Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

भूकम्पले ध्वस्त साततले दरबार

नुवाकोट, विनाशकारी भूकम्पले हजारौँले आफन्त गुमाएका छन् भने लाखौँ घर ध्वस्त हुँदा लाखौँ नागरिक बेघर भएका छन् । विनाशकारी भूकम्पको चपेटामा ऐतिहासिक धरोहर, मठ, मन्दिर, गुम्बासमेत परेको छ ।

यही विनाशकारी भूकम्पको चपेटामा परेर नुवाकोटको सौन्दर्य पनि ध्वस्त भएको छ । जिल्लाको आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र नुवाकोट दरबार क्षेत्रलाई क्षतविक्षत पारेको छ । वैशाख १२ को विनाशकारी भूकम्पले जिल्लाको आकर्षणको स्थल तथा परिचय बनेर रहेको साततले दरबारलाई समेत क्षति पुर्याएको छ । विसं १९९० को भूकम्पमा भत्केर साततलेको गजुर र बुर्जा (सिरानको तला) झरेको थियो ।

नौतले दरबारको दुईतला भूकम्पले खसेपछि साततले बनाइएको थियो । हालको भूकम्पमा गजुर नखसे पनि पश्चिमपट्टि तेस्रो र चौथो तलाको बाहिरको आधा गाह्रोको इँटा खसेको छ । पाँचौँ र छैटौँ तलमा धेरै चर्किएको छ ।

बाहिर हेर्दा ठाडो देखिए पनि चारैतिर गाह्रो चिरिएर जीर्ण बनेको भैरवी मन्दिर तथा नुवाकोट दरबार क्षेत्र संरक्षण समितिका संयोजक पुष्कर शर्मा रिमालले बताउनुभयो । \'हेर्दा सिङ्गो देखिन्छ तर, चारैतिर चर्किएको छ, एकापट्टिको गाह्रोको इँटा धेरै खसेको छ, भित्र जानै नसकिने अवस्था छ\', रिमालले भने ।

चार वर्षअघि साततले दरबार सङ्ग्रहालयका नाममा सर्वसाधारणलाई खुला गरिएको दरबार हेर्नका लागि हरेक वर्ष हजारौँ आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका थिए । राजा पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गरेपछि दोस्रो राजधानीका रुपमा नुवाकोटलाई प्रयोग गरेका थिए ।

सोही अवधिमा उनले विसं १८१९ मा नौतले दरबारको निर्माण गराएका थिए । शाहले विसं १८२५ मा काठमाडौँमाथि विजय प्राप्त गर्नुअघि यसै दरबारबाट राजकाज चलाएको इतिहासमा उल्लेख छ ।\"nuwakot

आकर्षक काष्ठकला रहेको सो दरबार सामरिक दृष्टिले समेत महत्वपूर्ण मानिन्छ । दरबारमा राजाको शयनकक्ष, रानीको खोपी, भारदारकक्ष, कैदी थुन्ने कालकोठरी, पूजा कक्ष, होम होमादि गर्ने कक्ष छन् । दरबारलाई सङ्ग्रहालय बनाइएपछि शाह र उनका रानीले प्रयोग गरेका सामग्री तथा उनीहरुको मूर्तिसमेत राखिएको छ ।

दरबार क्षेत्रमा रहेको गारदघर सबैभन्दा क्षति भएको छ । गारदघरको माथिल्लो तलाको आधा भाग नै भुइँमा खसेको छ भने छाना लगभग सबै भत्किएको छ ।

राजाले मनोरञ्जन लिने स्थलका रुपमा निर्माण गराएको रङ्गमहल पनि भत्किएको छ । दरबार क्षेत्रमा रहेको नारायण मन्दिरलगायत साना मन्दिरमा समेत क्षति पुगेको छ ।

भादगाउँले राजाको दरबार भनेर समेत चिनिने तुलजा भवानीको मन्दिरमा धेरै क्षति भएको स्थानीयवासी नारायणमान डङ्गोलले बताउनुभयो । \'मन्दिरको माथिल्लो तला नै खसेको छ, दरबार क्षेत्र भूकम्पको एकै झड्काले स्वाहा भयो\' उनले भने । नुवाकोटको प्रमुख धार्मिकस्थल भैरवी मन्दिर नियमित पूजाआजा सञ्चालन नै गर्न नसकिने गरी भत्किएको छ । मन्दिरको भुइँतलाको चारैतिरको गाह्रो भत्किएर मन्दिर उत्तरपूर्वी दिशामा ढल्किएको छ । दैनिक पूजा हुने सो मन्दिरमा यही वैशाख १३ गतेदेखि पूजा हुन सकेको छैन । मन्दिर यति जीर्ण बनेको छ कि जतिखेर पनि भत्किन सक्छ । चौँसठ्ठी वर्षदेखि मन्दिरको धामी बनेर पूजा गर्दै आउनुभएका हरिमानसिंह डङ्गोलले मन्दिर र मन्दिर क्षेत्रको सबै संरचना ध्वस्त भएको बताए ।

मन्दिरसँगै रहेको नुवाकोटकै ठूलो घन्टा, मन्दिर अगाडिको लामपाटी सबै भत्किएको छ । भूकम्प आउँदा मन्दिरमै रहनुभएका पुजारी डङ्गोलले भन्नुभयो, \'शनिबार भएकाले दर्शनार्थीको घुइँचो थियो । दर्शनार्थी गइसकेपछि दैनिक पूजा सकेर बाहिर निस्केको मात्र थिएँ, भूकम्प आइहाल्यो, हेर्दाहेर्दै मन्दिरलाई ध्वस्त बनायो ।\'

चार सय वर्षभन्दा पुरानो सो मन्दिर नुवाकोटवासीको आस्थाको धरोहर हो । सिन्दूरे जात्रालगायत प्रमुख मेला तथा जात्रा यही मन्दिरमा सञ्चालन हुने गर्छ । दरबार र मन्दिरक्षेत्र मात्र होइन यो क्षेत्रमा रहेका पुराना घरसमेत ध्वस्त भएका छन् । \'अब स्थानीयवासीलाई एउटै चिन्ताले सताएको छ, अब आउनै लागेको बर्खा ।

अहिले जीर्ण भएको ऐतिहासिक मन्दिर र दरबारलाई जोगाउनतिर नलाग्ने हो भने साउन–भदौको झरीले निमिट्यान्न बनाएर भत्काउन सक्छ\' समितिका संयोजक रिमालले भन्नुभयो, \'दरबार क्षेत्रलाई बर्खाबाट जोगाउने उपाय अहिले नै सोच्नुपर्छ, झरीले झनै भत्काउन सक्छ ।\'

नुवाकोटको प्रमुख धार्मिक, ऐतिहासिक, पर्यटकीय सम्पदा ध्वस्त हुँदा समेत स्थानीय प्रशासन र जिल्लाका नेताहरुले चासोपूर्वक नलिएको स्थानीयवासीको गुनासो छ । \'यतिका दिन भइसक्यो, न प्रमुख जिल्ला अधिकारी आए, न स्थानीय विकास अधिकारी आए, अरु बेला हप्तैपिच्छे घुम्न आउने हाकिमहरुले पनि अहिले मुख देखाउन आएका छैनन्\' स्थानीयवासी रीना खनालले भने, \'धार्मिक सम्पदा क्षति भएको जिल्लालाई आफ्नै जिल्लाका नेताहरुले पनि चासो दिएनन् ।\' रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy