ ।बजेट ल्याउनुअघि आवश्यक पर्ने ऐन नियम निर्माण गर्न सम्बन्धित मन्त्रालयका सचिवलाई मन्त्री बोहराले निर्देशन दिएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending