Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

पालभित्र खेलकुद मन्त्रालय

काठमाडौँ, विशेष त्रिपालभित्र टेबुल छ । टेबुल नजिक मन्त्री र सचिवका नामअङ्कित कुर्सी छन् । टेबुलमा राष्ट्रिय झन्डा रहेको छ । यो दृश्य हो युवा तथा खेलकुद मन्त्रालयको । यही वैशाख १२ गतेको विनाशकारी भूकम्पले सिंहदरबारस्थित सो मन्त्रालयको भवन चर्काएपछि मन्त्रालय पालमुनि सञ्चालन हुँदै आएको छ । आज पालमुनि रहेको मन्त्रालयमा पुग्दा युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल तथा सचिव दीपेन्द्रनाथ शर्मा बाहिर रहेको जानकारी दिइयो । पालमुनि रहेको मन्त्री र सचिवको कार्यालयको सामुन्ने अर्को पालमा सोफा राखिएका छन् । सो पालमा हाजिरी पुस्तिका, टेलिफोन र कम्प्युटर राखिएका छन् । सोही पालमा पुरुष कर्मचारी र दक्षिणतिर अवस्थित पालमा महिला कर्मचारी काम गरिरहेका देखिन्छन् । मन्त्रालयका शाखा अधिकृत रामकृष्ण श्रेष्ठले भने “अहिले मन्त्रालयबाट राहत र उद्धारका कामबाहेक अन्य काम भएका छैनन्, । मन्त्रालयबाट अति आवश्यक काम चलेका छन्, अन्य साधारण काम चलेका छैनन् ” उनले भने। पालमुनि नै भेटिएका अर्का शाखा अधिकृत चूडामणि बस्यालले मन्त्रालयका कर्मचारी सदाझैँ नियमित रुपमा आउने, हाजिर गर्ने, भएका काम सम्पादन गर्ने मात्र भएका छन्, मन्त्रालयमा अहिले काम लिएर कोही पनि आएको छैन भने । कमलपोखरीमा रहेको मन्त्रालय हालै मात्र सिंहदरबारमा सरेको थियो । सर्ने क्रम भूकम्प आउनु केही दिन अघि मात्र पूरा भएको मन्त्रालयले जनाएको छ । सो मन्त्रालय बस्नु अघि महिला तथा बालबालिका मन्त्रालय सो भवनमा रहेको थियो । सो भवन चन्द्र शमशेरको पुतली बगैँचाको नामले प्रसिद्ध रहेको छ । भवन भूकम्पका कारण पूरै चिरा परेकाले मन्त्रालयका लागि आवश्यक भवन सिंहदरबारभित्रै नै खोजी भइरहेको नायब सुब्बा बालहरि खनालले जानकारी दिए । दीपेन्द्र सापकोटा/रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies