Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

चैतभित्र अल्पकालीन बजेट ल्याउने तयारी

\"\"धनगढी । आगामी आर्थिक वर्षका लागि असारमा मात्रै बजेट ल्याउन पाइने भएकाले ७ नम्बर प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि चैतभित्रै अल्पकालीन बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले बजेटबारे मन्त्रालयका सचिवसँग छलफल गरेका छन् । चालू आर्थिक वर्षका ४ महिनाका लागि अल्पकालीन बजेट ल्याउने तयारी भइरहेको छ । तयारी स्वरुप अर्थमन्त्री झपटबहादुर बोहराले सोमबार प्रदेशमा रहेका ७ वटै मन्त्रालयका सचिवसँग छलफल गरेका छन् । छलफलमा मन्त्री बोहराले चालु आर्थिक वर्ष २०७४-७५ का ४ महिनाका लागि चैत्र मसान्तभित्रै १ अर्ब २ करोड ५० लाख रुपैयाँको बजेट ल्याउने तयारी थालिएको जानकारी दिए । ‘हामीले नयाँ आर्थिक वर्ष २०७५–७६ का लागि पूर्ण बजेट त ल्याउनुपर्ने नै छ,’ मन्त्री बोहराले भने, ‘चालु आर्थिक वर्षका लागि आवश्यक पर्ने खर्च व्यवस्थापनका लागि अल्पकालीन बजेट ल्याउँदैछौ ।’ सरकार गठनपछि सञ्चित कोषको अभावमा मन्त्रालयलाई काम गर्न समस्या भएको छ । बजेटमा समावेश गर्नुपर्ने विषयबस्तु तयार गर्न सबै मन्त्रालयका सचिवलाई मन्त्री बोहराले निर्देशन दिएका छन् । ‘बजेटमा समावेश गर्नुपर्ने विषयवस्तु तयार गर्न सचिवहरूलाई निर्देशन दिएको छु । बजेट ल्याउन धेरै सयम पनि बाँकी छैन,’ मन्त्री बोहराले भने, ‘सबैमन्त्री मंगलबारदेखि नै कार्य सुचारु गर्ने छन् ।’ बजेटमा मुख्य प्राथमिकता कृषिलाई दिइने छ । यसका साथै गरिबी निवारण, शिक्षा स्वास्थ्य, यातायातलाई पनि बजेटले प्राथमिकता दिनेछ ।बजेट ल्याउनुअघि आवश्यक पर्ने ऐन नियम निर्माण गर्न सम्बन्धित मन्त्रालयका सचिवलाई मन्त्री बोहराले निर्देशन दिएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE